• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सीमामा अलपत्र नेपाली महाकाली तरेर आए

  • वीरगंज संजाल
  • ११ बैशाख २०७७, बिहीबार १७:३५
  • २२८३

    बैतडी । बैतडी डिलाशैनी–४ का ४५ वर्षीय लालबहादुर नेगी र २१ वर्षीय दिपेन्द्र नेगी बुबा छोरा हुन् । दुबै जना गत मङ्सिर महिनामा भारतको पिथौरागढस्थित मदकोट क्षेत्रमा मजदूरी गर्न गएका थिए । नयाँ वर्ष (विषु तिहार) का लागि घर फर्किने तयारी गरेको बेला नेपाल भारत दुबैतर्फ लकडाउन शुरु भयो ।

     

    लकडाउनका कारण विषुमा घर पुग्न नसेकेका दुबै जनालाई मदकोट क्षेत्रमै पनि भोकभोकै बस्नुपरेको थियो । ठेकेदारले घर जाउ भन्यो, बस्ने खाने पैसा थिएन्, भोकभोकै बस्नुभन्दा तीन दिन पैदल हिडेर उनीहरु बिहीबार साँझ बालुवाकोट गाउँ आइपुगें । १४ जनाको समूहमा रहेका उनीहरुले शुक्रबार बिहान दत्तुको बेतमा एक हजार रुपैयाँ भारु (नेपाली रु एक हजार छ सय) तिरी जोखिम मोलेर महाकाली नदी कटाए । भारतीयले ट्युबमा महाकाली नदी तारेबापत एक हजार रुपैयाँ भारु लिएको हो ।

     

    ‘ठेकेदारले काम रोक्यो, प्रतिव्यक्ति दुई/तीन हजार रुपैयाँ ज्यालाबापत दिएर घर पठाएको हो,’ लालबहादुर नेगीले भने, ‘किनेर खान पनि नपाइने । भोकभोकै मर्नुभन्दा आफ्नै देशमा गएर मरौला भनेर ट्युब तरेर जोखिम मोलेरै भएपनि स्वदेश आयौं ।’ ‘हामी आफ्नै देशको क्वारेन्टाइनमा बस्ने गरी जोखिम मोलेरै आएका हौं । हामीले घरमा फोन गर्दा पनि विद्यालयका क्वारेन्टाइनमा बसेर आउनुहोला भनेका हुन्’, उनले भने, ‘२० वर्ष बढी भयो,  भारतमा काम गर्दै आएको । अहिलेसम्म कुनै बेला पनि यस्तो समस्या आइलागेको थिएन् ।’

     

    ‘अहिलेको लकडाउन भनेर खान बस्नै नपाइने अवस्था आयो । मजदूरी गरेर परिवार पाल्नेलाई समस्या भयो । पाँच छोरा र तीन छोरी र दुई जना आफू गरी १० जनाको हाम्रो परिवार छ’, उनले भने, ‘आफ्नो गाउँघरमा परिवार पाल्न नसकिने भएर भारतमा मजदूरी गर्न गएका हौं ।’ ‘रहरले भारतमा गएका थिएनौ, तर आउँदा अपराधी जस्तो गरेर आउनु पर्यिो’, उनले भने, ‘पुल नखुल्ने भएपछि नदीको सहारा लिनुपरेको हो ।’ हामी आफ्नै देशको क्वारेन्टाइनमा बस्न चाहन्छौ । हामीसँगैका २ जना भागेर समेत गए । तर हामीे आफैले प्रहरीलाई खबर गरेर यहाँ आएका हौ । सबैभन्दा जेठो छोरा (दिपेन्द्र)लाई समेत भारतमै मजदूरी गर्न लगे । घरमा श्रीमति जानकी नेगी र ७  छोराछोरी छन्’ उनले भने ।

    गाउँको उत्पादनले तीन महिना खान पुग्दैन् । वर्षमा दुई पटक भारतमा गएर मजदूरी गर्ने गरेको उहाँका छोरा दिपेन्द्रले बताए । म पनि जहिल्यै बुबासँगै काम गर्छु । भारतमा काम गरेको पैसाले घरका खाना खर्च र भाइबहिनी पढाउन खर्च जुटाउने गरेको उनको भनाइ छ । उनले भने, ‘आफूले आर्थिक अभावका कारण पढ्न पाएनौं, भाइबहिनीलाई पढाउन भारतमा मजदुरी गर्दैछौं ।’ भारतमा प्रतिदिन रु ४५० देखि ६ सयसम्म यालादारी दिने गरेका छन् ।

     

    नेगीका घरमा भरत कक्षा १०, भुवन कक्षा ७, सीता कक्षा ७, पार्वती कक्षा ६, नरेन्द्र कक्षा ५, संगिता कक्षा ४ र श्याम कक्षा १ मा पढ्ने गरेका छन् । डिलाशैनी १ का सुनिल कार्कीले गाउँमा काम नपाउँदा भारतीय बजारमा काम गर्नुपरेको बताए । सडकमा मजदुरी गथ्र्यौ देश लकडाउन भयो काम बन्द गर्नु भनेपछि समस्यामा परेर हिडेरै आएको उनले बताए । काम गर्ने ठाउँमा खानलाई केहि नभएपछि हप्तौ दिनसम्म भोकभोकै बस्नुपर्यो, डिलाशैनीका लोकेन्द्र कार्कीले भने । जे भएपनि नेपाल पुग्नुपर्छ भनेर हिडेर आयौं । मदकोटबाट जङ्गलको बाटो भएर धारचुलाको बालुवाकोट पुगेको उनको भनाइ छ । आफ्नो देशका क्वारेन्टाइनमा पुगिए खाना खान त पाइएला भनेरै आएका हौ । ‘हामी जस्ता सयौं भारतीय क्वारेन्टाइनमा छन् भनेर सुनेका थियौ,’ कार्कीले भने, ‘गाउँबाट आउन सकिन्छ भने आउनुहोस्, यतैका क्वारेन्टाइनमा बस्नुहोला भनेपछि जन्मभूमीको माया लागेर आयौ ।’

     

    उनीहरुसँगै बैतडीका १२ जना र नौगाड दार्चुलाका २ जना नेपाल आएका हुन् । जसमा १० जना मात्रै दार्चुलाको महाकाली नगरपालिकाको महेन्द्र नमूना मावि क्वारेन्टाइनमा राखिएको छ । उनीहरुसँगै ट्युब तरेर नेपाल छिरेका बैतडी डिलाशैनी १ का धिर्के राना र प्रसाद राना भने भागेर गएका छन् । महाकालीमा ट्युब तरेर आउनेहरुमा बैतडी डिलाशैनी—७ का सुशिल कार्की, डिलाशैनी— ४ का लालबहादुर नेग, दिपेन्द्र नेगी, दोगेडाकेदार गाउँपालिका-१ का जितबहादुर कार्की, डिलाशैनी—३ का केशव भण्डारी, खड्ग बहादुर नेगी, डिलाशैनी—७ का लोकेन्द्र कार्की, डिलाशैन—१ का अमरसिह धामी, वकिल धानुक, डिलाशैनी—२ का गणेश हरडे, दार्चुला नौगाड-३ का राजेन्द्र ठगुन्ना र नविन ठगुन्ना रहेका छन् ।

     

    नेपाल भारत जोड्ने झोलुङ्गे पूल नखुल्दा हालसम्म एक सय नेपाली ट्युब र महाकालीमा तरेर नेपाल आइसकेका छन् । भने धार्चुलाका विभिन्न ठाउँमा एक हजारभन्दा बढी नेपाली क्वारेन्टाइनमै बसेका छन् । ट्युब तरेर भारतबाट आएका उनीहरुलाई नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा स्वास्थ्य चेकजाँच गरिएको नगरपालिका विपद् शाखा प्रमुख भुवन जोशीले बताए। स्वास्थ्य चेकजाँचपछि उनीहरुलाई महेन्द्र नमूना मावि खलङ्गाको क्वारेन्टाइनमा राखिएको छ । नगरपालिकाले १४ जनालाई भने २१ दिनपछि घर पठाएको छ ।

     

    महाकाली नगरपालिका-९ दत्तु चुच्चैबाट नेपाल भित्रिएका १० जना बैतडीका र २ जना दार्चुलाका नेपाली मजदुरलाई महाकाली नगरपालिकाको गाडीमा राखेर क्वारेन्टाइनमा पुर्याइएको हो । नेपाल भारत लकडाउनपछि लेकमको लालीदेखि व्यासको दुम्लीङ नाका भएर नेपालीहरु घर फर्किरहेका छन् । भारतबाट आउने नेपालीलाई अवैध रुपमा छिर्न नदिन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएपनि आउने क्रम भने रोकिएका छैनन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपेन्द्र बहादुर शाही नेपालतिरका ट्युबहरु प्रहरीले नियन्त्रणमा राखेर बन्द गरेको भएपनि भारततिरबाट रोक नलगाउँदा समस्या भएको बताउँछन् ।

     

    भारतसँग सीमा जोडिएका क्षेत्रमा थप कडाई 

     

    भारतसँग सीमा जोडिएका क्षेत्रमा सरकारले थप कडाइ गर्दै लगेको छ । भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि निगरानी बढाउँदै लगेको हो । सहज रुपमा हुने सीमा वारपार रोक्न सरकारको निर्देशनानुसार सशस्त्र प्रहरी बल नेपालले सुरक्षा फौजलाई सीमामा केन्द्रित गर्न थालेको हो ।

     

    सोहीअनुसार सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाले लेकमको लाली देखि व्यासको डोकटसम्मका आठ स्थानमा अस्थायी पोष्ट स्थापना गरेको हो । महाकाली नदी तरेर भारतबाट मजदुर धमाधम नेपाल भित्रन थालेपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बलियो उपस्थिती जनाएको छ ।

     

    सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाका डिएसपी डम्मरबहादुर विष्टका अनुसार सशस्त्र प्रहरीले लेकमको रतौडा, लाली, मालिकार्जुनको बाकु, उकु, डिन्सी, महाकालीको काकडा, व्यासको धौलाकोट स्याकु र डोकटमा अस्थायी पोष्ट स्थापना गरेको छ । महाकाली नदीबाट हुने अवैध क्रियाकलाप र भारतबाट महाकाली नदी भएर नेपाल प्रवेश गर्ने व्यक्ति रोक्नका लागि सशस्त्र प्रहरी ठाउँ ठाउँमा राखिएको डिएसपी विष्टले बताउनुभयो । नयाँ स्थापना गरिएका ७ पोष्टमा १० जनाका दरले ७० सशस्त्र प्रहरी खटाइएको छ भने उकुमा १५ जना खटिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए
  • राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड
  • न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव
  • ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

    नेपालको भूमिकाले भारत-पाकिस्तान युद्ध अन्त्य भएको प्रधानमन्त्रीको दाबी

    सुन चाँदी दुबैको घटयो मुल्य

    कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

    रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    News

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    News

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    News

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    News

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑