बिरंगन्ज |
आँसु नै आँसुमा हाँस्दै छन् नारी
दुःख नै दुःखमा पनि बाँच्दै छन् नारी।
जन्म पूर्व मार्न खोज्छन्, बाँच्न देऊ नारीलाई
पिरै पिरमा जिउन होइन, हाँस्न देऊ नारीलाई।
चार पर्खालको थुनामा पारी
राख्याछन् आझै कति बुहारी
मन्दिरमा गए शक्ति देवी रे
घर भित्र किन बिचारी नारी?
लेख्छन् सबै नारीको गर्नु पर्छ सम्मान भनेर
रित्तिन्छन् संसार यदि नारीको इज्जत नरहे
अर्थहिन हुन्छन् संसार यदि नारी नै नरहे।
नाम=सोनाली कर्ण
ठेगाना =बिरंगन्ज