वीरगंज | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको त्रासले चैत १२ गतेदेखि शुरू हुने विद्यालयस्तरीय परीक्ष्Fा (कक्ष्Fा १ देखि ९ सम्म) चैत ५ गतेसम्म सम्पन्न गर्न निर्देशन दिएपछि अहिले पर्सा जिल्लामा यस निर्देशनलाई लिएर विवाद भएको छ ।सामुदायिक विद्यालयहरूले चैत १२ गतेदेखि परीक्षा शुरू गर्ने निर्णय गरेपनि वीरगंज महानगरपालिकाको शिक्ष्Fा प्रशासन महाशाखाले हिजो बुधवार त्रिजुद्ध महावीरप्रसाद रघुवीर राम आधारभूत प्राविधिक विद्यालयमा आयोजना गरेको भेलाले सामुदायिक विद्यालयहरूको परीक्ष्Fा फागुन २९ गतेदेखि शुरू गर्ने निर्णय गरेको छ । सो भेलामा संस्थागत विद्यालयलाई चैत २ गतेदेखि परीक्ष्Fा सञ्चालन गर्न निर्देशन दिएको एन–प्याब्सन पर्साका अध्यक्ष रामसुन्दर चौधरीले बताए । उनले चैत २ गतेदेखि पनि संस्थागत विद्यालयहरूले परीक्ष्Fा सञ्चालन गर्न नसक्ने बताएका छन् । विभिन्न कारणले चैत १२ गतेअगावै परीक्ष्Fा सञ्चालन हुन नसक्ने उनको भनाइ छ ।
वीरगंज महानगरमा ९० वटा सामुदायिक विद्यालय र १५० वटा संस्थागत विद्यालय छन् । प्याब्सन पर्साका अध्यक्ष डा हरिशङ्कर साहले पनि चैत १२ गतेअगावै परीक्ष्Fा सञ्चालन हुन नसक्ने बताएका छन् । उनले यसबारे प्याब्सनको प्रदेशस्तरीय भेलाले पनि निर्णय गरेको जानकारी गराएका छन् । प्याब्सन प्रदेश २ का अध्यक्ष मुरारी साहले आज विज्ञप्ति जारी गर्दै संस्थागत विद्यालयहरूको परीक्ष्Fा चैत १७ गतेसम्ममा सम्पन्न हुने गरी तालिका बनाउन सहमति भएको बताए । प्याब्सन अन्तर्गत प्रदेशका संस्थागत विद्यालयहरूलाई सोहीअनुरूप तयारी गर्न विज्ञप्तिमार्पmत् आग्रह गरिएको छ । उनले कोरोना भाइरसको सङ्क्रमण कक्ष्Fा १ देखि ९ सम्मका विद्यार्थीहरूलाई मात्रै नहुने भन्दै एसइई परीक्ष्Fा चैत ६ गतेदेखि १७ गतेसम्म हुन सक्ने तर साना तहको परीक्ष्Fा सो अवधि अगाडि लिनुपर्ने बाध्यकारी अवस्था सिर्जना नगर्न आग्रह गरे ।
कक्षा ८ को परीक्ष्Fा २९ गते पर्साका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा कक्ष्Fा ८ को जिल्लास्तरीय परीक्ष्Fा भने फागुन २९ गते नै शुरू हुने भएको छ ।जिल्लास्तरीय परीक्षामा सामुदायिक र संस्थागत दुवै विद्यालय समावेश हुने र एउटै प्रश्नपत्र हुने हुनाले ८ कक्ष्Fाको परीक्ष्Fा तोकिएको समयमैं गर्ने विषयमा भने एकरूपता देखिएको छ ।पर्सा जिल्लाका अन्य पालिकाहरूमा पनि सामुदायिक विद्यालयको परीक्ष्Fा फागुन २९ गतेदेखि शुरू हुँदैछ। जीराभवानी, ठोरी, सखुवाप्रसौनी, पटेर्वासुगौली, छिपहरमाई, धोबिनी गाउँपालिकाले फागुन २९ गतेदेखि परीक्ष्Fा शुरू गर्ने निर्णय गरेका छन् । जगरनाथपुर गापामा आज प्रअको भेला डाँकिए पनि भेला स्थगित भएको छ । तर जगरनाथपुर गापामा पनि फागुन २९ गतेदेखि नै परीक्ष्Fा सञ्चालन गर्ने सहमति भएको छ ।