• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / देश

    आम्दा अस्पताल आफैँ बिरामी हुँदा बन्द हुने अवस्था

  • वीरगंज संजाल
  • २५ फाल्गुन २०७६, आईतवार ११:२७
  • ६२८५

    भद्रपुर | पूर्वोत्तर झापाको १५ श्ययाको आम्दा मेची अस्पताल स्थानीय तह र समुदायको बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ । जापान सरकारले रु ९८ लाख र मेचीनगर नगरपालिकाले रु ५० लाख अनुदान दिएपछि स्थानीय वीरेन्द्र खनाल, नरेन्द्र खनाल र पदमा खनालले प्रदान गर्नुभएको जग्गामा सो अस्पताल निर्माण भएको थियो ।

    आम्दा नेपाल, मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय सम्झौताअनुसार विसं २०६५ मङ्सिर २० गते सञ्चालनमा आएको थियो । सम्झौतामा तीनवटै निकायकोे सहमतिमा अस्पताल सञ्चालन गर्ने भनिएको थियो । तर केही वर्ष नबित्दै समुदाय र सम्झौताका पक्षहरुको बेवास्ताले अस्पताल आफैँ बिरामीजस्तो भएको छ ।

    स्थापनाकालमा मेचीनगर नगरपालिकाको काँकडभिट्टा, धुलावारी, ज्यामिरगढी, दुहागढी, बाहुनडाँगी र धाइजन, बुद्धशान्ति गाउँपालिकाको बुधबारे र शान्तिनगर तथा इलामको रोङ गाउँपालिकाका दुई लाख जनसङ्ख्यालाई भरपर्दो स्वाथ्योपचार सेवा पु-याउने यो अस्पतालको लक्ष्य थियो ।

    साझेदारमध्येको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले स्थानीय सरकारको उपेक्षाले अस्पताल रुग्ण अवस्थामा पुगेको बताउनुहुन्छ । “सहयोगहरु कटौती हुँदै गयो, त्यसैकारण अस्पतालले जनशक्ति व्यवस्थापन र आधुनिक उपकरणसहितको सेवा पु-याउन नसकेको हो”, उनी भन्छन, “भवन, जग्गालगायतको पर्याप्त भौतिक संरचना भएको हुँदा यसलाई फेरि व्यवस्थित गर्ने योजना अघि बढिरहेको छ ।”

    स्थानीय सरकारको भूमिकामा रहेको मेचीनगर नगरपालिकाले अस्पताललाई वार्षिक अनुदान दिन कञ्जुस्याइँ गरेको उनको आरोप छ । मठमन्दिर, सभाहलका नाममा करोडौँ बजेट दिने नगरपालिकाले नगरको गौरवको रुपमा रहेको यो अस्पताल सञ्चालनका लागि वर्षेनी करोडभन्दा बढी अनुदान दिनुपर्ने अध्यक्ष तिम्सिना बताउछन।

    अस्पतालका प्रशासन सहायक प्रमुख उज्ज्वलतारा थापाले स्वास्थ्य जाँचका आधुनिक उपकरण र प्रयोगशालाका सामग्री नभएका कारण विरामी आउन छाडेको जानकारी दिए । केही समयदेखि एक मेडिकल अफिसरसहित तीन स्वास्थ्यकर्मीले अस्पताल धानिरहेको र विगतमा आफैँले सञ्चालन गर्दै आएको फार्मेसी हाल निजी क्षेत्रलाई दिइएको उनले जानकारी दिए । दाताबाट प्राप्त अस्पतालको एम्बुलेन्स पाँच वर्षदेखि बिग्रिएर थन्किएको छ । मर्मत गरेर पनि नचल्ने स्थिति भएको हुँदा कवाडीको मूल्यमा बेच्नुपर्ने अवस्था आएको प्रशासन सहायक प्रमुख थापा बताउछन।

    अस्पतालले आव २०७२÷७३ मा एक हजार १७०, २०७३÷७४ मा एक हजार ८६३, २०७४÷७५ मा ७१८, २०७५÷७६ मा एक हजार ८६५ र चालू आव २०७६÷७७ को माघ मसान्तसम्ममा दुई हजारभन्दा बढीलाई सेवा प्रदान गरेको छ । अस्पतालका सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य आम्दा नेपाल पक्षले स्वामित्व हस्तान्तरण गरेमा नगरपालिका सम्पूर्ण व्ययभार बहन गरेर अस्पताल चलाउन तयार रहेको बताउछन ।

    उनले रुग्ण अवस्थाको मेची आम्दालाई चलायमान बनाउन स्वास्थ्य बीमा कार्यक्रम लागू गरेर अघि बढ्न सकिने विकल्प रहेको जनाउँदै नगरपालिकाको नाममा स्वामित्व हस्तान्तरण भएमा प्रदेश र सङ्घीय सरकारसँग अनुदान मागेर अस्पताल सञ्चालन गर्ने आफ्नो सोच रहेको जानकारी दिए । मेचीनगर–१० धुलाबारीमा फराकिलो परिसरमा रहेको सो अस्पतालमा दुईतलाको भव्य भवन रहेको छ । इमर्जेन्सी, ओपिडी, गाइनो, सर्जरीलगायतका विभिन्न छुट्टै वार्डहरु भएका कारण अस्पताललाई पुनःसञ्चालन गराउन भौतिक पूर्वाधार पर्याप्त हुन्छ । हाल पहिलो तलामा सबै वार्डहरु रहेको र माथ्लो तला पूरै खाली रहेको पाइएको छ ।

    स्थानीय सरकार र सरोकारवाला पक्षहरुले चरम बेवास्ता गरेर अस्पताल बन्द हुने अवस्थामा पु¥याएको भन्दै दाता परिवारले चिन्ता प्रकट गरेका छन् । दाता परिवारका सदस्य लीला खनालले राम्रो अस्पताल बन्ने र लाखौँ झापावासीले स्तरीय उपचार पाउने विश्वासका साथ दाताले करोडौँ मूल्य पर्ने जग्गा दानमा दिएको स्मरण गराउँदै अहिले बेवारिसे अवस्थामा पु-याएको देख्दा दुःख लागेको बताए । उनी प्रदेश र सङ्घीय सरकारको समेत यसमा ध्यान जानुपर्ने बताउछन ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • काठमाडौंको बालुवाटारमा लागेको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १० दमकल प्रयोग, पाँच करोडको क्षति
  • पतिसँग सुतिरहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो
  • नुपूर शर्माको समर्थन गरेको भन्दै भारतमा एक पुरुषको हत्या, दुईजना पक्राउ
  • सुनको मूल्य बढ्यो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काठमाडौंको बालुवाटारमा लागेको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १० दमकल प्रयोग, पाँच करोडको क्षति

    पतिसँग सुतिरहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो

    नुपूर शर्माको समर्थन गरेको भन्दै भारतमा एक पुरुषको हत्या, दुईजना पक्राउ

    सुनको मूल्य बढ्यो

    काठमाडौंमा आगलागी, महानगरको दमकलले काम नगरेपछि प्रहरीको दमकल झिकाइयो

    श्रीलंकामा अत्यावश्यक बाहेकका सवारी साधनलाई पेट्रोल बिक्री बन्द

    काठमाडौंमा लागेको आगो अझै नियन्त्रणमा आएन

    जनकपुरमा दुई दिनदेखिको वर्षाका कारण जनकपुरधाम जलमग्न

    लगातार वर्षाका कारण डुबानको समस्याले विराटनगरका विद्यालय बन्द

    असार १५ मा किन खाइन्छ दही चिउरा ? यस्तो छ यस्को महत्व हेर्नुहोस्…

    काठमाडौंको बालुवाटारमा लागेको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १० दमकल प्रयोग, पाँच करोडको क्षति

    पतिसँग सुतिरहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो

    नुपूर शर्माको समर्थन गरेको भन्दै भारतमा एक पुरुषको हत्या, दुईजना पक्राउ

    सुनको मूल्य बढ्यो

    काठमाडौंमा आगलागी, महानगरको दमकलले काम नगरेपछि प्रहरीको दमकल झिकाइयो

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    काठमाडौंको बालुवाटारमा लागेको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १० दमकल प्रयोग, पाँच करोडको क्षति

    News

    पतिसँग सुतिरहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो

    News

    नुपूर शर्माको समर्थन गरेको भन्दै भारतमा एक पुरुषको हत्या, दुईजना पक्राउ

    News

    सुनको मूल्य बढ्यो

    News

    काठमाडौंमा आगलागी, महानगरको दमकलले काम नगरेपछि प्रहरीको दमकल झिकाइयो


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑