• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नगराईन–८ मा राहत स्वरुप नगद बाँडियो,भेदभाव भएको स्थानीयको गुनासो

  • वीरगंज संजाल
  • २० बैशाख २०७७, शनिबार २२:१०
  • ३८९९

    जनकपुरधाम | धनुषाको नगराईन नगरपालिकामा राहतको नाममा खाद्यान्न सामग्रीको सट्टा नगद रकम वितरण गरिएको छ ।

    लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी र मजदुरी गर्ने व्यक्तिहरुलाई प्रदेश सरकारले खाद्यान्न सामग्री वितरण गर्न दिएको निर्देशन विपरित सो नगरपालिकाको वडा नम्बर–८ मा राहतको नाममा नगद वितरण गरिएको हो ।

    यता राहत स्वरुप वितरण गरिएको नगदमा भेदभाव भएको स्थानीयले आरोप लगाएका छन् । सरकारी जागिर गर्ने व्यक्तिहरुलाई समेत राहत बाँडिएको तर गरिब विपन्न परिवारलाई राहत नदिइएको स्थानीय विमल कुमार मण्डलले आरोप लगाए । उनले लकडाउन भएदेखि आफु घरमै रहेपनि आफुलाई राहत नदिइएको बताए ।

    उनले भने– ‘राहत वितरणको लागि तयारी गरिएको लिस्टमा मेरो नाम नरहेकोले मलाई राहत दिइएन् । म जस्ता कयौँलाई राहत दिइएको छैन् ।’ सब कन्डक्टरको रुपमा काम गर्दै आएका मण्डल लकडाउन भएदेखि घरमै बन्द छन् ।

    त्यस्तै सब कन्डक्टरकै रुपमा काम गर्दै आएका विपिन कुमार यादवले आफुले पनि कुनै राहत नपाएको गुनासो पोखे । पाँच जना सदस्य रहेको परिवारमा लकडाउन भएदेखिनै काम बन्द भएपनि वडाबाट आफ्नो नाम राहत लिस्टमा समावेश नगरिएको उनले बताए ।

    त्यस्तै स्थानीय विनोद कुमार यादवले राहत वितरणको लागि लिस्ट बनाउँदा समेत वडाध्यक्ष संजय राउतले आफुहरुसँग कुनै सरसल्लाह नलिएको अरोप लगाए ।

    उनले भने–‘हामीलाई राहत वितरणको बारेमा कुनै जानकारी थिएन । गाउँलेले फोन गरेर भन्दा थाहा पाएँ ।’ मास्क र साबुन दिने समयमा सबै गरिब विपन्न परिवारलाई दिएपनि अहिले नगद बाँड्ने समयमा धेरैलाई छाडिएको उनले आरोप लगाए ।

    वडाध्यक्ष राउतले राहतमा कुनै किसिमको भेदभाव नभएको दाबी गरेका छन् । उनले आफ्नो वडामा राहतको लिस्टमा कुनै किसिमको भेदभाव नभएको बताए । आफ्नो वडामा ९ लाख ७५ हजार रुपैयाँको राहत नगरपालिकाको तर्फबाट आएकोमा ६ सय ५० घर परिवारलाई राहत वितरण गरिएको बताए ।

    उनले आफ्नो वडामा प्रति परिवार १ हजार ५ सय रुपैयाँ राहत स्वरुप दिएका छन् । वडाको तर्फबाट १५ केजी चामलको लागि ६३० रुपैयाँ, २ केजी दालको लागि २४०, १ लिटर तेलको लागि २००, २ केजी आलुको लागि ९०, १ केजी प्याजको लागि ५०, एक प्याकेट नुनको लागि २०, लुगा धुने २ वटा सावुनको लागि ६० रुपैयाँ र अन्य सामानको लागि २१० गरी १ हजार ५ सय रुपैयाँ राहत स्वरुप बाँडिएको हो ।

    विभिन्न स्थानमा राहत वितरण हुँदा सडेको चामल लगायत खराब खाद्यान्न सामग्री बाँडिएको अरोप लागिरहेकोले आफुहरु खाद्यान्नको ठाउँमा नगद नै वितरण गरेको वडाध्यक्ष राउतले बताए ।thenepaltop

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑