वीरगंज माहानगरपालीका वडा नम्बर १३ मा आज राहत बितरण
वीरगंज संजाल
५ बैशाख २०७७, शुक्रबार २३:५१
५४५९
वीरगंज |बिश्वब्यापी रुपमा फैलिएको कोरोना(कोभिड १९) कारण बिश्व नै आक्रन्त भएर नेपालमा पनि यो भाइरसका बिरामीहरु देखिन थालेका कारण नेपाल सरकारले पनि लकडाउन लगाएको आज २५ दिन भएको छ ।
वीरगंज माहानगरपालीका वडा नम्बर १३ मा आज राहत बितरण गरिएको छ । वडा नम्बर १३ मा १५०० परिवारलाई राहत बितरण गरिएको छ ।
बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा प्रभावित अति गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरिएकाे वडा न 13 को वडअध्यक्ष तुफान फरुख अन्सारी जानकारी गराउनु भयाे ।
राहतमा चामल 15 किलो, १ किलो दाल, १ प्यकेट नुन,एउटा नुहाउने साबुन,१ किलो खाने तेल बितरण गरिएको वडा न 13 को वडअध्यक्ष तुफान फरुख अन्सारी जानकारी गराउनु भयाे ।
वीरगंज महानगरपालिका को नगर प्रमुख विजय कुमार सरावगी लगायतको उपस्थितीमा राहत वितरण गरिएकाे हाे ।