• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    रोजगारी सिर्जना : १० अर्बको कार्यक्रम ल्याइने

  • वीरगंज संजाल
  • १३ बैशाख २०७७, शनिबार ०६:३४
  • ४८२१

    काठमाडौं : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर रोजगारी गुम्ने खतरा बढेसँगै सरकारले रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउने तयारी थालेको छ। आगामी बजेटमार्फत कम्तीमा १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउन गृहकार्य भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

     

    कोरोनाका कारण नेपालमा २४ लाखभन्दा बढी र वैदेशिक रोजगारीमा कार्यरत झन्डै ४० लाख श्रमिकको रोजगारी जोखिममा परेको छ। श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले रोजगारीको दोहोरो चापलाई थेग्ने गरी नयाँ कार्यक्रम ल्याउने तयारी भएको बताए। रोजगारीको अवसर गुमाएका सबैलाई समेट्ने गरी अहिलेका कार्यक्रमभन्दा फरक ढंगले स्वरोजगारका कार्यक्रम ल्याउन गृहकार्य भइरहेको उनको भनाइ छ। सरकारले विदेशमा रोजगारी गुमाएर फर्केका, विदेश जान नपाएर रोजगारी गुमाएका एवं कोरोनाका कारण स्वदेशमै रोजगारी गुमाएका सबैलाई समेटेर रोजगारीका नयाँ कार्यक्रम ल्याउन लागेको हो। कोरोनाले विश्व नै जोखिममा छ।

     

    रोजगारीका लागि दैनिक एक हजार तीन सयभन्दा बढी नेपाली विदेश जान वाध्य छन्। बर्सेनि पाँच लाखभन्दा बढी श्रम बजारमा आउँछन्। कोरोनाले धेरैको रोजगारी गुम्ने संयुक्त राष्ट्र संघले समेत चेतावनी दिइसकेको छ। श्रम मन्त्रालयका प्रवक्ता घिमिरेका अनुसार कृषिमा आत्मनिर्भर हुने गरी नयाँ कार्यक्रम ल्याइनेछ।

     

     

     

     

     

     

     

     

     

     

    युवालाई स्वरोजगार बनाउन सरकारले विभिन्न कार्यक्रम ल्याए पनि प्रभावकारीरूपमा कार्यान्वयन हुन सकेको छैन। सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोष खडा गरे पनि अपेक्षाकृत स्वरोजगार सिर्जना हुन सकेको छैन। त्यस्तै सरकारले राष्ट्र बैंकमार्फत आधा दर्जनभन्दा बढी सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याए पनि लक्षित वर्गले सहजै ऋण पाउन सकेका छैनन्।

     

    सहुलियत ऋण प्रदान गरी उधमशीलता बढाउन बैंक पूर्णरूपमा सक्षम हुन नसकिरहेको अवस्थामा छुट्टै संयन्त्र बनाएर स्वरोजगार सिर्जना गर्न सकिने सरोकारवालाले जोड दिन थालेका छन्। युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकरी निर्देशक विष्णुप्रसाद गौतमले रोजगारी र उद्यमशीलता बढाउन स्वरोजगार प्राधिकरण निर्माण गर्न आवश्यक भइसकेको बताए। विभिन्न मन्त्रालयमा छरिएर रहेका उद्यमशीलता कार्यक्रम र सहुलियतका कर्जा समेटेर स्वरोजगार प्राधिकरण बनाउनुपर्ने उनको भनाइ छ। यद्यपि नयाँ संरचना खडा गरेर सरकारको दायित्व बढाउनेभन्दा पनि भएकै संरचनाबाट समन्वयात्मक संयन्त्रबाट काम गर्न बुद्घिमानी हुने विज्ञहरूले सुझाएका छन्।

     

    श्रम मन्त्रालयका प्रवक्ता घिमिरेका अनुसार नेपालमा काम गर्न पर्याप्त अवसर भए पनि नेपाली स्वदेशमा भन्दा विदेशमा काम गर्न उत्साहित हुने गरेको बताए। ठेलागाडामा तरकारी तथा फलफूल बिक्री गर्नेलगायत सानोतिनो लगानीमै प्रशस्त आम्दानी हुने स्वरोजारका अवसर प्रशस्त छन्। सीटीईभीटीलाई समेत समेटेर लाखौं युवालाई सिपमूलक तालिम दिएर स्वरोगार बनाइने घिमिरेले बताए।

     

    गैर आवासीय नेपाली संघका सचिव रामकृष्ण शर्माले कोरोनापछि धेरै नेपाली नेपाल फर्कन चाहेकाले उनीहरूको व्यवस्थापन गर्न सरकारले सोच्नुपर्ने बताए। ‘आकर्षक प्याकेज ल्याएर बढीभन्दा बढी रोजगारी सिर्जना गर्दै उत्पादन बढाउनतर्फ सरकारले सोच्नै पर्छ’, उनले भने।

     

    कामदारको सुरक्षा पहिलो प्राथमिकता

     

    खाडी तथा मलेसियास्थित नेपाली राजदूतहरूले कामदारको सुरक्षा पहिलो प्राथमिकतामा राखेको बताएका छन्। कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारीले आगामी दिनमा रोजगारी गुम्ने खतरा रहे पनि तत्काल कामदारको सुरक्षामा ध्यान दिएको बताएका छन्। वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भिडियो कन्फेरेन्समा बोल्दै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले खाडी र मलेसियामा रहेका राजदूतबीच सहकार्य गरी कामदारको उपचार, खान बस्नमा समस्या नआओस् भनेर सबै देशका राजदूत सचेत भएको बताइन्। ती देशका राजदूतहरूले यसअघि भिडियो कन्फेरेन्समार्फत कोरोनाको प्रभावबारे अनुभव साटासाट गर्दै कामदारको सुरक्षाका लागि रणनीति तयार गरेका थिए।

     

    ढकालले यस क्षेत्रका मुलुकले कोरोना संक्रमितको उपचारमा आप्रवासी कामदारलाई पनि आफ्ना मुलुकको नागरिक सरह व्यवहार गरेको बताइन्। उनले महामारीका कारण रोजगारदाता मुलुकहरू संकटमा पर्नसक्ने र यसबाट नेपालीहरूको रोजगारी गुमेर स्वदेश फकर्नुपर्ने अवस्था आउन सक्ने बताइन्।

     

    बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले संक्रमित नेपालीको उपचारमा कुनै समस्या नभए पनि संक्रमित बढ्दै गए जोखिम बढ्न सक्ने बताए। बहराइनमा ४९ जना नेपाली संक्रमित छन्। यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले सबैभन्दा पहिला आफ्नो सुरक्षामा ध्यान दिन जहाँ आफू बसेको हो त्यही सुरक्षित भएर बस्न र विद्यमान संकटपछि विकल्पहरूमा ध्यान दिन प्रवासमा रहेका नेपालीलाई आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑