भारतीय क्वारेन्टाइनमा नेपालका साँसद यादव पुगेपछि……
वीरगंज संजाल
२६ चैत्र २०७६, बुधबार २२:५०
३५२७
भारतीय क्वारेन्टाइनमा नेपालका साँसद यादव पुगेपछि…… वीरगन्ज, कोराना (कोभिड–१९) भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लागु गरेको लकडाउनका कारण सिमापारी भारतमा रोकिएका नेपालीहरुको अवस्था बुझ्न बुधवार पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदीप पादव त्यहाँ पुगेका छन् । उता भारतमा पनि लकडाउन रहेकोले सिमामा आवतजावत पुर्ण रुपमा अवरुद्ध भएपछि मानिसहरु आउन वा जान पाएका छैन । दुबैतर्फ लकडाउनभएपछि नेपालबाट भारतीय भुमीमा रहेका नागरिकलाई गएर भेंटेका एकमात्र जनप्रतिनि हुन । रक्सोलस्थित हजारी मल उच्च माध्यमिक बिद्यालयमा त्यहाँको स्थानीय प्रसाशनले क्वारेन्टाइन स्थापना गरेको छ । त्यहाँ २५ जनालाई राखिएकोमा १५ जना नेपाली नागरिक हुन । उनीहरुलाई त्यहाँ बस्ने, खाने, नियमित स्वास्थ्य जाँचलगायतको सुबिधा उपलब्ध गराइएको छ । रक्सोलस्थित क्वारेन्टाइनमा बसेकाहरुलाइ प्रत्येक जनालाई एउटा खाट, त्यसमा बिछ्यौना, ओढ्ने र झुलको ब्यवस्था गरेको देखियो । बिहान बेलुका खाना र र खानाको समेत प्रबन्ध रहेको उनीहरुले जानकारी गराए । त्यसतै त्यहाँस्थित सरकारी अस्पताका डाक्टर शरदचन्द शर्माको नेतृत्वमा मेडिकल टिम समेत खटाइएको छ । रुकुम आठजितकोठ गाउँपालिका घर भएका प्रजित नेपाली मार्च ३१ का दिन रक्सोल सिमामा आइपुगेका थिए । उनीसंग अरु १३ जना रहेका छन । अर्को एक जना पटनास्थित होटेलमा काम गर्ने २ युवाहरु पनि त्यहाँ आइपुगेका छन् । भारतीय प्रसाशनले नै यातायातको ब्यवस्थागरी सिमामा उनीहरुलाई ल्याएर पुर्याइदिएको थियो । त्यसपछि उनीहरु क्वारान्टाइनमा बसिरहेका छन् । साँसद यादवले त्यहाँ रहेका नेपालीहरुसंग भलाकुसारी गरेका थिए । साँसद यादवले उनीहरु सकुशल रहेको जानकारी घर परिवारससम्म पुर्यादिने बताएपछि क्वारेन्टाइनमा रहेका नेपाली खुसी भएका थिए । सम्पर्क नम्बर लगाउत बिवरण उनीहरुले नेपाली साँसदलाई दिन पाउदा हर्षित देखिए । ‘नेपाल सरकारलाई र हामी सबैलाई भारतमा बसेका नेपालीहरुको चिन्ता छ, अहिले बिशेष परिस्थिती भएको हुनाले जो जहाँ छ त्यही सुरक्षित रुपमा बस्न बाध्यता छ,’ साँसद यादवले भने, ‘समान्य अवस्था हुने बितिकै तपाइहरु आ आफ्नो ठाउँमा जान पाउनु हुनेछ ।’ उनीहरुले यहाँ बसाई सुबिधापुर्ण रहेको र कुनै असहजता नभएको प्रतिक्रिया दिए । साँसद यादवले क्वारेन्टाइनमा रहेकाहरुलाई आफुनोतर्फबाट सेनिटाइजर, मास्क, फलफुल, चिउरा, बिस्कुट, बिकाजी भुजिया, जुस र खानेपानी लगायत सामग्री आफ्नोतर्फबाट दिएका थिए । उक्त अवसरमा एसएसबिका कमान्डेन्ट राजकुमार कुमावत, प्रखण्ड बिकास पदाधिकारी कुमार प्रशान्त, रक्सोल नगर कार्यपालिकाका अधिकृत गौतम आनन्द, भुमी उपसम्हारता मनिस कुमार लगायतको उपस्थिती रहेको थियो ।