निजगढ | निजगढमा नगरपालिकाले संचालन गर्ने कक्षा पाँच र आठको नगरस्तरीय परिक्षाको मिति तय गरिएको छ । निजगढका मेयर सुरेश कुमार खनाल सहित नगर भित्रका बिध्यालयका प्रधानाध्यापकहरुबीच बिहिबार सम्पन्न बैठकले आगामी चैत्र २ गतेदेखि नगरस्तरीय परिक्षा संचालन गर्ने निर्णय गरेको हो ।
बिश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरसको त्रासका कारण चैत्र पाँच गतेभित्रै सम्पूर्ण परिक्षा सकेर बिद्यालय बन्द गर्न शिक्षा बिकास तथा प्रबिधि मन्त्रालयले दिएको निर्देशनअनुरुप नगरले कक्षा पाँच र आठको नगरस्तरीय परिक्षा चैत्र दुई गतेबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकमा निजगढका मेयर सुरेश कुमार खनालले नगरको शैक्षिक स्तरलाई गुणस्तरीय बनाउन नगरस्तरीय परीक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले प्रत्येक बिध्यालयमा परिक्षा अनुगमन टोलि निर्माण गरेर परिक्षा संचालन गर्न निर्देशन दिका छन् ।
परिक्षालाई नगरको प्रतक्ष निगरानीमा सञ्चालन गर्न पनि मेयर खनालले नगरको शिक्षा शाखालाई निर्देशन समेत दिएका छन् ।कोरोना भाईरसबारे बिध्यार्थीहरुलाई सचेत गराउन नगरपालिकाबाट निर्देशन भएबमोझीमका कार्यक्रमहरु गर्न पनि बिद्यालयलाई भनिएको मेयर खनालले जानकारी दिए ।