• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    को हुन् एकाएक चर्चामा आएका जालिम मुखिया ?

  • वीरगंज संजाल
  • Apr 12, 2020, 5:30 am
  • ४५४१

    वीरगन्ज | राजनीतिमा चासो राख्ने पर्साका जनताका लागि जालिम मुखिया नौलो नाम होइन । तर, शुक्रबार मध्यान्हदेखि भने तिनै जालिम मुखिया एकाएक भारतीय च्यानलको ‘बडी खबर’ बने ।

    भारतका अधिकांश टिभी न्युज च्यानलले नेपाल पर्साका जालिम मुखियाले ४०/५० जना कोरोना संक्रमितलाई भारतमा पठाउने षडयन्त्र गरेको भन्ने समाचार प्रमुखताका साथ प्रसारण गरि रहे। न्युज १८ च्यानलले त समाचार उजागर भएपछि जालिम मुखियालाई प्रहरीले पक्राउ नै गरिसकेको भन्दै आफ्नो समाचारको प्रभावबारे दर्शकलाई बताइरहेको थियो। त्यसबेलासम्म यता सामाजिक सञ्जालमा पनि जालिम मुखिया भाइरल भइसकेका थिए।



    भारतीय न्युज च्यानलले सीमा सुरक्षा बल(एसएसबी) को एउटा चिठीको आधारमा दिनभरि प्रशारण गरेको जालिम मुखिया बारेको समाचारलाई भारत बिहार राज्यका डिजिपी गुप्तेश्वर पाण्डेयले खन्डन गरेका छन्।



    ‘एसएसबीको चिठीलाई लिएर हंगामा मच्चाउन जरुरी छैन्,’ जीन्युज च्यानलसँग उनले भनेका छन्, ‘उक्त चिठी भेरिफाइड छैन। एसएसबीले चिठी लेखेदेखि अन्तराष्ट्रिय सीमा पुरै सिल्ड गरिएको छ, त्यसपछि कुनै नयाँ कुरा भएको पाइएको छैन।’



    भारतीय न्युज च्यानल टिभी ९ का संवाददातालाई पनि डीजीपी पाण्डेयले ‘तपाईहरु जसरी षड्यन्त्र भनेर सनसनी मच्चाइरहनु भएको छ, मलाई यस्तो षडयन्त्र लागेको छैन’ भनि प्रस्ट पारेका छन्।



    के थियो एसएसबीको चिठीमा?



    एसएसबीको ४७ औँ बटालियनका कमान्डेन्टले गत चैत २१ मा बिहार पश्चिमी चम्पारणका डिस्ट्रीक मेजिस्ट्रेट र एसपीलाई पत्राचार गरि आफ्नो विश्वसनीय स्रोतबाट आएको सूचनाअनुसार नेपाल पर्सा जगरनाथपुरका जालिम मुखियाले भारतमा कोरोना फैलाउने योजना बनाइरहेको जानकारी गराएका छन्। उनी (जालिम) नेपालबाट भारतमा हतियार र नक्कली भारतीय रुपैयाँको तस्करीमा समेत संलग्न रहेको उल्लेख गर्दै पत्रमा भनिएको छ, ‘लकडाउनको समयमा जालिमले विभिन्न मुस्लिम देशमा काम गरिरहेका भारतीय मुस्लिमलाई नाका कटाउने जिम्मा लिएका छन्।’





    स्रोतको हवाला दिँदै उक्त पत्रमा करिब २ सय भारतीय मुस्लिमसँगै ५/६ जना पाकिस्तानी नागरिकसमेत काठमाडौँ हुँदै नेपाल प्रवेश गरिसकेको र उनीहरु हाल चन्दनवर्षा र खैरहवाको मस्जिद/मदर्सामा बसिरहेको उल्लेख गरिएको छ। पत्रमा स्रोतलाई उद्धृत गर्दै ४०/५० जना बढी शंकास्पद भारतीय मुस्लिम शुक्रबार (चैत २१) आइपुग्ने र अगामी दिनमा पनि भित्रिने बढी सम्भावना रहेको लेखिएको छ।



    चैत २५ मा पश्चिम चम्पारण बेतिया क्लोक्टोरेट कार्यालयले एसएसबीको पत्रलाई संलग्न गर्दै बेतिया र बगहाका एसपी अनुमंडल पदाधिकारी र सीमावर्ती गाउँ मैनाटाँड र गौनाहका प्रखण्ड विकास पदाधिकारीलाई नेपाल भारत सीमामा यथेष्ट सर्तकता अपनाई कुनै पनि प्रकारको संदीग्ध गतिविधिमाथि कडाईका साथ निगरानी गर्न अनुरोधसमेत गरेको छ। यही पत्रको हावाला दिँदै भारतीय मिडियाले जालिम मुखियालाई शुक्रबार मध्यान्हदेखि रातिसम्म एउटा अपराधीको रुपमा प्रस्तुत गरेका थिए।



    को हुन् जालिम मुखिया?



    भारतीय सुरक्षा अधिकारी र मिडियाले जालिम मुखिया भने पनि उनको नाम चाहिँ जालिम मियाँ हो। पन्चायतकालमा गाउँको प्रधानपञ्चमा बिजयी भएकाले उनको नाममको पछाडि मुखिया थरकै रुपमा झुन्डियो। वीरगन्जबाट करिब ३० किलोमिटर उत्तर पश्चिममा रहेको जगरनाथपुर निवासी ६१ वर्षीय जालिम मियाँ जगरनाथपुर गाउँपालिकाका प्रमुख हुन्। स्थानीय तहको निर्वाचनमा उनी तत्कालीन माओवादी केन्द्रबाट निर्वाचीत भएका हुन्।



    २०३५ मा पन्चायतकालमा भएको गाउँ पञ्चायतको चुनावमा जालिम मियाँ प्रधानपन्चमा विजयी भएका थिए। त्यसबेलादेखि नै गाउँघरमा बोलाउने जालिम ‘मुखिया’ नै उनको परिचय बन्यो। उनका समकक्षी अन्य मुखियाका अनुसार पन्चायतकालमा जालिम वन कटानमा बढी संलग्न हुन्थे। जानकारका अनुसार तत्कालीन राजा महेन्द्र हेटौंडा सवारी भएको बेला पर्साका केही मुखियाहरु जालिमको विरुद्धमा डेलिगेसनसमेत गएका थिए।



    ०३७ सालतिर उनको गाउँमा छापामारी हुँदा ४० वटा टायर (बयलगाडा) मा लोड भएको काठ बरामद भएको थियो। पन्चायतको अन्त्यतिर जालिममाथि वन मुद्दासमेत दर्ता भएको थियो। जिल्ला अदालत हुँदै सर्वोच्चसम्म चलेको उक्त मुद्दामा जालिम माथि २ महिना कैदको सजाय समेत भएको थियो।



    बहुदल आएपछि जालिम कांग्रेस प्रवेश गरे। क्षेत्रीय सदस्य हुँदै कांग्रेस महाधिवेशन प्रतिनिधीसमेत भए। स्थानीय तहको चुनावमा कांग्रेसबाट उनका भाई सलिम मन्सुर (मोसालिम मुखिया) ले टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिई ६५ भोटले जितेका थिए। कांग्रेसबाट टिकट पाएका जालिम जिल्ला विकास समितिको सदस्यमा बिजय भएका थिए। कांग्रेसमा उनी पूर्व गृहमन्त्री खुमबहादुर खडका निकट मानिन्थे।



    ०६२/६३ को जनअन्दोलनका क्रममा जिल्लाका अन्य नेतासँग पक्राउ परे पनि प्रहरीले जालिमलाई पुरानो वन मुद्दाको फरार अभियुक्तको रुपमा अदालतमा पेश गरी कारागार पठाएको थियो। पहिलो संविधान सभापछि प्रधानमन्त्री बनेका प्रचण्डबाट टिका लगाएर जालिम माओवादी प्रवेश गरे। पार्टी प्रवेश गराउन तत्कालीन प्रधानमन्त्री प्रचण्ड हेलिकप्टरमा जगरनाथपुर पुगेका थिए। तत्कालीन माओवादीको उनी केन्द्रीय सल्लाहकार समेत भए।



    शुक्रबार भारतीय सञ्चारमाध्यममा लगातार आफूविरुद्ध आएको समाचारलाई जालिमले तथ्य प्रमाणबिना विरोधीको षड्यन्त्रको रुपमा लिएका छन्। ‘एउटा गिरोह सक्रिय छ जसले मलाई बदनाम गर्न खोजिरहेको छ,’ कान्तिपुरसँग उनले भने, ‘त्यही गिरोह भारत र नेपालको सम्बन्ध बिगार्नसमेत लागेको छ।’



    भारतीय मिडियाले लगाएको आरोप प्रमाणित गर्न पनि उनले चुनौती दिए। ‘कोरोना भाइरस उत्पादन गर्ने फ्याक्ट्री मैले राखेको छैन्,’ जगरनाथपुर गाउँपालिका प्रमुख जालिमले भने, ‘यो पूर्णरुपले गलत समाचार हो। यहाँको जनता र प्रशासन मेरो साथमा रहेकाले मलाई कुनै टेन्सन छैन।’



    विगतमा पनि कुनै गलत काम आफूले नगरेको उनले दाबी गरे। ‘म त पन्चायतकालदेखि नै जनतामा हिरो छु,’ उनले भने, ‘राजनीतिक रोटी सेक्ने विरोधीको आरोप मात्र हो।’



    स्थानीयका अनुसार जालिम मुखिया आफैं पनि जमाती हुन्। धार्मिक प्रवचनका लागि आउने जमातीका लागि उनले अगाडि सरेर सहयोग गर्दै आएका छन्। गत चैत १९ मा पर्सा प्रहरीले जगरनाथपुरको मस्जिदमा रहेका १५ जना नेपाली मुस्लिम धार्मिक गुरुलाई वीरगन्जको क्वारेन्टाइनमा ल्याउन खोज्दा जालिम मुखियाले आफ्नै गाडीमा राखेर वीरगन्जसम्म पुयाएका थिए। सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएका उनीहरुको स्वाब परिक्षणमा नेगेटिभ आएपछि घर पठाइएको थियो।



    पछिल्लो समय भारतीय मिडिया र सुरक्षाकर्मीले लगाएको आरोपमा कुनै सत्यता नरहेको जगरनाथपुरका सहरुम राउतले बताए। पर्साका एसपी गंगा पन्तले बोर्डरमा कसैले वारपार गर्न नपाउन भन्ने उद्देश्यका साथ निगरानी बढाएको बताइन्। उनले जालिम मुखियाबारे समकक्षी भारतीय प्रहरीबाट कुनै किसिमको सूचना नआएको खुलाइन्।


    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान
  • वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन
  • अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ
  • तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान

    वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो

    जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल

    तीन दशकपछि फेरि चलायमान बन्दै हेटौँडा कपडा उद्योग

    बागमतीका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान

    वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो

    जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान

    News

    वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन

    News

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    News

    तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो

    News

    जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑