गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्सा दवारा सेनिटाईजर छर्किने अभियान शुरु
वीरगंज संजाल
८ बैशाख २०७७, सोमबार ०१:०७
५४७७
वीरगंज। प्रनव सह । वीरगंज महानगरपालिका छपकैया ०२ स्थित बस्दै आएका तीन जना भारतीय नागरिकमा कोभिड–१९ संक्रमणको पुष्टी भएपछि सर्वसाधरण थप सतर्क भएका छन् ।
वीरगंज स्थित नारायणी अस्पतालको आइसोलेसनमा ३ जना भारतीय मुस्लिम जमाती र रौतहटमा भेटिऐका संक्रमितलाई राखिएको छ । संक्रमित भेटिएको वीरगंज हानगरपालिका २ छपकैया क्षेत्र सिल गरिएको छ भने सो क्षेत्रबाट सोडियम हाईपोक्लोराईट नामक सर्फेस सेनिटाईजर छर्किने अभियान शुरु गरीएको छ ।
कोरोना भाईरसले जनतामा संक्रास फैलिरहेको अवस्थामा जी.पी.कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगर को ३२ वटै वडाहरुमा सोडियम हाईपोक्लोराईट नामक सर्फेस सेनिटाईजर छर्किने र्काय शुरु भऐको हो । यस रोगबाट बच्न सर सफाई र समाजिक दुरी कायम गर्न नै कोरोनाबाट बच्ने उत्तम उपाय भएको कुरालाई मध्यनजर गर्दै महानगरलाई स्यानिटाईज गर्ने निर्णय गरेको फाउण्डेशन पर्साले जनाएको छ ।
नेपालमा आईलागेको यस्तो विपदको बेला हरेक नेपाली नागरिकले आफनो स्तरबाट नेपाल सरकारलाई साथ र सहयोग दिने कुरा रहेको बताउदै मोहम्मद सहाबुदिनले गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आफनो समाजिक उत्तरदायित्वलाई मन्न गर्दै वडाहरुलाई सेनेटाईज गर्ने बताए ।
फाउण्डेशनका जिल्ला अध्यक्ष मोहम्मद सहाबुदिन सेनिटाईजेशन र्कायक्रम अन्र्नगत शुक्रबार बीरगंजको १, २, ३, १० र १६ नम्बर वडाहरुमा स्यानिटाइज गरिने फाउण्डेशन पर्साका सदस्य मनोज राउत कुर्मीले जानकारी दिए ।
स्यानिटाइज अभियानमा वडा नं ३ का फाउण्डेशन अध्यक्ष सदिप केवट, शेख सागिर, कृष्ण ओझा, रुस्तम मंसुरी लगायतमा रहेको फाउण्डेशन पर्साका सचिव धिरज कुमार गुप्ताले जानकारी गराए ।