वीरगञ्ज | मुकेश खेतान । सिमापार घर जान खोज्ने थप ३३ जना भारतीयलाई पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । नेपालको विभिन्न ठाउँमा रोजगारीको सिलसिलामा रहेका भारतीय नागरीकहरु वीरगञ्ज हुदै भारत जान लागेको भन्दै पर्सा प्रहरीले नियन्त्रणमा लिइएको हो ।
प्रहरीले २० जना लाई अलैं बाट, १२ जना लाई स्रीसिया नाका बाट र १ जना लाई वीरगन्ज भन्सार नाका बाट नियन्त्रणमा लिइएको हो । लक डाउनले गर्दा खान र बस्न समस्या भएकोले उनिहरु आफनो घर जान चाहेको तर लक डाउन जारी रहेको र सिमानाका बन्द रहेकोले नियन्त्रण लिईएको पर्सा प्रहरीले जनाएको छ ।
यसै बिच उनिहरुलाई वीरगञ्जको ठाकुर राम बहुमुखी क्याम्पसमा रहेको क्वाराईटाईनमा राखिएको छ । थप ३३ जनाको खाने व्यवस्था ग्रीन सिटी र रुंगटा वेलफेयर सोसाइटीको सहकार्यमा मिलाइएको छ ।
नुहाउने र लुगा धुने साबुन लगायत अन्य सामग्री पनि ग्रीन सिटीद्धारा उपलब्ध गराइने अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनु भयो ।३३ जना नयाँ थप भइसकेपछि ठाकुरराम क्याम्पसको क्वारेंटाइनमा भारतीयहरुको संख्या ११७ पुगेको समेत अध्यक्ष खेतानले जानकारी दिनु भयो ।