पर्सागढीमा एकलौटी ढंगले राहत वितरण-राह्तमा राजनिती राजनीतिकब भएको गुनासो
वीरगंज संजाल
१५ बैशाख २०७७, सोमबार २०:४९
३५९३
वीरगञ्ञ । पर्सागढीका नगरप्रमुख लोक नारायण यादवले एकलौटी ढंगले राहत वितरणमा राजनीतिक पूर्वाग्रह गरेको नेकपा पर्सागढी नगर कमिटीले आरोप लगाएको छ ।
नेकपा नगर कमिटीका अध्यक्ष गोकर्ण पाठकले नगरपालिकाले वितरण गरेको राहत गुणस्तरीय र फरक फरक तौलको पाईएको बताउदै वितरणमा पनि नातावाद, कृपावाद तथा राजनीतिक पूर्वाग्रह देखिएकोले तत्काल सर्वपक्षीय छलफल गर्न अनुरोध गर्दा समेत नगरप्रमुख लोक नारायण यादवले एकलौटी ढंगले हिड्न खोजेको बताउनुभयो ।
उहाले आज एक विज्ञप्ति जारी गर्दै राहत वास्तविक पीडितले नपाएर नातावाद र कृपावाद हावी भएको दावी गर्नुभएको छ ।राहत तरणमा देखिएको विवाद तत्काल समाधानका लागि नगरपरुख यादवलाई पटक पटक आग्रह गर्दा समेत वेवास्ता गरेको र फोन सम्पर्क गर्दा समेत कुनै रेस्पोन्स नदेखाएको नेकपा नगर कमिटी अध्यक्ष पाठकको आरोप छ ।
नगर प्रमुख यादवले पहिलो चरणको राहत वितरण सकाएर पत्रकार सम्मेलन गरि आफुले काम गरेको देखाउनकै लागि अहिले अरू राजनीतिक दलहरूसँग पनि समन्वय नगरेको बताउदै दोश्रो चरणको राहत वितरण एकलौटी ढंगबाट गर्न खोजे त्यसको परिणाम सही नहुने चेतावनी दिनुभएको छ ।रासस