• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ६ घण्टाभन्दा कम निद्राले कस्तो जोखिम ?

  • वीरगंज संजाल
  • ८ असार २०७७, सोमबार २२:०८
  • २९९७

    वीरगंज | गहिरो एवं पर्याप्त निद्रालाई ओखती समान मानिन्छ । जब हामी यस्तो निद्रा लिन्छौं, शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ । ताजापन र स्फूर्ति महसुस हुन्छ । जसरी स्वस्थ जीवनका लागि गहिरो निद्रा अपरिहार्य छ, त्यसरी नै निद्रा बिथोलिएमा अनेकन रोगको भय रहन्छ ।अनिद्रा आफैँमा एक समस्या हो । त्यसले अरू समस्यालाई निम्त्याउँछ ।अनिद्राबाट तुरुन्त हुने असर भनेको शरीर आलस्य वा भारी महसुष हुनु हो । यसले हाम्रो दैनिक कार्यक्षमतामा समेत प्रभाव पार्छ। तर अनिद्रा वा अपुग निद्राले यतिमात्र समस्या ल्याउँदैन । उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगदेखि अरू थुप्रै किसिमको रोग निम्त्याउँछ ।

    त्यसैले कति र कस्तो निद्रा लिने भन्ने कुरामा चिकित्सकहरूले एउटा मानक तयार गरेका छन् । उनीहरू भन्छन् ‘शारीरिक स्वास्थ्यका लागि ७ वा ८ घण्टाको गहिरो निद्रा जरुरी हुन्छ।’

    त्यसो त हाम्रा पूर्खाहरूले पनि शारीरिक स्वास्थ्यका लागि निद्राको आवश्यक्ता बोध गरेरै सुत्ने एवं उठ्ने तालिका निर्धारण गरे । उनीहरूले राति चाँडै सुत्ने र बिहान सबेरै उठ्ने तालिकाको अभ्यास गरे ।

    युवाहरूको बिथोलिएको सुत्ने संस्कार

    पूर्खाहरूले निर्धारण गरेको सुत्ने र उठ्ने तालिकालाई अहिलेको पुस्ताले भने पालना गरेका छैनन् । उनीहरूको न सुत्ने तालिका नियमित छ, न उठ्ने । कतिपय युवाहरू रातभर जाग्ने र बिहान अबेरसम्म सुत्ने गर्छन् ।

    इन्टरनेटको सहज पहुँच, मोबाइल एवं सामाजिक सञ्जालको बढ्दो प्रयोगले युवापुस्ताको सुत्ने संस्कार पनि भंग हुँदैछ । अहिलेका धेरैजसो युवा राति चाँडै सुत्दैनन् । बिहान सूर्योदयअघि उठ्दैनन् । यसले उनीहरूमा स्वास्थ्य जोखिम बढ्दैछ ।

    कम निद्राले रोगको जोखिम

    विशेषज्ञहरूका अनुसार हामी दिनमा ६ घण्टाभन्दा कम सुत्यौं भने वा निद्रा पूरा नहुनाले हाम्रो शरीरका कोषहरूमा क्षति पुग्छ । यसले शरीरको सन्तुलन बिग्रन्छ । यसैगरी निद्रा पूरा नभएमा उच्च रक्तचाप र मुटुको रोगको जोखिम पनि बढ्ने चिकित्सकहरू बताउँछन् ।

    अनिद्राले बेचैनी वा तनावको स्तर बढ्छ । यससँगै पाचन प्रक्रियामा समेत समस्या आउन सक्छ । शरीरको जैविक घडी विपरीत सुत्ने र उठ्ने गर्दा त्यसै पनि स्वास्थ्य समस्या देखापर्ने नै भयो । त्यसमाथि अनिद्राले बेचैनी, चिन्ता र छटपटी बढाइदिएको छ ।

    शरीरलाई जसरी खाना, पानी र वायुको आवश्यक्ता पर्छ, उसैगरी विश्रामको पनि । कुनै न कुनै रुपमा सक्रिय शरीरलाई निश्चित अवधीमा विश्राम चाहिन्छ । निदाउनु एक विश्रामकै क्षण हो ।

    गहिरो निद्राका लागि

    गहिरो र पर्याप्त निद्राका लागि निश्चित समय तालिकाअनुसार सुत्ने र उठ्ने अभ्यास गर्नु जरुरी छ । सधैं एउटै समयमा सुत्ने र उठ्ने गरेमा सोहीअनुसार हाम्रो शरीर पनि अभ्यस्त हुन्छ । खासगरी राति चाँडै सुत्ने र बिहान सबेरै उठ्ने अभ्यास स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

    त्यसो त गहिरो निद्राका लागि समुचित शारीरिक श्रम वा व्यायाम पनि आवश्यक हुन्छ । यसैगरी मनलाई शान्त तुल्याउन प्राणायाम र ध्यान विधि उपयुक्त हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑