• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    यस्ता छन् कोरोना उपचार र ल्याब परीक्षणका विषयमा स्वास्थ्य मन्त्रालयले गरेको १५ बुँदे निर्णय

  • वीरगंज संजाल
  • ८ चैत्र २०७६, शनिबार ०५:२०
  • ५६५७

    विरगंज | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको फैलावट पत्ता लगाउन परीक्षणको दायारलाई बढाउने देखि उपचारका विषयमा १५ बुँदे निर्णय गरेको छ।मन्त्रालयमा शुक्रबार भएको छलफलले परीक्षणका दायरलाई काठमाडौं बाहिर पनि विस्तार गर्ने, अस्पतालहरुमा ज्वरो क्लिनिक सञ्चालन गर्नुपर्ने, इन्फ्लुएन्जाका बिरामीलाई आइसोलेसनमा राखेर उपचार गर्ने, कोरोना उपचारको प्रोटोकल बनाउने लगायतका निर्णय गरेको छ।

    मन्त्रालयले वीर अस्पताल, धुलिखेल अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि कोरोनाको परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको हो। यसका साथै टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २० हजार जनाको परीक्षण गर्नसक्ने व्यवस्था पनि गर्ने निर्णय गरेको छ।कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर तथा स्वास्थ्यकर्मीलाई अस्पतालहरुले छुट्टै आवासको व्यवस्था गर्नुपर्ने विषयमा पनि मन्त्रालयले निर्णय गरेको छ। कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मी घरमा जाँदा परिवारका सदस्यमा संक्रमण फैलन सक्ने खतरा रहेको भन्दै मन्त्रालयले अस्पतालहरुलाई छुट्टै आवासको व्यवस्था गर्न भनेको हो।

    कोरोनाको परीक्षण र उपचारका विषयमा मन्त्रालयले गरेका १५ बुँदे निर्णय

    १.    COVID-19 को समुदायमा फैलावटको अवस्था पत्ता लगाउन Diagonostic Test को दायरालाई बढाई यस अगाडीका criteria हरूका अतिरिक्त Older Age Group का शंकास्पद व्यक्ति, अन्य रोगबाट प्रताडित जोखिममा रहेका बिरामी र संभावित संक्रमणको आशंका लागेका स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकतामा राखी Sample Test गर्ने व्यवस्था मिलाउन सबै सम्बन्धित अस्पताल तथा प्रयोगशालाहरुलाई निर्देशन दिने।

    २.    १००(एक सय) बेड भन्दा माथीका सबै अस्पतालहरुलाई Fever clinic संचालन गर्न यस पूर्व नै निर्देशन दिईसकेको हुँदा उक्त क्लिनिकहरु प्रभावकारी रुपमा संचालन भए नभएको सम्बन्धि अनुगमन समितिले अनुगमन गरी मन्त्रालयमा अध्यावधिक गराउने।

    ३.    COVID-19 को समुदायमा फैलावटको अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कम्तिमा २०,०००।-(बीस हजार) Sample Test को लागी तयारी अवस्थामा राख्ने र आवश्यकता अनुसार परीक्षण गर्ने व्यवस्था मिलाउने।

    ४.    COVID-19 को शंकास्पद व्यक्तिहरुको परीक्षणको लागि नमूना संकलन गर्ने, अन्य प्रयोगशालाहरुमा Sample पठाउँदा पुयाउनुपर्ने विधि लगायतको विषयमा समन्वयन गर्ने प्रयोजनका लागी सबै अस्पतालहरुले प्रयोगशालासँग सम्बन्धित एकजना व्यक्तिलाई Focal Person तोकी निजको नाम, सम्पर्क नं. र Email ID सहितको विवरण ३ दिन भित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन सबै अस्पताललाई निर्देशन दिने। संकलित नमुना पठाउँदा विरामीलाई नपठाई नमूना मात्र NPHL को तोकिएको protocol अनुसार पठाउने ।

    ५.    कुनै पनि अस्पतालमा Influenza Like Illness भएका अथवा COVID-19 को शंकास्पद बिरामी आएमा निजलाई तत्काल अन्य अस्पताल प्रेषण नगरी आफ्नै अस्पतालमा Isolation मा राखी उपचार गर्ने र परीक्षणको लागि नमूना NPHL मा पठाउने । नमूना परीक्षण Positive आएमा अन्यलाई नसर्ने व्यवस्था मिलाई तोकिएको अस्पतालहरूमा प्रेषण गर्ने ।

    ६.    COVID-19 को Sample Test गर्न योग्य ठहरिएका बीर अस्पताल, धुलिखेल अस्पताल, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई तत्काल परीक्षण शुरु गर्न निर्देशन दिने र यसको लागि NPHL ले सहजीकरण गर्ने ।

    ७.    COVID-19 को पहिचान, रोकथाम, परीक्षण तथा उपचार सम्बन्धमा NMC समेतको सहभागीतामा एक राष्ट्रिय Protocol/Guideline तयार गरी प्रयोगमा ल्याउने ।

    ८.    Isolation ward हरूको व्यवस्थापन गर्न COVID-19 Designated अस्पतालहरुमा ICU को व्यवस्थापन गर्न critical Care सम्बन्धी विशेषज्ञ चिकित्सक, नर्स, तथा अन्य स्वास्थ्य कर्मीहरुको Roster तयार गर्न critical Care Society लाई अनुरोध गर्ने ।

    ९.    COVID-19 बाट सङ्क्रमित कुनै बिरामि ICU मा रहेको अवस्थामा निजलाई Dialysis समेत आवश्यक पर्ने भएकाले कम्तिमा एकवटा Dialysis Machine र आवश्यक जनशक्ति बीर अस्पतालले तत्काल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा पठाउने ।

    १०.    COVID-19 को पहिचान, परीक्षण, उपचार र रोकथामको लागी आवश्यक पर्ने अत्यावश्यक सामाग्रीहरुको स्वास्थ्य सेवा विभागले सूची तयार गरी परिणाम समेत उल्लेख गरी उक्त सामाग्रीहरु उपलब्ध गराइदिन मन्त्रालयमार्फत नेपालमा रहेको चिनियाँ राजदुतावासलाई अनुरोध गर्ने।

    ११.    COVID-19 को शंका लागी अस्पतालमा Isolation मा राखिएका बिरामी तथा निजका आफन्तहरुले Isolation मा नराख्न तथा तत्काल घर पठाउन अस्पताल प्रशासन तथा सम्बन्धित चिकित्सकहरुलाई दबाब दिने हुँदा उक्त अस्पतालहरुमा सुरक्षा चुनौती हुनसक्ने भएकाले त्यस्तो अस्पतालहरुमा सुरक्षाको प्रबन्ध गरिदिन गृहमन्त्रालयलाई अनुरोध गर्ने ।

    १२.     CovID-19 को शंकालागी अस्पतालको सम्पर्कमा आएका तर अस्पतालले शंकास्पद नठानेका बिरामीलाई अस्पतालले निजको आफ्नै घरमा Quarantine मा बस्न पठाउने र सो पठाउँदा बिरामीको सम्पर्क विवरण पूर्ण रूपमा लिई Quarantine मा बस्दा अपनाउन पर्ने सावधानी बारे लिखित रूपमा जानकारी गराउने । सो विवरण अस्पतालहरूले मन्त्रालयलाई नियमित रूपमा उपलब्ध गराउने।

    १३.    काठमाडौं उपत्यकाका ५० सैया र सो भन्दा माथिका अस्पतालहरूलाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सम्बन्धि सेवाहरु आउँदो चैत्र मसान्तसम्मका लागि बन्द गर्न निर्देशन दिने।

    १४.    COVID-19 को शंकास्पद बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु घर जाँदा घरमा रहेका बृद्धबृद्धा तथा केटाकेटीहरुमा जोखिम बढ्ने भएकाले त्यस्ता स्वास्थ्यकर्मीहरुले चाहेमा निजहरुलाई सम्बन्धित अस्पतालले छुट्टै आवासको व्यवस्था मिलाउने।

    १५.    COVID-19 को गतिबिधी अद्यावधिकताको लागी तोकिएका Designated अस्पतालहरु र महाशाखाहरूले हरेक दिन ४:३० बजे स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाई(HEOC) मा विद्युतिय माध्यमबाट विवरण अद्यावधिक गराउन निर्देशन दिने र यसको एकमुष्ट विवरण HEOC ले दैनिक अध्यावधिक गर्ने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑