• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    कोरोना महामारीमा सम्भावित खाद्य संकट टार्न के गर्दैछ सरकार ?

  • वीरगंज संजाल
  • Apr 16, 2020, 7:30 pm
  • २९४७

    काठमाडौं | कोरोनाभाइरस (कोभिड–१९)का कारण विश्वको अर्थतन्त्र कमजोर हुँदा जाँदा नेपालमा अर्थतन्त्र खुम्चिदै जाने संकेत देखापरेको छ ।

    कोरोना संक्रमणले सामान्य नागरिको जिवनदेखि अर्थतन्त्रका सबै पक्षमा नराम्ररी प्रभाव पारेको छ । सामान्य अवस्थामा समेत खाद्य सामग्री भारत तथा तेस्रो मुलुकबाट आयात गर्नुपर्ने स्थिति रहेको अब यो विसम परिस्थितिमा खाद्य संकट भोग्नुपर्ने हो कि भन्ने आशंका समेत उब्जिन थालेको छ ।

    त्यसोत नेपालमा वार्षिक ५० लाख मेट्रिक टन हाराहारीमा धान उत्पादन हुन्छ । तर, माग भने ६० लाख मेट्रिक टन हाराहारीमा छ । अपुग १० लाख मेट्रिक टन धान भारत तथा तेस्रो मुलुकबाट आउछ ।


    नेपालको प्रमुख खाद्यन्न बाली धानसँगै मकै र गहुका आटासमेत विदेशबाट ल्याइन्छ । जबकि मकै, जौ, कोदो र फापर जस्ता उत्पादन देशमै पनि हुन्छ ।


    त्यसोत नेपालमा चामल मात्र खाद्यन्न हो भन्ने परम्परागत बुझाइका कारण पनि चामल आयात गर्नुपर्ने अवस्था छ ।


    सन् २०१९ को डिसेम्बार महिनादेखि शुरु भएको कोरोनाभाइरस (कोभिड–१९)को यतिखेर विश्वभर फैलिरहेको छ । विश्वको २ सय १० देश र भूभाग यसको प्रभावित भएको छ ।


    जब कि मकै, गहु र कोदो जस्ता खाद्यन्न स्वदेशमै पर्याप्त उत्पादन हुन्छ ।


    खाद्य संकटबारे सरकार र गैरसरकारी निकायले अनेक विमर्श गरे पनि ‘खाद्यवस्तुबारे अन्धविश्वास’ भने हामीले हटाउन सकेका छैनौं । पहाडी गाउँमा मकै–कोदो खेती हुने र त्यसबाट बन्ने ढिँडोलगायतका आडिलो भोजन खाने चलन केही दशकअघि प्रचलित थियो ।



    उतिखेर ‘धनीले भात खान्छन्’ भन्ने अवधारणा पहाडमा थियो र अझै पनि कतिपय ठाउँमा चामल किन्न नसक्नेले आफ्नो बारीमा फलेको मकैको ढिँडो खान्छन् र तिनमा त्यस्तो धारणा विद्यमान छ ।



    पोषणाका हिसाबले मकै, कोदो र गहुँ उत्तिकै लाभदायक छन् भन्ने सर्वसाधारणले राम्ररी बुझेका छैनन् । अझ चामलको तुलनामा कोदोमा धेरै प्रोटिन तत्व हुन्छ । यसर्थ खानाका बारेमा रहेका भ्रम आफैंमा खाद्य संकटका कारण हुन् । चामलको विकल्पमा गहुँ, कोदो र मकै तथा कतिपय अवस्थामा आलुलाई समेत प्रयोग गर्ने हो भने खाद्यसंकट धेरै हदसम्म सुल्झिन्छ । यसका लागि सर्वसाधारणमा पोषण चेतना र उपलब्ध खाद्यलाई स्वादिलो परिकार बनाएर खान सक्ने सीप सिकाइनु आवश्यक छ ।



    त्यसैले कोरोनाका कारण उत्पन्न परिस्थिति निम्त्याउने खाद्यन्न जोखिम कम गर्न उत्पादन बढाउनुको साथै नागरिकलाई खानपिनको शौलि फेर्न प्रेरित गर्ने सरकारको तयारी रहेको छ ।



    मनिसहरुको खाद्यन्न प्रतिको व्यवहारलाई प्रविधि भन्ने गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता प्रकाश दाहाल भन्छन् । चामलमात्र खाद्य हो भन्ने जुन मनोवृत्ति सोच छ त्यो सोच परिवर्तन गर्यो भने देश भित्र उत्पादन हुने अन्य खाद्यबाट पनि मानिसलाई पुग्ने आधारभूत पोषण प्राप्त हुन्छ ।



    विकासोन्मुख देशलाई कोरोना प्रकोपले उत्पादन प्रणाली, बजार व्यवस्था तथा अन्य देशसँगको सम्बन्धबारे पनि सोच्ने अवस्थामा पुर्याएको छ भने देश अब आत्मनिर्भर हुने उपायको खोजीमा लाग्नुपर्ने देखिन्छ ।



    कोरोनाले अर्थिक, सामाजिक र सांस्कृतिक मूल्यमान्यतामा गरेको असरबारे विषयगत मन्त्रालयले अध्ययन गरिरहेका छन् ।



    प्रवक्ता दाहालले भने–‘कोरोना संक्रमणसँगको युद्ध सकिएपछि मुलुकले लिने नीतिमा परिवर्तन हुनेछ । त्यसको लागि आगामी बजेट कार्यक्रमबाटै शुरु हुने र यसका लागि छलफल भइरहेको छ । साथै नयाँ योजनाहरु पनि बनिरहेको छ ।’



    नेपालको संविधानको धारा ३६ ले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक हुने उल्लेख गरेको छ । संविधानले नागरिकलाई खाद्यवस्तु अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हकको व्यवस्था गरेको छ । संविधानमा यति प्रस्ट रूपमा व्यवस्था गर्दासमेत नागरिक भोकै पर्नु सरकारका लागि लज्जाजनक कुरा हो ।



    यसका लागि सम्भावित संकटको अनुमान गरी सरकारले खाद्य संकटको सम्भावना भएका ठाउँमा पहिले नै पर्याप्त चामललगायत खाद्यान्न भण्डारण गर्न आवश्यक छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ
  • २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल
  • प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।
  • म्यानपावर व्यवसायीको आन्दोलन स्थगित
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    तोलामा एक हजार छ सय बढ्यो सुनको भाउ

    सिम्पानीबाट लागुऔषधसहित छ जना पक्राउ

    नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी नियन्त्रणमा

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    News

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    News

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    News

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    News

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑