बिश्रमपुर गाउँमा २ पक्ष बिच झडप हुदा १ महिला सहित 8 जना घाइते [भिडियो सहित ]
वीरगंज संजाल
७ बैशाख २०७७, आईतवार ०८:१०
६०३५
पर्साको बहुदरामाइ नगरपालिका वडा नम्बर ९ विश्रामपुरको मौजेटोलमा शनिवार बेलुकी दुइ पक्ष बिच झडप भएको छ । मौजेटोलमा देवान र कलवार पक्ष बिच भएको झडपमा दुवै पक्षका गरि ८ भन्दा बढि घाइते भएका छन् । घाइते हुनेहरुमा देवान पक्षका फैयाद देवान ,फतिमा खातुन , मखमुल राय भाट र बडिया राय भाट तथा कलवार पक्षका चन्दन गुप्ता कलवार , सुनिल गुप्ता कलवार, राधेश्याम गुप्ता र सुशीला देवी छन् ।
घाइतेहरुको वीरगन्जको नेशनल मेकिडल कलेज र गण्डक हस्पिटलमा उपचार भइरहेको छ । वडा सदस्य फकरुद्धिन देवानका अनुसार , मौजेटोलमा रहेको मस्जिदमाशनिवार बेलुकी केहि व्याक्तिले ढुङगा इटटा प्रहार गरेपछि त्यहि विषयलाइ लिएर दुइ पक्ष बिच झडप भएको हो ।
४÷५ जना उच्छृंखल व्याक्तिहरुले मस्जिदमा बाहिरका जमाती ल्याएर राखिएको भन्दै मस्जिदमा ढुङगा इटटा हान्न थालेपछि मस्जिद छेउकै स्थानीयले प्रतिवाद गर्दा दुइ पक्ष बिच झडप हुन पुगेको वडा सदस्य देवानले बताए । तर झडपमा घाइते भइ नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका चन्दन गुप्ताले भने ,‘ मस्जिदमा केहि दिन देखि बस्दै आएका बाहिरका जमातीलाइ मस्जिदमा नराखौ भनेर हामी ४÷५ जना जादा मस्जिद भित्रैबाट हामी माथि ढुङगाले हान्न थालिएपछि झडप भएको हो ।
दुइ पक्ष बिच झडप भएको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायव उपरिक्षकको नेतृत्वमा आएको प्रहरी टोलीले स्थिती नियन्त्रणमा लिएको वडा सदस्य देवानले बताए ।प्रहरीले झडपमा संलग्न रहेको आरोपमा स्थानीय राजु गुप्ता र नसुरलाह मियाँलाइ नियन्त्रणमा लिएको छ । दुइ जनालाइ नियन्त्रणमा लिएका छौ , पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले भनिन् ,‘ तर झडप किन भयो यस विषयमा दुवै पक्षले बोल्न मानि रहेका छैनन् , यस विषयमा अनुसन्धान भइरहेको छ ।
वडा अध्यक्ष रवि गुप्ताले गाँउमा समाजिक सदभाव बिथोल्ने नियत राखेकाहरुका कारण दुखद घटना हुन पुगेको बताए । मस्जिदमा बाहिरका कोहि पनि मान्छे छैनन् , हामीले प्रहरी बोलाएरै मस्जिदमा खानतलाशी पहिले नै गराइ सकेका थियौ, उनले भने ,‘ तर सामाजिक सद्भाव बिथोल्ने कुनियत राखेकाहरुका कारण दुखद घटना हुन पुगेको हो ।शनिवार बेलु्की देखि गाँउको स्थिती तनावग्रस्त भएपछि राती देखि नै गाँउमा प्रहरी खटिएको भन्दै उनले भने ,‘ सामाजिक सदभाव नबिग्रयोस भनेर हामी सबै लागि रहेका छौ ।