
बिहान ४ बजे उठ्ने ७९ वर्षीय केसी करिब १० वर्षयतादेखि मर्निङ वाकमा गइरहेका छन्। पछिल्लो समय उनी हरेक दिन आधा घन्टादेखि ४५ मिनेटसम्म मर्निङ वाकमा बिताउँछन्।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ : ६५ वर्षीय प्रचण्ड बिहान ५ बजे उठिसक्छन्। उनी करिब एक घन्टा टेबल टेनिस खेल्छन्। काठमाडौं बाहिर गएका बेला मर्निङ वाक अनिवार्य जस्तै छ। खानपिनमा विशेष सतर्कता छैन।