• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आरडीटी किट अभावमा परीक्षण रोकियो

  • वीरगंज संजाल
  • ११ बैशाख २०७७, बिहीबार १२:२०
  • १०२७७

    राजविराज | उदयपुरमा फेला परेका कोरोना संक्रमित २८ मध्ये दुईजना सप्तरीको सुरुङ्गा नगरपालिकाका भएपनि आरडीटी किट अभावमा सो क्षेत्रमा परीक्षण हुन सकेको छैन् । सुरुङ्गा नगरपालिका-११ औराहा भजक्का क्षेत्रका बासिन्दाले वडालाई सिल गरी कोरोना परीक्षण तीव्र पार्न माग गरे पनि जनशक्ति र आरडीटी किटको अभावका परीक्षण हुन नसकेको हो ।

     

     त्रियुगा नगरपालिका-३ भुल्केमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएका दुईजना भजक्काको रहेको खबरले सो ठाउँका युवाहरुले बार लगाएर बाटोहरु घेरेको वडा अध्यक्ष गयाप्रसाद चौधरीले बताए । चौधरीका अनुसार आवतजावत समेत बन्द हुने गरी बाटोहरु अवरुद्ध पारिएको छ ।

     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पुष्टि गरेका ११ जनामध्ये दुईजना सुरुङ्गा-११ का स्थायी बासिन्दा हुन् । स्थानीयवासीका अनुसार एकै परिवारका संक्रमित ५ मध्ये १ जना १८ वर्षीय युवा भुल्केस्थित मामाघर गएपछि लकडाउनका कारण सुरुङ्गास्थित घर फर्किन पाएनन् । अर्का ३५ वर्षीय मौलबी तीन महिनादेखि घर नफर्किएको र भुल्केस्थित मस्जिदमा बस्ने गरेको उनको परिवारले जानकारी दिएको वडा अध्यक्ष चौधरीले बताए ।

     

    तर, भुल्केवासीले उनी सुरुङ्गा र भुल्केस्थित मस्जिदमा आउने जाने गरेको बताउँछन् ।संक्रमित मौलवीको घरमा २० जनाको परिवार रहेको र उनकी श्रीमती सुरुङ्गाको औरहा भजक्का, कुशहा, कदमाहा, टिकुलिया सम्म गएर तरकारी बेच्ने गरेको वडा अध्यक्ष चौधरीले बताए ।

     

    भुल्केमा पहिलो पटक फेला परेका संक्रमित भारतीय सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिकाको मस्जिदमा बस्दै गएको पत्ता लागेपछि सो क्षेत्रमा मात्र २ सय ३७ जनाको आरडीटी परीक्षण गरिएको थियो ।

     

    संक्रमितहरु बसेको सप्तकोशी, कञ्चनरुपमा ठूलो सङ्ख्यामा परीक्षण गर्नु परेकाले आरडीटी किट अभाव भएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ । स्वास्थ्य कार्यालयमा प्राप्त आठ सयमध्ये सात सय ४० किट सकिएको निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपलाई उपलब्ध गराइएको एक सय किट पनि सकिएको सिनियर अहेव डम्बर गुप्ताले बताए ।

     

    यसैगरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आएको १ सय ६० मध्ये १ सय १७ किट सकिसकेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । मागअनुसार आरडीटी किट, भिटिएम, पीपीइ, मास्क, सेनिटाइजर, थर्मल गन आदि आपूर्ति हुन नसक्दा स्वास्थ्य सेवामा समस्या भएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख यादव बताउँछन् । इस्लाम धर्मावलम्बीहरुको धार्मिक सभा ‘इज्तिमा’ भएको बोदे बर्साइनमा नेपाली सेनाको सहयोगमा स्वाब संकलन केन्द्र स्थापना गर्ने निर्णय भएको पाँच दिन बिते पनि भिटिएम र आरडीटी किटको अभावमा परीक्षण सुरु हुन सकेको छैन् ।

     

     

     

     

     

     

     

     

    बोदे बर्साइन नगरपालिका-५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म भएको धार्मिक सभा ‘इज्तिमा’ मा एक लाख बढी इस्लाम धर्मालम्बीहरु भेला भएका थिए । ‘इज्तिमा’ मा भेला भएका जमातीहरु नै आफ्नो कार्यक्षेत्र बाँडेर फरक–फरक मस्जिद गएकाले सो क्षेत्र पनि जोखिमयुक्त भएको ठहर गर्दै बोदे बर्साइनमा स्वाब संकलन राख्ने निर्णय भएको हो ।

     

    नेपाली सेनाको चिकित्सकसहितको टोली स्वाब संकलनका लागि तयारी अवस्थामा रहे पनि भिटिएमकै अभावले आउन पाएका छैनन् । जिल्लामा भिटिएम र आरडीटी किटलगायतका सामाग्री माग भन्दा निकै कम प्रदेश सरकारले पठाएको निमित्त प्रमुख यादवले जानकारी दिए । ‘किट अभाव छ,’ उनले भने, ‘प्रदेश सरकारले एक दुई दिनमा पठाइदिने आश्वासन दिएको छ ।’ कोरोना संक्रमणको जोखिममा रहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकलगायतको आरडीटी परीक्षण पनि हुन सकेको छैन ।

     

    अनुगमन, निरीक्षणका लागि बुधबार आएका प्रदेश २ को महिला तथा बालबालिका सामाजिक न्याय समितिसँग पनि अस्पतालका प्रमुख मेसु डा. दास र स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले स्वास्थ्य सामग्री माग गरे । आठ जना प्रदेश सांसदको नेतृत्व गर्दै आएका समितिका सभापति जैनुल राइनले प्रदेश सरकारलाई निर्णय भइसकेको पीसीआर मेसिन जडान गर्न र स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन निर्देशन दिने आश्वासन दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न
  • लागुऔषधसहित प्रहरी जवान पक्राउ
  • नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण
  • भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    घण्टाघरको ट्राफिक लाइट सञ्चालनमा नआउँदा ट्राफिक प्रहरीप्रति मेयर सिंहको आक्रोश

    बिराटनगरमा जतुवा खानेपानी तथा सरसफाइ आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण, सेवा शुभारम्भ

    पर्सा जिल्लामा संघीय मन्त्री राजकुमार गुप्ता र व्यवसायी प्रतिनिधिबीच भेटघाट तथा अन्तरक्रिया सम्पन्न

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न

    News

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    News

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    News

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    News

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑