• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    राहत पनि पाइएन र काम गर्न पनि पाइएन : वादी समुदाय

  • वीरगंज संजाल
  • ११ बैशाख २०७७, बिहीबार १७:२३
  • ५८७५

    काठमाडौं : दैनिक ज्यालादारी तथा मागेर जीवन निर्वाह गर्दै आएका कैलालीका वादी समुदायलाई छाक टार्न समस्या भएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहेपछि वादी समुदायले काम गर्न र अन्यत्र घरघर गएर माग्न जान पाएका छैनन् ।

     

    कतिपयले छिमेकीसँग सरसापट गरेर गुजारा गरेको पीडा पोखे । एक महिनासम्म काम गर्न नपाएपछि छिमेकी तथा आफन्तले पनि सहयोग गर्न नसक्दा छाक टार्न मुस्किल भएको उनीहरुको गुनासो छ । “राहत पनि पाएनौँ, ज्यालादारी गर्न बाहिरी जिल्ला गएका छोराहरु पनि उतै अलपत्र परेका छन्”, टीकापुर–८ सूर्यपुरकी रेखा वादीले भने, “म एकल महिला हुँ, राहत नपाएपछि सरकारले दोस्रो किस्ताको भत्ता दिएको भए किनेर खान्थ्यौँ ।” उनले अनुसार वडा कार्यालयले पाँच कठ्ठा जमिन छ भन्दै राहत दिन मानेन । “सात जनाको परिवार छ, पाँच कठ्ठाको अन्न दुई महिना मात्र पुग्छ”, रेखा भने, “घरमा अन्न छैन, न त ऋण पाइन्छ न सापटी पाइन्छ ।”

     

     

     

     

     

     

    वादी समुदायका धेरै नागरिक ज्यालादारीको काम गर्छन् । लकडाउनका कारण काम गर्न जान नपाएपछि सबैको घरमा समस्या हुन थालेको छ । सूर्यपुरकै नीतु वादीको चार जनाको परिवार छ । “आजभोलि एक छाक मात्र खाएर बाँच्नुपरेको छ”, उनले भने, “सरकारले राहत नदिए पनि काम दिएको भए हुन्थ्यो, काम गर्न नपाए हामी के खानु ?”

     

    अमृता नेपालीका चार सन्तान छन् । “छोराछोरी भोक लाग्यो भन्छन्, घरमा अन्न छैन”, उनले भने, “के खुवाउनु, कसलाई भन्नु ? हामीलाई त लकडाउनको एक महिना एक वर्षजस्तै लागेको छ ।” सुदूरपश्चिम प्रदेशका सांसद तथा वादी अभियन्ता उमादेवी वादीले कैलालीमा रहेका ९० प्रतिशत वादी परिवार समस्यामा रहेको जानकारी दिए । “राहत केही सीमितले पाएका छन् । यो पर्याप्त छैन”, उनले भने, “लकडाउन लम्बिने हो भने खाद्य सङ्कट पर्छ । यसबारेमा सरकारको ध्यान जानुपर्छ ।”

     

    उनका अनुसार कैलालीमा एक हजार पाँच सय परिवार वादी छन् । कैलालीको टीकापुर, लम्की चुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकामा वादी समुदायको बसोबास बाक्लो छ । वादी बस्ती रहेको टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले जग्गा नभएका परिवारलाई मात्र राहत उपलब्ध गराएको जानकारी दिए । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न
  • लागुऔषधसहित प्रहरी जवान पक्राउ
  • नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण
  • भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    घण्टाघरको ट्राफिक लाइट सञ्चालनमा नआउँदा ट्राफिक प्रहरीप्रति मेयर सिंहको आक्रोश

    बिराटनगरमा जतुवा खानेपानी तथा सरसफाइ आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण, सेवा शुभारम्भ

    पर्सा जिल्लामा संघीय मन्त्री राजकुमार गुप्ता र व्यवसायी प्रतिनिधिबीच भेटघाट तथा अन्तरक्रिया सम्पन्न

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न

    News

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    News

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    News

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    News

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑