• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Video

    नेपाली बजारमा मास्क अभाव : उत्पादन शून्य, सरकार मौन !

  • वीरगंज संजाल
  • Mar 3, 2020, 9:52 pm
  • ४४८२

    वीरगंज | कोरोना (कोभिड १९) को आतंकले विश्व आतंकित छ । आतंकित नहोस् पनि कसरी ३ हजारभन्दा बढिको ज्यान गइसकेको छ भने ८९ हजारभन्दा बढिमा कोरोना संक्रमण भेटिएको छ । चीन वुहान प्रान्तबाट फैलिएको कोरोनाभाइरस विश्वकै लागि ठूलो चूनौती बनेको छ । ७३ देशमा फैलिसकेको यो महामारी रोक्न धेरै देशले प्रयास गरिरहेको भएपनि उलेख्य असफल हुन सकेको छैन । नेपाल सरकारले पनि यस आतंकलाई गम्भीर रुपमा लिएको छ ।यो भाइरस नेपालमा फैलिनबाट रोक्न सरकारले विभिन्न निर्णयहरु सँगै सचेतना कार्यक्रमहरु गरिरहेको छ । सरकारले कोरोनाबारे निर्णय धेरै गरेको छ । तर, यसको गृहकार्य भने अनुसार हुन सकेको छैन । नेपालमा कोरोना महामारीको रुपमा फैलिन नदिन उच्च सतर्कता अपनाउन जरुरी छ ।
    त्यसोत विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) नेपाललाई कोरोनाको उच्च जोखिमको सूचिमा राखेको छ । नेपाल लगायत दक्षिण एसियाली देशहरु कोरोनाको उच्च जोखिममा रहेको डब्लुएचओले जनाएको छ ।कोरोनाभाइर शुरु भएको डेढ महिनापछि डब्लुएचओले नेपाल लगायतका देशहरुलाई ‘कोरोनाको उच्च जोखिम भएको’ भनिरहेको छ । नेपाल लगायतका देशहरुलाई उच्च जोखिममा राख्नुको कारण दिँदै डब्लुएचओले भनेको थियो, ‘थोरै जमीनमा धेरै जनसङ्ख्या, अव्यस्थित स्वास्थ्य सेवा र कमजोर जनचेतना ।’
    डब्लुएचओले भनेझैं नेपालमा कोरोनाको महामारी फैलियो भने न त आइसोलेसनका लागि अस्पतालमा बेड तयार छ, न त क्वारेण्टाइनस्थल नै । यही डर बोकेका नेपालका स्वास्थ्यकर्मीहरु ‘सरकारको कमजोर तयारीका बाबजुद स्वास्थ्यसेवामा खटिँदा ज्यान नै जोखिम होला कि भन्ने डर भइसक्यो’ भनिरहेका छन् ।‘एकमात्र प्रयोगशालामा पनि पर्याप्त किट नहुनु, स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका लागि मास्क, चस्मा र गाउनलगायतका उपकरणहरु नहुनु र, अस्पतालमा आइसोलेसनका लागि बेडको अभाव हुनु स्वास्थ्यकर्मी कोरोनाबाट डराउनुजस्ता कारणहरु हुन् ।नेपालमा कोरोनाको महामारी नफैलिए पनि काठमाडौं उपत्यकामा मास्कको हाहाकार शुरु भइसकेको छ । बजारमा माक्स सकिएको भन्दै व्यापारीले साधारण मूल्यभन्दा ८ देखि १० गुणा बढी मूल्य उपभोक्तासँग लिइरहेका छन् ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    माक्स अभाव
    बालाजु बस्ने उर्मिला महर्जन माक्स किन्न नजिकैको फार्मेसि गइन् । त्यहाँ काम गर्ने कर्मचारीले उनलाई माक्स नभएको बताए । उनले भनिन्–‘माक्स छैन भनेपछि म अर्को फार्मेसि गए, त्यहा पनि छैन भन्यो । त्यसपछि त्यहिबाटो भएर फर्कदै थिए । शुरुमा सोधेको फार्मेसिको कर्मचारीले बोलाएर भन्यो । खासमा मास्क त पाइन्छ तर एउटाको २५ रुपैयाँ पर्छ भन्यो । त्यसपछि म माक्स नै नकिनि कोठा फर्किए।’ यसरी व्यापारिले कालो बजारी गरिरहेका छन् । तर, सरकार कानमा तेल हालेर बसिरहेको छ । यस्तो समस्या परेको बेलामा त झन सहज रुपमा मास्क उपलब्ध गराउनु पर्ने हो’ उनी भन्छिन् ।
    यहिले मास्कको चरम अभाव छ । भएका पनि व्यापारिहरुले कालोबजारी गरिरहका छन् । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि अहिले त्यसैको वुहानमा नेपाली बजारमा मास्कको चरम अभाव भएको हो । किन्ने नै भए ‘ब्ल्याक मार्केट’मा मात्र पाइन्छ ।औषधि व्यवसायीहरुका अनुसार बजारमा पाइने विभिन्न थरीका मास्कमध्ये सबैजसो मास्कको अभाव छ । नेपालमै बन्ने कपडाको साधारण मास्कदेखि पेपर मास्क र विदेशबाट आयात हुने प्रोटेक्टिभ एवं मेडिकल मास्कसम्म सबैखाले माक्सको अभाव देखिएको औषधि व्यवसायी संघले जनाएको छ ।औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार ९५ प्रतिशत मास्क भारत र चीनबाट आउँछ । उनी भन्छन्–‘भारत र चीनबाट अहिले मास्कको आयात ठप्प छ । नेपालमा भएका मास्क उत्पादन गर्ने उद्योगबाट पनि उत्पादन हुन छाड्यो । मास्क उत्पादन गर्ने कच्चा पदार्थ पनि चीन र भारत बाटै आउने हो। त्यो पनि बन्द भएपछि अहिले उत्पादन बन्द भएको सूचना आएको छ ।’

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    मास्क उत्पादन बढाउन सरकारसँग छलफल भइरहेको उनको भनाइ छ ।उनी भन्छन्–‘संकटलाई मौका बनाएर कमाउ धन्दामा कोही पनि लाग्नुहुँदैन, कालोबजारी गरेमा संघको सदस्यता खारेज गर्छौं । हामीले व्यापारीलाई कालोबजारी नगर्न भनेका छौं ।’फुटपाथमा बेचिने कपडाको मास्क पनि हत्तपत्त भेटिन छाडेको छ । होलसेलबाटै महंगोमा आएको दाबी साना ब्यापारीले गरिरहेका छन् भने होलसेलरहरुले मास्क नै मौज्दातमा नरहेको दाबी गरिरहेका छन् ।चीनबाट मास्क आउन छाडेका अवस्थामा भारतबाट आउने मास्क पनि रोकिएपछि मास्कको मूल्य बजारमा आफूखुसी निर्धारण हुँदैछ । प्रतिगोटा २ सय ५० रुपैयाँमा बिक्री हुने प्रोटेक्टिभ मास्क (एन ९५)को मूल्य अहिले १ हजारभन्दा बढि पुगेको ब्यापारीहरु बताउछन् । ५ रुपैयाँ प्रतिगोटामा बिक्ने पेपर मास्क २५ रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको छ ।कतिपयले कालोबजारी गरेको सूचना आएको भन्दै उनले आफ्ना सदस्यहरुलाई त्यसो नगर्न आग्रह गरिएको पनि उनले बताए । औषधि व्यवसायी संघका अध्यक्ष श्रेष्ठका अनुसार ९५ प्रतिशत मास्क भारत र चीनबाट आउँछ । ५ प्रतिशत हाराहरीको मास्क मात्रै नेपालमा उत्पादन हुन्छ ।
    मौन छ सरकार
    मास्कमा कालोबजारी मौलाइरहँदा सरकार भने कानमा तेल हालेर बसेको छ ।विश्वमा कोरोनाको सङ्क्रमण बढेपछि यसअघि बजारमा सजिलै पाइने मास्कको अभाव र मूल्य वृद्धि भएको हो । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल एकै व्यक्तिलाई ठूलो संख्यामा मास्क नबेच्न मेडिकलहरुलाई भनिएको बताउँछन । तर, कालोजारी गरेको भए त्यसको नियन्त्रण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गर्नुपर्ने उनको भनाइ छ ।औषधि व्यवस्था विभागमा पनि दोब्बर मूल्य लिएको गुनासो आएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अगुवाइमा अनुगमन, निरीक्षण गरिएको औषधि व्यवस्था विभागका महानिर्देशक ढकालले बताए ।
    ‘हामीले उपभोक्ता हित संरक्षण विभागलाई अनुरोध गरेका छौं,’ ढकालले भने–‘विभागले गर्ने अनुगमनमा हामीले पनि सघाएका छौं । मास्कको मूल्य वृद्धिमा केही व्यक्तिको गुनासो आएपछि हामीले निरीक्षण गर्यो । केही व्यक्तिले कालो बजारी गरेका रहेछन् । उनीहरूलाई हामीले कारबाहि गर्यो । अब त्यस्तो गर्दैनन्, भन्ने सोचेका छौँ । उद्योग मन्त्रालयले मास्क उत्पादन गर्न निर्देशन दिइसकेको छ । अभाव नै भए सरकारले अन्यन्त्रबाट पनि ल्याउने छ। यसमा आक्तिहाल्नु पर्ने अवस्था छैन ।’

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    नेपाली उत्पादन कति ?
    अहिले नेपालमा दुई उद्योगले मात्र मास्क उत्पादन गरिरहेका छन् । काठमाडौंको बौद्धमा नवीन श्रेष्ठले हालै पेपर मास्क उद्योग सञ्चालनमा ल्याएका छन् । उनको उद्योगले दैनिक २ हजारदेखि ३ हजार थान मास्क उत्पादन गर्छ । अर्का उद्योगी खडानन्द पाण्डेले रूपन्देही बुटवलमा दुई वर्षदेखि कपडाको कटन मास्क बनाइरहेका छन् । उनको उद्योगले अहिले दैनिक आठ सय थान मास्क उत्पादन गर्छ । तिनले यहाँको माग भने धान्न सकेका छैनन् । हाल भएको मास्कको अभावबाट मुक्त हुन अन्य देशबाट आयात गर्ने विषयमा उद्योग मन्त्रालय र स्वास्थ्य जनसंख्या मन्त्रालयसँग छलफल गर्ने तयारी रहेको ढकालले बताए । उनले नेपालमा मास्क उत्पादन गर्ने उद्योगहरूलाई उत्पादन बढाउन पनि आग्रह गर्ने बताए ।
    कस्तो मास्क उत्तम ?
    चिकित्सकका अनुसार बजारमा पाइने कम गुणस्तरका कपडाका मास्कले धूलोका ठूला कण मात्र रोक्छन् । सबै प्रकारको वायुप्रदूषण छेक्न सक्दैनन् । बरु डाक्टरले प्रयोग गर्ने ‘सर्जिकल मास्क‘ प्रदूषण र किटाणु छेक्न निकै बढी प्रभावकारी हुन सक्छ ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान
  • वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन
  • अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ
  • तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान

    वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो

    जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल

    तीन दशकपछि फेरि चलायमान बन्दै हेटौँडा कपडा उद्योग

    बागमतीका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान

    वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो

    जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान

    News

    वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन

    News

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    News

    तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो

    News

    जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑