• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    रोकिएन डढेलो

  • वीरगंज संजाल
  • ३ बैशाख २०७७, बुधबार १५:३६
  • ५१६९

    सिन्धुली | जिल्लाका विभिन्न वनमा सातादेखि लागिरहेको आगो अझै रोकिएको छैन । डढेलोले चुरे वनसमेत खरानी बनाउँदै छ ।


    पाँच दिनअघि वनमा दिउँसो धुवाँको मुस्लो निस्किएको थियो । साँझ परेपछि दनदनी आगो सल्कियो । अर्को दिन सामान्य धुवाँ उठ्यो, उपभोक्ताले वास्ता गरेनन् । अर्को दिन बस्तीछेउमै रहेको च्याउँकोट सामुदायिक वनमा व्यापक डढेलो लाग्यो ।



    बस्तीसम्मै आगो फैलने देखिएपछि मात्र कमलामाई नगरपालिका–४ स्थित देउराली संरक्षित वनको डढेलो नियन्त्रण गर्न वारुणयन्त्र झिकाइयो । ३ सय २६ हेक्टरमा फैलिएको वन ८० प्रतिशत जलेपछि मात्र नियन्त्रणमा चासो देखाइएको हो । लकडाउनले गर्दा वनतर्फ चासो नै नभएको उपभोक्ता समितिका उपाध्यक्ष नेत्र दाहालले बताए । ‘घरमै बस्न सरकारको उर्दी भएकाले उपभोक्ताले खासै चासो देखाएनन्,’ उनले भने, ‘बस्ती नै सखाप हुनेजस्तो भएपछि दमकल बोलाइएको हो ।’ दमकलले दिउँसो निभाएको डढेलो राति फेरि सल्किएको उपभोक्ताको भनाइ छ ।


    डढेलोको मौसममा वन रामभरोसे छाडिएको स्थानीय नीलहरि दाहालले सुनाए । ‘समितिमा बस्नेलाई चासो छैन, उपभोक्ता एक्लै कुदेर नहुने,’ उनले भने । सोही वनको बाघचाल, च्याउँकोट, कात्तिकेलगायत स्थानमा भने डढेलो लागिरहेको छ । सबै स्थानमा सडक पहुँच नभएकाले वारुणयन्त्र जान सक्दैन ।



    चार दिनअघि खाडीखोला सामुदायिक वनमा लागेको डढेलोले सदरमुकाम नै उज्यालो बनाएको थियो । काठ बिक्री र उपभोक्तालाई चाहिने समयमा हारालुछ भए पनि डढेलोमा वास्ता नगरिँदा वन नासिँदै गएको स्थानीय प्रवीण हायूले चिन्ता व्यक्त गरे ।



    हावाहुरीको मौसमसँगै सदरमुकामका सबैजसो सामुदायिक वनमा साताअघिदेखि व्यापक डढेलो छ । वरिपरिका स्थानीय त्रस्त छन् । च्याउकोट, कोप्चेखोला, खाडीखोला, सरस्वतीलगायत दर्जनौं सामुदायिक वनमा आगो लागेको छ ।



    घाँस फस्टाउने लोभमा गोठाला तथा घाँसीहरूले नै आगो सल्काइदिने गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हितलाल श्रेष्ठ सदरमुकाम आसपासका सामुदायिक वनमा डढेलो व्यापक देखिएको बताउँछन् ।



    डढेलोका कारण वन क्षेत्रका साना बिरुवा र बहुमूल्य जडिबुटी समेत नष्ट भएका छन् । डढेलोको धुवाँले बस्ती ढाकिने र मानिसलाई समेत आँखा पोल्ने समस्या देखिन थालेको स्थानीयको भनाइ छ । डढेलोको धुवाँले हुस्सु लागेजस्तो हुने गरेको सन्तोष शर्माले सुनाए । ‘हुस्सु लागेजस्तै देखिएको छ, वल्लो गाउँबाट पल्लोगाउँ राम्ररी देखिएको छैन,’ उनले भने, ‘डढेलो लगाउनेलाई उपभोक्ता समिति र वन कार्यालयले कारबाही नगर्दा झन् मलजल पुगेको छ ।’



    डढेलोले संरक्षित साल तथा अन्य जातका रूख, वनस्पति, चराचुरुंगी र जीवजन्तुलाई प्रत्यक्ष असर गर्ने डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाको चुरे क्षेत्र र महाभारत क्षेत्रमा समेत डढेलो लागेको प्रस्टै देखिन्छ । डढेलो नियन्त्रणका लागि लाखौं बजेट जिल्लाका दुईवटै वन डिभिजन कार्यालयमा आउँछ तर त्यो तालिम र गोष्ठीमै सीमित भएको उपभोक्ताको आरोप छ ।



    ‘बजेट आए पनि समयमा सचेतना तथा नियन्त्रणका कार्यक्रम नहुँदा सालिन्दा वनक्षेत्रमा आगलागी भइरहेको छ,’ च्याउकोटका अर्जुन दाहालले भने, ‘पानी पर्ला र आफैं डढेलो नियन्त्रण होला भनेर वनका कर्मचारी धुप हालेर बसेका छन् ।’



    डढेलोको खबर आउनासाथ नियन्त्रणमा लिन सम्बन्धित वन समूह तथा कर्मचारीलाई निर्देशन दिइएको सिन्धुली वन डिभिजन कार्यालय प्रमुख नारायण श्रेष्ठले बताए । ९० प्रतिशत डढेलो नियन्त्रणमा लिन सफल भएको उनको दाबी छ ।



    जिल्लाका ९ वटा स्थानीय तहमध्ये कमलामाई र दुधौली नगरपालिका, मरिण र हरिहरपुरगढी गाउँपालिकामा चुरे वन पर्छ । ‘चुरेमा लागेको डढेलो निभाउन झन् कसैले प्रयास गर्दैन,’ कमलामाई–१३ रानीवासका पुजन बख्रेलले भने, ‘सामुदायिक वनमा त चासो हुन छोडिसक्यो, चुरेमा डढेलो लागेको कसले देख्ने ?’



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑