वीरगञ्ज| वीरगञ्जमा शुक्रबार २ युवतीसहित थप ३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । सखुवा पर्साैनीका २२ वर्षीया पुरुष, काठमाडौं स्थायी ठेगाना भइ यहाँ कार्यरत ४५ वर्षीया महिला र वीरगञ्ज श्रीपुरका १८ वर्षीय युवती गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले जानकारी दिए ।
उनीहरु सबैको अषाढ ३१ गते स्वाव संकलन गरिएको थियो। तीनै जनालाई अहिले वीरगञ्जको गण्डकस्थित कोभिड अस्पतालमा ल्याउने तयारी भइरहेको मेसु उपाध्यायले बताए |