• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश नम्बर २ मा आधा बजेट फ्रिज

  • वीरगंज संजाल
  • ७ श्रावण २०७७, बुधबार १९:३४
  • ३५८५

    विरगंज । जनकपुर, ७ साउन-प्रदेश नम्बर २ को गत आर्थिक वर्षको विनियोजित बजेटको खर्चको अवस्था निराशाजनक रहेको पाइएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ मा ल्याएको बजेटको ४६.९५ प्रतिशत मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

    आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेश सरकारले ल्याएको ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँ कुल बजेट मध्ये १८ अर्ब २ करोड ३० लाख ५० हजार रुपैयाँ मात्र खर्च भएको छ । गत आर्थिक वर्षको जेठ मसान्त सम्ममा २७ प्रतिशत मात्र खर्च हुन सकेकोमा आर्थिक वर्षको अन्तिम असार मसान्तमा थप १९ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाइएको छ ।

    प्रदेश सरकारले ल्याएको बजेट मध्ये सबैभन्दा बढी धनुषा जिल्लाका लागि छुट्याइएको थियो भने खर्चको अवस्था पनि सबैभन्दा निराशाजनक यसै जिल्लाको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाए अनुसार धनुषा जिल्लामा २७.९ प्रतिशत मात्र खर्च हुन सकेको छ ।

    धनुषा जिल्लाका लागि प्रदेश सरकारले चालु तर्फ १० अर्ब ४८ करोड रुपैयाँ छुट्याएकोमा ३ अर्ब २८ करोड रुपैयाँ खर्च भएको जनाएको छ । त्यस्तै धनुषा जिल्लाको लागि पूजिगत तर्फ ११ अर्ब ५४ करोड रुपैयाँ छुट्याइएकोमा २ अर्ब ८७ करोड रुपैयाँ मात्र खर्च हुन सकेको छ । यस जिल्लाका लागि छुट्याइएको बजेट मध्ये कुल ६ अर्ब १४ करोड रुपैयाँ मात्र खर्च हुन सकेको छ ।

    यस प्रदेशमा सबैभन्दा बढी खर्च महोत्तरी जिल्लामा भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयको तथ्यांकले जनाएको छ । सबैभन्दा कम बजेट समेत महोत्तरी जिल्लाका लागि नै उपलब्ध गराइएको थियो । महोत्तरी जिल्लाका लागि पूजिगत तर्फ छुट्याइएको ६९ करोड ९१ लाख रुपैयाँ बजेट मध्ये ४५ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ । यसरी महोत्तरी जिल्लामा प्रदेश सरकारले उपलब्ध गराएको बजेटको ७५.२ प्रतिशत बजेट खर्च भएका छ ।

    सिरहामा ६२.६९ प्रतिशत बजेट खर्च भएको जनाएको छ । सिरहाका लागि छुट्याइएको १ अर्ब ४८ करोड रुपैयाँ बजेटमध्ये १ अर्ब ११ करोड रुपैयाँ बजेट खर्च भएको छ ।

    त्यस्तै सप्तरीमा कुल बजेट १ अर्ब १९ करोड रुपैयाँको ६७.७५ प्रतिशत अर्थात ७३ करोड ३४ लाख रुपैयाँ, सर्लाही जिल्लामा कुल बजेट ९७ करोड ८४ लाख रुपैयाँको ४२ करोड ४३ लाख अर्थात ६८.४७ प्रतिशत खर्च भएको छ ।

    त्यस्तै रौतहट जिल्लाका लागि पूँजीगत तर्फ कुल १ अर्ब ४० करोड रुपैयाँ बजेट उपलब्ध गराइएको थियो । जसमध्ये १ अर्ब ४ करोड रुपैयाँ अर्थात ७१ प्रतिशत खर्च भएको जनाएको छ । त्यस्तै बारामा कुल बजेट ७७ करोड ३५ लाख रुपैयाँ रहेकोमा ३९ करोड ६६ लाख रुपैयाँ खर्च भएको जनाएको छ । यस अनुसार ६१.६८ प्रतिशत रकम खर्च भएको जनाएको छ ।

    त्यसैगरी पर्सा जिल्लाका लागि १ अर्ब ९९ करोड रुपैयाँ पूँजीगत तर्फको बजेट छुट्याइएकोमा १ अर्ब २० करोड रुपैयाँ अर्थात ५९.४९ प्रतिशत खर्च भएको हो ।

    आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश नम्बर २ मा ५१ प्रतिशतभन्दा बढी बजेट खर्च भएको थियो ।

    गत आर्थिक वर्षमा ४ प्रतिशतले घटेर बजेट मात्रै खर्च भएको छ । गत आर्थिक वर्षमा कोरोना महामारी, अवण्डा रकम बढी रहेकोले बजेट खर्चको अवस्था निराशाजनक रहेको प्रदेश दुईको लेखा नियन्त्रक कार्यालयका प्रमुख मनोज कुमार दासले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑