जनकपुरधाम : विश्वभर कोरोना भाइरसको त्रास रहेको बेला प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा एक अनौठो घटना घटेको छ । जनकपुरधाममा २ जना महिलाले सडकमा पैसा फ्यालेर भागेकी छिन् । उनीहरुले जनकपुरधाम-४ महावीर चोकस्थित बिच बाटोमै पैसा फ्यालेर भागेपछि स्थानीयवासी त्रसित भएका हुन् । शुक्रबार दिउँसो करिब १ बजे २ जना आएर १० रुपैयाँका नोटहरु छरेर भागेको स्थानीयवासीले बताएका छन् । निलो र हरियो रंगको साडी लगाएका उनीहरुले करिब सय मिटरको दूरीसम्म फरक फरक स्थानमा गरि सडक र पसलको छेउमा पैसा फ्यालेको स्थानीयले बताएका छन् । ‘निलो र हरियो रंगको लुगा लगाएकी मुस्लिम जस्तै देखिने २ जना महिलाहरु पैसा फ्याल्दै हिंडेको हामीले देख्यौं, पैसा किन फ्यालेको सोधेपछि दुबै जना कुदेर भागे,’ महावीर चौकका एक स्थानीयले भने । स्थानीयवासीका अनुसार ३–४जना व्यक्तिले उनीहरुले फ्यालेको रुपैयाँ सडकबाट उठाएका छन् । त्रसित बनाएका स्थानीयहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए । सडकमा फ्यालिएका केही नोटहरु प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले पैसा फ्यालिएको स्थानहरु सेनेटाइज गरेका छन् । यता,चोक नजिकै रहेको एक घरमा जडान गरिएको सीसीटिभी फुटेजको आधारमा अनुसन्धान थालिएको र पैसा फ्याल्ने दुई महिलाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
वीरगंज संजाल
५ बैशाख २०७७, शुक्रबार १८:३३
३२९५
जनकपुरधाम | विश्वभर कोरोना भाइरसको त्रास रहेको बेला प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा एक अनौठो घटना घटेको छ ।
जनकपुरधाममा २ जना महिलाले सडकमा पैसा फ्यालेर भागेकी छिन् । उनीहरुले जनकपुरधाम-४ महावीर चोकस्थित बिच बाटोमै पैसा फ्यालेर भागेपछि स्थानीयवासी त्रसित भएका हुन् ।
शुक्रबार दिउँसो करिब १ बजे २ जना आएर १० रुपैयाँका नोटहरु छरेर भागेको स्थानीयवासीले बताएका छन् । निलो र हरियो रंगको साडी लगाएका उनीहरुले करिब सय मिटरको दूरीसम्म फरक फरक स्थानमा गरि सडक र पसलको छेउमा पैसा फ्यालेको स्थानीयले बताएका छन् ।
‘निलो र हरियो रंगको लुगा लगाएकी मुस्लिम जस्तै देखिने २ जना महिलाहरु पैसा फ्याल्दै हिंडेको हामीले देख्यौं, पैसा किन फ्यालेको सोधेपछि दुबै जना कुदेर भागे,’ महावीर चौकका एक स्थानीयले भने ।
स्थानीयवासीका अनुसार ३–४जना व्यक्तिले उनीहरुले फ्यालेको रुपैयाँ सडकबाट उठाएका छन् । त्रसित बनाएका स्थानीयहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए । सडकमा फ्यालिएका केही नोटहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले पैसा फ्यालिएको स्थानहरु सेनेटाइज गरेका छन् । यता,चोक नजिकै रहेको एक घरमा जडान गरिएको सीसीटिभी फुटेजको आधारमा अनुसन्धान थालिएको र पैसा फ्याल्ने दुई महिलाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।