उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या २३, जिल्ला सिल
वीरगंज संजाल
९ बैशाख २०७७, मंगलवार २१:२१
३३५५
काठमाडौं | प्रदेश १ सरकारले उदयपुरमा कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेसँगै जिल्ला सिल गर्ने निर्णय गरेको छ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई जिल्लामा आवतजावत बन्द गर्ने हिसाबले सिल गर्ने निर्णय भएको जानकारी दिका हुन्
‘जिल्लाबाट अन्य ठाउँमा संक्रमण नफैलियोस् भनेर सिल गर्ने निर्णय भएको छ,’ उनले भने। आज साँझ जिल्लाको भुल्केमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आज दिउँसो थप एक जनामा कोरोना सङ्क्रमणको भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत पुष्टि गरेको थियो । मंगलबार साँझ थप ९ जनामा पनि सङ्क्रमण पाइएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन्।
योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ। यसअघि सोही ठाउँको एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो।