• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    परीक्षणको पालो कुर्दै साढे १४ हजार

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७७, मंगलवार ०८:३९
  • ३७३७

    बुटवल | पाँच नम्बर प्रदेशका तराईका ६ वटै जिल्लामा कोरोना संक्रमण छ। भारतबाट पछिल्लो १५ दिनमा भित्रिएकामध्ये १४ हजार ४ सय ७७ जना क्वारेन्टाइनमा छन्। भारतबाट आउनेमै कोरोना संक्रमण देखिएपछि सबैको परीक्षण गरिनेछ। तर यी कहिलेसम्म क्वारेन्टाइनमा बसिराख्ने पत्तो छैन।

    प्रदेशमा तीनवटा प्रयोगशाला छन्। यहाको स्वाब काठमाडौं लगेर समेत परीक्षण गरिएको छ। त्यति गरिँदासमेत दैनिक १ सयदेखि २ सय ५० सम्मको परीक्षण हुन्छ। आइतबार जम्मा १ सय ३१ जनाको मात्रै परीक्षण भयो। अहिलेसम्म गरिएको ४ हजार ५ सय जनाको परीक्षणमा १ सय १० जनामा कोरोना भेटिएको छ। एक जनाले क्वारेन्टाइनमै ज्यान गुमाएका छन्।

    क्वारेन्टाइनमा बसेको १४ दिन अवधि पूरा हुँदा समेत कोरोना परीक्षण नभएपछि भाग्नेहरू बढ्दै गएका छन्। भारतबाट आएकामध्ये सबैभन्दा धेरै कपिलवस्तुमा छन्। एकै पालिकामा १५ सय जनासम्म क्वारेन्टाइनमा बसेका छन्। तराईको चर्को गर्मी र पंखा समेत नभएका विद्यालयका कक्षाकोठामा बसेकाहरू भागेका हुन्।

    बाँकेको नरैनापुरमा एक जनाको मृत्यु भएपछि क्वारेन्टाइनमा बस्नेहरू झन् त्रासमा छन्। एकबाट अर्काेमा रोग संक्रमण हुने जोखिम त छँदैछ, रोग नै पत्ता नलागि मरिन्छ कि भन्ने चिन्ता थपिएको छ। ‘छिटो चेकजाच गर्‍यो भने बाचिन्थ्यो नि, कपिलवस्तुको यशोधरा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक भन्छन्, ‘न बस्न सजिलो छ, न त चेकजाँच नै भएको छ।’

    कपिलवस्तुको यशोधरा गाउँपालिकाकै क्वारेन्टाइनमा बसेका ४५ जना त्यही डरले भागेका छन्। वडा नं. २ को खोरिया गाउँस्थित सरस्वती प्रावि क्वारेन्टाइनका २३ जना र राष्ट्रिय निमावि सिहोखोरका २२ जना भागेका हुन्। वडाअध्यक्ष साबुद्दिन मुसलमानका अनुसार उनीहरूलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी छ।

    गाउँपालिकाका अध्यक्ष गिर्जेश पाण्डेले समयमा कोरोना परीक्षण हुन नसक्दा समस्या निम्तिएको बताउँछन्। ‘१२ सय जनालाई क्वारेन्टाइनमा राखेका छौं, एक सय जनाको समेत परीक्षण भएको छैन’, उनले भने।

    कपिलवस्तुमा स्वाब संकलन गर्न आवश्यक सामग्री उपलब्ध छैन। प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले १० हजार किट माग गरे पनि निकै कम पठाइएको बताउँछन्। प्रदेश र संघीय सरकारले किट समेत उपलब्ध गराउन नसक्दा स्थानीय सरकार त्राहीत्राही भएका छन्। ‘किट नभएपछि परीक्षण समय लम्बिँदै गएको छ’, प्रजिअ पौडेलले भने।

    प्रदेश ५ का नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाके र बर्दियामा भारतबाट आएकाको संख्या धेरै छ। परीक्षण नहुँदा क्वारेन्टाइनमै कतिञ्जेल बस्ने भन्ने अन्योल भएको छ। रुपन्देहीको क्वारेन्टाइनमा बसेकाहरू भारतको नौतनवामा समेत १४ दिनभन्दा धेरै दिन बसेर आएका हुन्। उनीहरू समेत परीक्षणको पालो कुरेर बसेका छन्।

    मुख्यमन्त्री शंकर पोखरेलले एक दुई दिनमा किट उपलब्ध हुने पालिका प्रमुखहरूलाई आश्वासन दिएका छन्। भारतबाट आउने क्रम नरोकिएको र परीक्षण सयको हाराहारीमै हुँदा अहिले क्वारेन्टाइनमा रहेकोको परीक्षण गर्न महिनौं लाग्ने देखिएको छ।

    अस्पताल अभाव, बल्ल बनाइँदै

    कोरोनाका संक्रमित थपिएपछि मात्रै प्रदेश सरकारले आइसोलेन बेड थप्दै छ। बुटवलको कोरोना विशेष अस्पताल भरिसकेको छ। अब त्यहा २ सय ५० बेड थप्ने योजना छ। बाँकेमा सेनाको अस्पताललाई आइसोलेसन बनाईंदैछ। भैरहवाको भीम अस्पतालमा सय बेड थप्ने तयारी छ। तर यी कहिले सुरु हुन्छन् भन्ने अन्योल छ।

    सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरी पूर्वाधार थप्ने काम सुरु भएको बताउँछन्। सरकारले तराईका ६ वटै जिल्लामा आइसोलेसन र क्वारेन्टाइन थप्ने तयारी थालेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑