बेवारिसे बम पड्किँदा रोल्पामा ४ बालबालिकाको ज्यान गयो
वीरगंज संजाल
१९ बैशाख २०७७, शुक्रबार ०६:४५
२५९७
रोल्पा | बाख्रा चराउन गएको बेला बेवारिसे बम हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरिगाउँमा ४ बालबालिकाको ज्यान गएको छ ।
विस्फोटमा परेर ज्यान गुमाउनेमा गैरिगाउँ ७ का एकै घरका दिदीभाइ ११ वर्षीया विमला केसी र ५ वर्षका विजय केसीसहित छिमेकी १४ वर्षका नोखिराम डाँगी र १३ वर्षका गौरव नेपाली रहेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष् शान्तकुमार ओलीले जानकारी दिनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष सावित्रा बुढा मगरले उज्यालोलाई जानकारी गराए अनुसार एउटा बम अझै बाँकी रहेको र त्यसलाई डिस्पोज गर्ने तयारी भैरहेको छ । विस्फोट भएको बम सशस्त्र द्वन्द्वको बेला जंगलमा लुकाइएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनाका बारेमा बुझ्न प्रहरी चौकी नुवागाउँको टोली त्यहाँ पुगेको छ भने जिल्लाप्रहरी कार्यालयबाट पनि प्रहरी प्रमुखसहितको टोली गइरहेको प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।