• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    वीरगन्जको नाकामा कोरोनाको डरले हेल्थ डेस्क छाडेर भागे स्वास्थ्यकर्मी, पर्साका प्रशासन मौन

  • वीरगंज संजाल
  • २७ फाल्गुन २०७६, मंगलवार १४:३७
  • १२९०९

    Shares

    वीरगन्ज | छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९)का तीन दर्जनभन्दा बढि संक्रमित भेटिसकेको अवस्थामा नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्जमा भने चरम लापरवाही गरिएको छ। भारतको बिहारसँग खुल्ला सीमा जोडिएको वीरगन्जको नाका हुँदै भारतबाट दैनिक १० हजार भन्दा बढि मानिस पैदल र सवारी साधनमा आउजाउ गर्छन्।नेपाल प्रवेश गर्ने हरेक नाकामा उच्च सतर्कता अपनाउन सरकारले निर्देशन पनि दिएको छ। तर नेपालकै मुख्य प्रवेशद्धार वीरगन्जको इनर्वा नाकामा भने सुरक्षा सतर्कतामा लापरवाही गरिएको छ। वीरगन्जको इनर्वा नाका हुँदै भारतीय र विदेशी नागरिकहरु बिना चेकजाँच निर्वाध रुपमा आउजाउ गरिरहेका छन्। कोरोनाको संक्रमण विश्वव्यापी रुपमा फैलन थालेपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा वीरगन्ज महानगरपालिकाले इनर्वा नाकामा माघ अन्तिम सातादेखि हेल्थ डेस्क स्थापना त गरेको छ। तर उक्त हेल्थ डेस्क दुई दिन यतादेखि खाली छ।

    इनर्वा नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य चेकजाच र शरिरको तापक्रम नाप्न हेल्थ डेस्क स्थापना गरि तीन जना हेल्थ असिस्टेण्ट खटाइएको दाबी महानगरपालिकाको छ। तर आइतबारदेखि हेल्थ डेस्कमा खटाइएका स्वास्थ्यकर्मी नै हेल्थ डेक्स छाडेर हिँडेकाले भारतबाट इनर्वा नाका हुँदै भारतीय र अन्य मुलुकका गरि दैनिक हजारौं विदेशी नागरिक बिना चेकजाच निर्वाध रुपमा प्रवेश गरिरहेका छन्।शनिबारसम्म इनर्वाको हेल्थ डेस्कमा खटाइएका स्वास्थ्यकर्मीले नेपाल प्रवेश गर्ने तेश्रो मुलुकका विदेशीलाई रोकेर डिजिल थर्मामिटरले तापक्रम चेकजाच गर्ने गरेका थिए। तर आइबारदेखि भने हेल्थ डेस्क नै स्वास्थ्यकर्मी बिहिन बनेको इनर्वा नाकामा रहेको प्रहरी चौकीका एक प्रहरीले बताए। सोमबार बिहान ११ बजेतिर हेल्थ डेस्क स्थापना गरिएको इनर्वा नाकामा पुग्दा पनि हेल्थ डेस्कमा स्वास्थ्यकर्मी थिएनन्।

    वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले भने कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेका बेला हेल्थ डेस्कमा खटाइएका स्वास्थ्यकर्मी डरले हेल्थ डेस्क छाडेर हिँडेको हुन सक्ने बताए। डेस्कमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि उपकरण वा साधनश्रोत महानगरपालिकासँग नभएको भन्दै नगर प्रमुख सरावगीले भने ,‘सरकारले निर्देशन मात्रै दिएको छ तर हेल्थ डेस्कमा आवश्यक उपकरण र साधनश्रोत भने नदिएका कारण समस्या भएको छ। महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख अरुण महत्तोले भने हेल्थ डेस्कमा दिनमा एक र रातिमा दुई गरि तीन जना स्वास्थ्यकर्मी खटाइएको दाबी गरे।

    होली सकिए लगत्तै हेल्थ डेस्कमा थप चार जना स्वास्थ्यकर्मी खटाइने जानकारी दिँदै उनले भने ,‘ अहिले तेश्रो मुलुकका विदेशी नागरिकलाई मात्र चेकजाच गरेर प्रवेश गर्न दिइएको छ , होली पछि भने वीरगन्ज प्रवेश गर्ने भारतीय नागरिकको पनि चेकजाच गर्ने प्रबन्ध मिलाइन्छ।नाकाको हेल्थ डेस्कमा खटाइएका स्वास्थ्यकर्मी हेल्थ डेस्क नै छाडेर हिँडेको भन्ने विषयमा आफुलाई कुनै खबर नभएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताए। उनले भने ‘अब खबर पाए, यसबारेमा बुझेर महानगरपालिकाका जिम्मेवार शाखाका कर्मचारीलाई तत्कालै हेल्थ डेस्कमा स्वास्थ्यकर्मीलाई खटाउन निर्देशन दिन्छु। कार्कीका अनुसार बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर वीरगन्जको नारायणी अस्पतालमा ५ शैयाको, नेशनल मेकिडल कलेजमा ५० शैयाको र बयोधा हस्पिटलमा ४ शैयाको आइसोलेशन वाड तयारी गरेर राखिएको छ। साभार annapurnapost

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज मंगलवार – ३१ चैत्र २०७७ को राशिफल
  • धेरै पसिना आउनु पनि हृदयघातको लक्षण हुनसक्ने, नगर्नुहोस् नजरअन्दाज
  • अब कागजबाट मोबाइल चार्ज हुने
  • वैज्ञानिकले भ्यागुतोबाट बनाए नयाँ रोबोट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज मंगलवार – ३१ चैत्र २०७७ को राशिफल

    चलचित्र ‘लाल मोहन जी’ मा संगीत भर्दै सन्तोष राज साहनी

    रोग प्रतिरोधात्मक क्षमता बढाउने ५ पेयपदार्थ

    धेरै पसिना आउनु पनि हृदयघातको लक्षण हुनसक्ने, नगर्नुहोस् नजरअन्दाज

    प्रस्तावित नागरिकता विधेयक प्रतिगामी र पितृसत्तात्मक सोचले लिप्त : सांसद् यादव

    अब कागजबाट मोबाइल चार्ज हुने

    वैज्ञानिकले भ्यागुतोबाट बनाए नयाँ रोबोट

    यी देशका भिखारी डिजिटल पेमेन्टमा कारोवार गर्छन् !

    जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग

    अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !

    आज मंगलवार – ३१ चैत्र २०७७ को राशिफल

    चलचित्र ‘लाल मोहन जी’ मा संगीत भर्दै सन्तोष राज साहनी

    रोग प्रतिरोधात्मक क्षमता बढाउने ५ पेयपदार्थ

    धेरै पसिना आउनु पनि हृदयघातको लक्षण हुनसक्ने, नगर्नुहोस् नजरअन्दाज

    अब कागजबाट मोबाइल चार्ज हुने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    आज मंगलवार – ३१ चैत्र २०७७ को राशिफल

    News

    चलचित्र ‘लाल मोहन जी’ मा संगीत भर्दै सन्तोष राज साहनी

    News

    रोग प्रतिरोधात्मक क्षमता बढाउने ५ पेयपदार्थ

    News

    धेरै पसिना आउनु पनि हृदयघातको लक्षण हुनसक्ने, नगर्नुहोस् नजरअन्दाज

    News

    प्रस्तावित नागरिकता विधेयक प्रतिगामी र पितृसत्तात्मक सोचले लिप्त : सांसद् यादव


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑