• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना त्रास : वैकल्पिक पढाइबारे अन्योल

  • वीरगंज संजाल
  • १६ बैशाख २०७७, मंगलवार ०८:३५
  • ३४७५

    काठमाडौं | कोरोना भाइरस संक्रमण त्रासका कारण बन्द भएको विद्यालय तहको पढाइ सुचारु गर्ने विषयमा शिक्षा मन्त्रालयका अधिकारी अझै निर्णयमा पुग्न सकेका छैनन्। अनलाइन माध्यमको प्रयोग, स्थानीय सञ्चार माध्यम–जिल्ला तहमा रहेका रेडियो, टेलिभिजन, पत्रपत्रिका) को प्रयोग वा स्थानीय तहमा सहजकर्ता राखेर पढाइ सञ्चालन गर्न सकिन्छ कि भन्ने विषयमा मन्त्रालयका अधिकारी र यस क्षेत्रका विज्ञबीच विभिन्न चरणमा छलफल भएको छ। तर, यो माध्यमको प्रयोगको प्रभावकारिताका विषयमा ती अधिकारी नै विश्वस्त हुन सकेका छैनन्।

    केही विश्वविद्यालय र क्याम्पसले अनलाइनमार्फत पढाइ सञ्चालन गरेका छन्। तर, त्यो प्रभावकारी भएको छैन। विश्वविद्यालय तहको पढाइसमेत अनलाइन माध्यमबाट सुचारु गर्न नसकेको अवस्थामा विद्यालय तहमा यसको प्रयोग गर्न सकिँदैन कि भन्ने शंका मन्त्रालयका अधिकारीमा छ। कोरोना भाइरस संक्रमण त्रासका कारण लकडाउन अवधि वैशाख २५ सम्मलाई तोकिएको छ। लकडाउन टुंगिएपछि पनि सबैभन्दा ढिलो खुल्ने क्षेत्रमा विद्यालय पर्ने शिक्षा मन्त्रालयले बताउँदै आएको छ।

     

     

    भाइरसको त्रास साम्य भएपछि पनि केही समय पढाइ सुचारु गर्न नसकिने भएका कारण पढाइका वैकल्पिक तरिकाबारे छलफल भएको हो। मन्त्रालयले केही समयअघि पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहको संयोजकत्वमा समिति बनाएर पढाइ, परीक्षा प्रणाली तथा अन्य विषयलाई सुचारु गर्ने विषयमा अध्ययन गरेको थियो।

    सोही समितिअन्तर्गत रहेर विभिन्न ६ वटा विषयगत उपसमितिसमेत गठन भएको थियो। नेपाल खुला विश्वविद्यालयका उपकुलपति डा. लेखनाथ शर्माको संयोजकत्वमा गठित उपसमितिले पढाइका विभिन्न विकल्पबारे अध्ययन गरी प्रतिवेदन बुझाएको थियो।

    शर्माले भने, ‘नेपालजस्तो भौगोलिक विकटता भएको मुलुकमा एउटै विधि मात्र पढाइको विकल्प छैन। अनलाइनमा पढाउनेदेखि स्थानीय सञ्चार माध्यमको प्रयोग र सहजकर्ता परिचालनसम्म गर्नुपर्ने सुझाव हामीले दिएका छौं।’ तर, पहिलो अनुभव भएका कारण यो सबै विद्यार्थीको पहुँचमा पुर्‍याउन भने कठिन हुने उनको बुझाइ छ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा.तुल्सी थपलियाले अनलाइन माध्यममा पढाउने भनिए पनि अहिलेको अवस्थामा प्रभावकारी नहुने बताए। ‘यो वैकल्पिक तरिका त हो। तर लाखांै विद्यार्थीलाई केन्द्रमा बसेर नियन्त्रण गर्ने कुरा असम्भवजस्तै छ’, थपलियाले भने, ‘यदि सबै विद्यालय सक्षम भइदिए र उनीहरू आफंैले व्यवस्था गर्न सके यो विधि सम्भव थियो। तर, नेपालका विद्यालय यस्तो प्रविधि अपनाउन अहिले सक्षम छैनन्।’

    चीनले पनि लकडाउनका बेला अनलाइनबाटै पढाएको थियो। तर, सबै व्यवस्थापन सम्बन्धित विद्यालयले नै गरेको थियो। नेपालमा २८ हजारभन्दा बढी सरकारी लगानीका विद्यालय छन्।हरेक वर्ष विद्यालय तहमा वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरु हुन्छ। तर, १५ गतेसम्म भर्ना अभियानसम्बन्धी कार्यक्रम गरिने भएकाले यो वर्ष पनि पढाइमा खासै बाधा पुगेको छैन। वैशाख २५ पछि लकडाउन नथपिने हो भने पनि विद्यालय तहको शैक्षिक क्यालेन्डरमा खासै असर पर्दैन।

    मन्त्रालयले पनि शैक्षिक पात्रो नबिग्रने गरी पढाइ सञ्चालन गर्ने बताएको छ। बिदाको समय कटौती गरेरै भए पनि पढाइलाई निरन्तरता दिने पक्षमा मन्त्रालय रहेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए।

    तर, लकडाउनको समयमा फुर्सदमा रहेका बालबालिकालाई अध्ययन गर्न सहज होस् भनेर शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनलाइन पोर्टल निर्माण गरिरहेको छ। यो पोर्टलमा कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीले विषयगत रूपमा आफूलाई चाहिएको सामग्री पढ्न सक्छन्। यो एकतर्फी माध्यम हो। यसमा विद्यार्थीले प्रश्न सोध्न सक्दैनन्। अनलाइनमा भएका सामग्री पढ्न र लेख्न मात्रै सक्छन्।

    केन्द्रका महानिर्देशक थपलियाका अनुसार एक/दुई दिनमा पोर्टल तयार हुनेछ। ‘यसका लागि करिब सबै तयारी पूरा भएको छ। पोर्टलको नाम के राख्ने र कसरी खोल्ने भन्ने विषयमा छलफल भइरहेको छ’, थपलियाले भने।

    त्रिविमा अब अनलाइनबाट पढाइ

    कोरोना भाइरस संक्रमण त्रासका कारण कक्षामै उपस्थित भएर पढाइ सञ्चालन गर्न नसकिने भएपछि त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत पढाउने भएको छ। अनलाइनमार्फत शैक्षिक गतिविधि सञ्चालन गर्न उसले निर्देशिकासमेत जारी गरेको छ। आवश्यक प्रक्रिया पूरा गरेर एक सातापछि अनलाइनबाट पढाइ सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ। कक्षा सञ्चालनको पूर्व तयारी, कक्षा सञ्चालन तथा निर्देशिकाविपरीत जाने शिक्षक कर्मचारीलाई कारबाहीको समेत व्यवस्था गरिएको छ।

    अनलाइन कक्षा चलाउने हरेक विभाग, स्कुल तथा क्याम्पसले दु्रत गतिमा चल्ने इन्टरनेट, फोन, ल्यापटपको व्यवस्था गर्नु पर्नेछ। यस्तो सुविधाको पहुँच भएका शिक्षक तथा विद्यार्थीको अवस्थ कस्तो छ भन्ने विषयमा एक साताभित्र तथ्यांक संकलन गर्ने तथा उनीहरूलाई के–कस्तो तालिम तथा सहयोग आवश्यक पर्छ जस्ता विषयमा तयारी गर्नुपर्ने निर्देशिकामा छ। यसको व्यवस्थापन सम्बन्धित विभाग, स्कुल तथा क्याम्पसले गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

    आवश्यक तयारीपछि सम्बन्धित विभाग, स्कुल तथा क्याम्पसको निर्देशन र नियन्त्रणमा रहने गरी पढाइ सञ्चालन हुनेछ। यसरी सञ्चालन गरिएको कक्षालाई नियमित पाठ्यभारसरह गणना गरिने त्रिविले जनाएको छ। पढाइ प्रभावकारी बनाउन हरेक कक्षामा एक जना विद्यार्थी प्रतिनिधि तोकिने, हरेक शिक्षक तथा विद्यार्थीले अनलाइनमार्फत हाजिरीको रेकर्ड राख्नु पर्नेछ।

    विश्वविद्यालयको पूर्णकालीन शिक्षकले सम्बन्धित विभाग, स्कुल तथा क्याम्पसबाहेक अन्यत्र हुने अनलाइन कक्षामा सहभागी भएर पढाउने पाउने छैन। यदि, पढाएको पाइएमा कारबाही गरिने त्रिविले जनाएको छ। तर, अतिथि प्राध्यापकका रूपमा भने पढाउन पाउनेछन्।

    निर्देशिका जारी गरेर त्रिविले अनलाइनमार्फत पढाइ सञ्चालन गर्ने तयारी गरे पनि सबैको पहुँचमा नरहेको विद्यार्थीको गुनासो छ। त्रिविअन्तर्गतकै केही क्याम्पसले स्वतःस्फूर्त रूपमा यसअघि नै अनलाइनमार्फत पढाइ सञ्चालन गरिरहेका छन्। तर, यस्तो पढाइमा मुस्किलले ५० प्रतिशत मात्र विद्यार्थी सहभागी हुने गरेको पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले जानकारी दिए। यो क्याम्पसले दुई साता अघिदेखि नै अनलाइनमार्फत पढाइ सञ्चालन गरिरहेको छ।

    त्रिविअन्तर्गत ६२ वटा आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑