• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दुर्गममा अनलाइन अध्यापन कठिन

  • वीरगंज संजाल
  • १८ बैशाख २०७७, बिहीबार ०९:१७
  • ४१९१

    काठमाडाैं | काेरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दीले विद्यालय र कलेज ठप्प छन् । बालबालिकाको पढाइ अनिश्चित बनेपछि विकल्पका रूपमा अनलाइन अध्यापन गर्न थालिएको छ तर दुर्गममा अनलाइन प्रविधिबाट पठनपाठन प्रायः असम्भव नै देखिएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।

    दुर्गम गाउँपालिकाको सबै वडामा इन्टरनेट सुविधा नपुगेकाले बालबालिका, शिक्षक र अभिभावक इन्टरनेट साक्षरतामा अभ्यस्त नहुँदा बालबालिकालाई अनलाइन प्रविधिबाट अध्यापन गराउने कार्य असम्भवजस्तै बनेको स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ ।

     

     

    संविधानले माध्यमिक र आधारभूत तहको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । देशभर गरी कुल ३५ हजार ५२० विद्यालयमा २८ हजार ८३० सामुदायिक विद्यालय र छ हजार ६८७ निजी विद्यालय रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

    अहिले स्थानीय तहका जनप्रतिनिधिले अनलाइन प्रविधिबाट बालबालिकालाई अध्यापन गराउन असम्भव हुने भन्दै विकल्पको खोजी गर्न थालेका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अनुसार कुल ४६० गाउँपालिकाका २५ प्रतिशत वडामा अझै पनि इन्टरनेटको पहुँच छैन । पुगेका वडा र बस्तीमा राम्रोसँग इन्टरनेट टिप्दैन, चल्दैन ।

    महासङ्घका महासचिव एवं सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले अनलाइन प्रविधिबाट अध्यापन गराउने कार्य कठिन भएको बताए । उनले भने, ‘अनलाइन प्रविधि सहरकेन्द्रित हुनेखाने वर्गका बालबालिकाका लागि त हुनसक्छ तर गाउँमा अनलाइन प्रविधिबाट पठनपाठन गर्न सहज छैन ।’

    ग्रामीण बस्तीका अभिभावकलाई मेलापात, घाँसदाउँरा र गोठालो जानुपर्ने बाध्यता हुन्छ । बालबालिकालाई अनलाइनमै अध्यापन गराउने र सँगै बस्ने फुर्सद अभिभावकसँग नहुने भएकाले अनलाइन प्रविधिबाट बालबालिकालाई अध्यापन गराउन सहज नहुने तर्क स्थानीय तहका जनप्रतिनिधिहरूको छ ।

    विकल्पको खोजी

    गाउँमा अनलाइनभन्दा रेडियो र टेलिभिजनको बढी पहुँच पुगेकाले रेडियोबाट बालबालिकालाई पढाउने विषयमा छलफल सुरु हुन थालेको छ । कर्णाली प्रदेश सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले अनलाइन प्रविधिबाट गाउँमा पठनपाठन असम्भव हुने भएकाले रेडियो वा टेलिभिजनबाट पढाउने विकल्पको खोजी गर्न लागिएको बताए।

    घरमै शिक्षा

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले घरमा नै अभिभावकलाई संस्कारयुक्त शिक्षा सिकाउन आग्रह गरेको छ । केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले बन्दाबन्दीले गर्दा अन्य क्षेत्रमा जस्तो शिक्षा क्षेत्रमा खासै क्षति भएको छैन । फुर्सदको समयमा घरमा नै बसेर संस्कारयुक्त शिक्षा सिकाउन सबै अभिभावकलाई आग्रह गरे । उनले भने, ‘हाम्रा संस्कृति, मूल्य, मान्यता, आदर, सत्कार, मान, सम्मान र समाजीकरण गर्ने कार्य हाम्रा जीवनका लागि उत्तिकै महìवपूर्ण छ, सो कुरा अभिभावकले आफ्ना बालबालिकालाई घरैमा बसेर सिकाउन सक्नुहुन्छ ।

    घुम्ती शिक्षक

    रेडियो र टीभीबाट प्रभावकारी पठनपाठन गर्न नसकिने दुर्गम स्थानीय तहमा टोलटोलमा घुम्ती शिक्षक खटाउने तयारी कतिपय जनप्रतिनिधिले गरेका छन् । अभिभावकले घरैमा बालबालिकालाई पठनपाठनको वातावरण बनाउने र पठनपाठनमा आवश्यक सहजीकरण गाउँमै भएका शिक्षकले घुम्ती रूपमा घरमा पुगेर सिकाउने गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले जनाएको छ ।

    नेपालको भूगोल हिमाल, पहाड र तराई भएकाले ठाउँ अनुसारको पठनपाठन विकल्प खोज्नुपर्छ, सोही विकल्पमा हामी जुटेका छौँ, अध्यक्ष सेनले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑