• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    लक डाउनको पाँचौ दिन : बारा (फोटोफिचर)

  • वीरगंज संजाल
  • १५ चैत्र २०७६, शनिबार १६:५१
  • ४१९३

    सिमरा | कोरोनाको संक्रमण फैलन नदिन सरकारले जारी गरेको ‘लकडाउन’ ले बाराको अधिकांश क्षेत्र ठप्पजस्तै छ । जिल्लाको जीतपुरसिमरा, निजगढ, कलैया, परवानीपुरलगायतका क्षेत्रमा छिटपुट बाहेक यातायात, उद्योग, होटल र बजार क्षेत्र बन्द छन् ।

    अस्पताल, औषधि, तरकारी, डेरी, खाद्यान्नका पसल खुलेका देखिन्छन् । त्यसबाहेक अन्य क्षेत्र सञ्चालनमा आउन नदिन प्रहरी परिचालित छ । निर्णयलाई अटेर गरी खुलेका पसल बन्द गराउन प्रहरीसँगै जनप्रतिनिधि हिँडिरहेका छन् । अत्यावश्यक कामबाहेक सडकमा गुडेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ।

    सडकमा झोला बोकेर फाट्टफुट्ट पैदल यात्रु हिँडिरहेका भेटिन्छन् । ‘लकडाउन’ ले यातायात ठप्प भएपछि सर्वसाधारण पैदल नै घर फर्कने गरिहेका छन्। ‘लकडाउन’ को अर्थ जहाँ छौ त्यही बस्नु हो, तर सर्वसाधारणलाई घर पुग्न हतारो देखिन्छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन प्रहरी प्रशासनले अनुरोध गरेपनि विभिन्न सहरबाट हिडेर सर्वसाधारण घर फर्किरहेका छन् ।

    राजमार्गमा एम्बुलेन्स, दमकल, प्रेस, इन्धन, दूध, तरकारी, फोहोर र प्रशासनबाट अनुमति प्राप्त सवारीसाधान मात्रै संचालनमा छन् । एकअर्काबीचको सम्पर्क घटाउन सरकारले गरेको लकडाउन निर्णय कार्यान्वयन गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी राजमार्गमा खटिएका देखिन्छन् । अटेर गरी हिड्ने सवारी साधन र नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरिरहेको बाराका प्रवक्ता गौतम मिश्रले बताए । 

    लकडाउनमा पर्खालबाट नियाल्दै स्थानीय। 

    घरघरमै उपभोग्य सामान

    लकडाउनले बजार क्षेत्र बन्द भएपछि जीतपुरसिमरा उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयले दैनिक उपभोग हुन्ने खाद्यान्न वस्तु नागरिकको घरमै पुग्ने ब्यवस्था मिलाएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका प्रत्येक वडामा एउटा सानो सवारी साधनलाई अनुमति पत्र उपलब्ध गराएर नागरिकको घरमा सामान पुर्‍याउने व्यवस्था मिलाइएको हो । 

    पैदल हिडेर घरतर्फ जादै सर्वसाधारण । 

    नागरिकले उक्त सवारी साधनका चालकलाई फोन गरेर आफूलाई आवश्यक सामान मगाउन सक्ने गरी ब्यवस्था मिलाएको ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैह्रेले जानकारी दिए । ‘जनप्रतिनिधि र प्रहरीसंगको सल्लाहमा एउटा गाडीको ब्यवस्थापन गरेका छौ । उक्त गाडीले नागरिकको घरमै सेवा दिनेछ’ उपसचिव गैह्रेले भने ‘यसो गर्नाले नागरिकलाई सामानको अभाव हुदैन र संक्रमणको जोखिम समेत कम हुन्छ ।’

    जिल्लाको अन्य क्षेत्रमा स्थानिय तह र प्रहरीबीचको समन्वयमा नागरिकलाई दैनिक उपभोग्य वस्तु खरिद गर्ने व्यवस्था  मिलाइएको छ ।

    उद्योग कलकारखाना ठप्प
    लकडाउनपछि पथलैया-वीरगन्ज औद्योधिक करिडोरका अधिकांश उद्योग ठप्प छन् । मजदुरको भीडभाड बढी हुने भएका कारण उद्योगलाई पनि ठप्प पारिएको हो । खाद्यान्न, ग्यास, तेल उत्पादन गर्ने उद्योग वाहेक अन्य उद्योग संचालनमा आउन नदिन प्रहरीले निगरानी गरिरहेको छ । सयौं मजदुरको भीडभाड हुने र जोखिम बढ्ने भएको हुँदा प्रहरी परिचालन गरेर निगरानी बढाइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले जानकारी दिए ।

    सरकारको निर्णय अटेर गरी संचालनमा रहेका केही उद्योगलाई प्रहरीले बन्द गराएको छ । उद्योग बन्द भएपछि दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउने मजदुर भने समस्यामा परेका छन् ।

    टोलटोलमा बाटो बन्द

    लकडाउन मानिसको आवतजावत नरोकिएपछि जिल्लाका विभिन्न स्थानमा नागरिक आफै सचेत देखिएका छन् । बाहिरी मानिसको आवागमन रोक्न स्थानियले आफ्नो टोल सुरक्षित राख्न बाटो बन्द गर्न थालेका छन्।

    जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा, डुमरवानालगायतका क्षेत्रमा स्थानियले बाटो बन्द गरेको देखिन्छ । जिल्लाका अन्य स्थानमा पनि स्थानियहरुले बाटो बन्द गर्न थालेका छन् । संक्रमणलाई फैलन नदिन र आफ्नो टोलका नागरिक जोगिनका लागि सामुहिक निर्णय गरेर बाटो बन्द गरेर घरभित्र बस्न थालिएको सिमराका दीपक थापाले बताए ।

    जनप्रतिनिधि कोरोना उपचार केन्द्र बनाउँदै 

    कोरोनाको सम्भावित जोखिम बढ्न नदिन बाराका सबै स्थानियले तहले आफ्नो क्षेत्रमा कोरोना संक्रमण उपचार केन्द्र बनाइ रहेका छन् । जिल्लामा पहिलो पटक तयारी थालेको जीतपुरसिमरा उपमहानगरपालिकाले एक सय बेडको क्वारेन्टाइन र आइसोलेशन केन्द्र तयार गरेको छ । अस्पताल बनाउन उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानिय खटिएका थिए । 

    एक दशक भन्दा बढी समयदेखी बन्द अवस्थामा रहेको जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित गार्मेन्ट उद्योगको भवनमा उपमहानगरले अस्पताल तयार गरेको हो । अस्पताल निर्माणमा सेना, प्रहरी, सशस्त्र प्रहरीसहित राजनितिक दल, उद्योगकारखाना, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ, होटल तथा पर्यटन ब्यवसायी संघलगायत विभिन्न सामाजिक संघसंस्थाले सहयोग गरेको नगर प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिए । अस्पतालमा नगर र सेनाको चिकित्सक टोली बस्ने डा. पौडेलले बताए ।

    यसैगरी निजगढ, कोल्हबीसहित विभिन्न स्थानीय तहले उपचार केन्द्र बनाउने कामलाई तिब्रता दिएका छन् । आफ्नो क्षेत्रमा पूर्वतयारीसहित उपचार केन्द्र बनाउन जनप्रतिनिधि र स्थानीय सचेत देखिएका छन् ।

    राजमार्गमा खटिएका प्रहरी । बाराको सिमरामा स्थानीयले टोल प्रवेशमा रोक लगाउन लगाएको बार । माथिमा सबै तस्बिर : दिवाकर भण्डारी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑