• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    पाल्पामा बजार अनुगमन : सात बर्षअघि नै म्याद सकिएका सामान बेच्दै व्यापारी

  • वीरगंज संजाल
  • Mar 7, 2020, 12:38 pm
  • १३३५७

    पाल्पा | तानसेन नगरपालिकाले बजारमा छड्के अनुगमनलाई तीव्र पारेको छ। यसअघि प्रायः चाडपर्वका समयमा मात्र अनुगमन गरिन्थ्यो। पछिल्लो समयमा भने नगरपालिका भित्र रहेका विभिन्न बजारमा छड्के अनुगमन गर्न थालिएको हो। गुणस्तरहिन, म्याद गुज्रिएका खाद्यवस्तु खान बाध्य भएको उपभोक्ताले पटकपटक गुनासो गरेपछि अनुमगन थालिएको छ। नगरभित्रका ग्रामिण वडामा रहेका बजारमा छड्के अनुगमन थालिएको छ।

    बजारमा आफूहरु ठगिएको ग्रामिण भेगका उपभोक्ताले गुनासो गर्दै आएका छन्। तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेको नेतृत्वमा अनुगमन थालिएको छ। अनुगमन टोलीमा नगरपालिकाका वरिष्ठ अधिकृत, कार्यपालिका सदस्य, खाद्य तथा गुण नियन्त्रण कार्यालय पाल्पाका प्रतिनिधि, उद्योग बाणिज्य संघ, पाल्पा व्यापार संघ, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पत्रकार लगायतको सहभागीता रहेको थियो।  टोलीले तानसेन नगरपालिका–१४ अर्गली र ७ नम्बर वडाको प्रभाससहित तानसेनस्थित बसपार्कमा रहेका किराना पसल, होटल, बेकरी तथा पाउरोटी उद्योग र कस्मेटिक पसलमा अनुगमन गरेको छ।

    अनुगमनकाक्रममा म्याद गुज्रिएका, मूल्य नलेखिएका, उत्पादन मिति उल्लेख नभएको, लेवल नटाँसिएका खाद्यवस्तु फेला परेको तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गा थापाले बताए। यस्तै म्याद गुज्रिएर सडेको अवस्थामा कस्मेटिक सामग्री समेत फेला परेको छ।  माथागढी गाउँपालिका–२ रुप्सेस्थित ममता बेकरी उद्योगबाट उत्पादित खाद्यवस्तुमा बढी लापरबाही भएको फेला परेको छ। यस कम्पनिबाट उत्पादित ब्रेड ढुसी लागेको अवस्थामा फेला परेको छ।

    जुन बेकरी उद्योगबाट उत्पादित ब्रेड अर्गलीसहित तानसेनका विभिन्न बजारमा विक्री गरिदै आएको छ। अर्गलीको एउटा पसलमा बिक्रीका लागि राखिएको ब्रेडमा ढुसी लागेको भेटिएको हो। यस्तै ममता बेकरीबाट उत्पादित प्याकिङ्ग गरिएको ब्रेडमा उत्पादित मिति, मूल्य, तौल समेत उल्लेख गरिएको छैन्। भने मूल्यसूची समेत राखिएको छैन्। बजारमा बिक्रीका लागि राखिएको पाउरोटी, समोसा समेत म्याद गु्िरज्रएको अवस्थामा फेला परेको छ। थापाका अनुसार पसलमा बिक्री गर्न राखिएको विभिन्न कम्पनिका फ्रुटी समेत म्याद गुज्रिएको अस्थामा भेटिएको छ। प्रायः महिलाले प्रयोग गर्ने कस्मेटिकका सामग्री समेत गुणस्तरहिन फेला परेका छन्।

    पाउडर र बास्नादारका लागि प्रयोग गरिने अत्तर, स्याम्पू, तेल, लाली, नङपालिस, लोसन समेत सडेको अवस्थामा फेला परेको पाइएको छ।  सन् २०१३ मा उत्पादन गरिएका कस्मेटिकका सामग्री बिक्रीका लागि पसलमा राखेको पाइएको तानसेन नगरपालिकाका कार्यपालिका सदस्य तथा अनुगमन समितिका सदस्य दीपक विश्वकर्माले बताए। । उनका अनुसार सोयाविन, हर्लिक्स पनि खान नमिल्ने गरि सडेको अवस्थामा फेला परेको छ।  आफुले चाहिने खाद्यवस्तु कस्तो किन्दैछु भन्नेबारे चेतना अझैपनि उपभोक्तालाई जानकारी नभएको उनले बताए। निर्दोष उपभोक्तालाई ठगेर खाने प्रवृत्तिको अन्त्य गर्न सबै सचेत भएर लाग्नु पर्नेमा कार्यपालिका सदस्य विश्वकर्माले जोड दिए।  कुनै एक व्यापारी अर्को कुनै वस्तुको उपभोक्ता भएकोले इमान्दार भएर व्यापार गर्न तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठकले सुझाइन्।

    ‘मानव स्वास्थ्यमा खेलवाड गर्ने अधिकार कसैलाई छैन्’ उनले भनिन् ‘गुणस्तरहिन सामग्री बिक्री गर्नेलाई कानुन बमोजिम कारबाही गर्नुपर्छ।’  अशिक्षित, विपन्न परिवारलाई ठग्ने मनसायले गुणस्तरहित वस्तु बिक्री गर्ने व्यापारीलाई कानुन बमोजिम कारबाही हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पाल्पाका सचिव कमलराज तिमिल्सेनाले बताए। ‘ग्रामिण भेगमा उपभोक्तालाई ठग्ने प्रवृत्ति अझै बढि रहेको छ’ उनले भने ‘यहाँका व्यापारी र उपभोक्तालाई कानुनी र अधिकारका बारेमा सचेत गराउन आवश्यक छ।’ स्थानीय सरकारले विशेष बजेट र कार्यक्रमको व्यवस्था गरेर सचेतीकरण कार्यक्रम गर्नुपर्ने उनी बताउँछन्।  उपभोक्ताले आफु ठगिएको गुनासो गरेपछि विशेष खालको छड्के अनुगमन गरेको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेले बताए।

    ‘हामिले पटकपटक अनुगमन गरिसकेका छौं। व्यापारिलाई समेत सम्झाउने काम गरिसकेका छौं,’ उनले भने ‘अब गलत नियतले गुणस्तरहित समाग्री बिक्री गर्ने व्यापारी फेला परेमा कानुन बमोजिम कारबाही हुन्छ।’ चाडपर्व विशेष मात्र नभइ अब नियमित छड्के अनुगमन हुने उनले बताए। फरक फरक समयमा फरक फरक प्रकारका पसलहरुमा सम्बन्धित विज्ञसहित अनुगमन गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत बेलबासेले बताए। तत्काल आफुलाई ठगिएको महसुस भएमा सम्बन्धित निकायमा खबर गर्न उपभोक्तालाई प्रमुख प्रशासकीय अधिकृत बेलबासेले अनुरोध गरे।

    यसैबीच ‘द एसिया फाउण्डेशन’को सहकार्य र तानसेन नगरपालिकाको आयोजनामा अर्गलीमा उपभोक्ता सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा उपभोक्ताको हित संरक्षण तथा स्थानीय बजारबारे कमलराज तिमिल्सेना र उपभोक्तको अधिकार र समसामयीक अवस्थाबारे दुर्गा थापाले सहजीकरण गरेका थिए। उपभोक्ताको हकहितका बारेमा तानसेन नगरपालिकासँग सहकार्य गरेर आफुहरुले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको द एसिया फाउण्डेशनका पाल्पा प्रतिनिधि चुरामणी पोखरेलले बताए। उनका अनुसार पाल्पाका उपभोक्ता मूल्यमा समेत ठगिँदै आएका छन्। तानसेन नगरपालिका–१४ का वडा अध्यक्ष कमल रानाले अनुगमनलाई निरन्तरता दिन आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन
  • २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ
  • पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी
  • जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…

    वीरगञ्जमा हरि खेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

    चिरीबाबुलाई रास्वाप का सांसद आशिका तामाङ को प्रश्न फिनिस कम्पनीको सम्झौता फिनिस गर्न कसको सरकाले रोक्यो

    तीन वर्षीया गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङले छलफल गर्ने https://britantnews.com/2026/08/22/49142/home-minister-gurung-to-hold-discussions-with-the-parents-of-three-year-old-garima-chaudhary/

    विदेशमा छोराछोरी, विभाजित नेपाली समाज

    नेपालसहित ७५ देशका नागरिकलाई भिसा नदिने ट्रम्प प्रशासनको निर्णयलाई रोक्यो अदालतले

    ‘पूर्वराजाले शुभकामना दिनुभएको छ, स्थानीय चुनावमा भाग लिन्छौं’

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…

    वीरगञ्जमा हरि खेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    News

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    News

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    News

    जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…

    News

    वीरगञ्जमा हरि खेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑