वीरगञ्ज | वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा राखिएका एक सय दुई जना भारतीय नागरिकलाई आफन्तको जिम्मा लगाइएको छ । १४ दिनसम्म राखेर र्यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएपछि आफन्तको जिम्मा लगाइएको हो ।
नेपालका विभिन्न सहरमा कामको सिलसिलामा रहेका तर लकडाउनको समयमा घर जान हिँडेका एक सय ८९ जनालाई ठाकुरराम बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइन स्थलमा राखिएको थियो ।