बीरगन्ज | बीरगन्ज महानगरपालिका मेयर विजय कुमार सरावगी आज राहत लिएर आफै छपकैया पुगेका छन् । तीन भारतीय कोरोन संक्रमित छपकैयालाई पुरै सिल गरिएको छ । सिल भएपछि घरमै थुनिएपछि खाद्य सामाग्रीको अभावमा भोकभाकै बस्नु परेको गुनासो बाहिर आएपछि मेयर सरावगीले तदारुकता देखाएका हुन् ।
मेयर सरावगीले पहल गरेर विभिन्न खाद्याग्री आज छपकैया पुर्याएका छन् । ती सामाग्री विपन्न वर्गलाई बाँड्नको लागि वडालाई जिम्मा लगाइएको मेयर सरावगीले जानकारी दिए । बीरगन्जको वडा नं. २ को सिल गरिएको छपकैया क्षेत्रका विशेष गरी गरिब, निमुखा तथा श्रमजीवि परिवारलाई लागि सो खाद्य सामाग्रीको व्यवसथा गरिएको उनले बताए ।
“अहिलेलाई १५०० परिवारलाई पुग्ने गरी खाद्य सामाग्री दिएका छौं” उनले भने “आवश्यक परे अझै उपलब्ध गराउछौं ।” “सबै व्यवस्था महानगरले गर्छ, भोकभाकै कोही बस्नु पर्दैन” मेयर सरावगीले भने ।
महानगरले राहत बाँड्नका लागि सबै सामाग्री कार्यवाहक वडा अध्यक्ष वकिय मियाँ अन्सारीलाई जिम्मा लगाएको छ । यसगरी, सो क्षेत्रमा कोभिड १९ को र्यापिट टेस्ट पनि शुरु गरिएको मेयर सरावगीले बताए ।