काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र गूटगत राजनीतिक चरम भएका बेला एकाएक नेकपा एमाले नामको दल दर्ताका लागि निर्वाचन आयोगमा लगिएपछि राजनीतिक वृत्तमा खैलाबैला मच्चिएको छ ।एमाले दल दल दर्ताका लागि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीकै षडयन्त्र रहेको आरोप उहाँकै दलका सबैजसो शीर्ष नेताले लगाएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपा स्थायी कमिटी बैठकको मंगलबारको बैठक एकाएक नियमित कार्यसूचीभन्दा फरक विषयमा प्रवेश गर्दै निर्वाचन आयोगमा दर्ता गर्न खोजिएको एमाले दलका बरोमा खोजिनीति भयो ।
अध्यक्ष पुष्पकमल दाहालदेखि सबैजसो शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीसँग एमाले पार्टी कसले दर्ता गराउने षड्यन्त्र थालेको हो भन्दै प्रष्टीकरण माग्नुभयो ।प्रधानमन्त्री ओलीले यसबारेमा आफूलाई थाहा नभएको प्रष्टीकरण दिएपनि झापा जिल्लाका सन्ध्या तिवारीको नामबाट दर्ताका लागि निवेदन दिएकाले यो काम ओलीबाटै भएको केही नेताले किटानी गर्नुभएको हो ।केही समय अगाडी दल विभाजनका लागि अध्यादेश नै ल्याएका ओलीले नै दल दर्ताका लागि पठाएको आरोप आफ्नै सरकारी निकासको आँगनमा नेताहरुले एकपछि अर्को गर्दै लगाइरहे ।
नेता वामदेव गौतमले किटानीका साथ एमाले दर्ताको काम अध्यक्ष ओलीको निर्देशनमै भएको दाबी गर्नुभएको बैठकमा सहभागि एक नेताले बताए ।अध्यक्ष दाहाल, नेताहरु माधव नेपाल, झलनाथ खनाललगायतले पनि बैठकमा ओलीको चर्को आलोचना गर्दै एमाले दर्ता गराउन खोजेकोमा आशंका व्यक्त गर्नुभएको थियो ।