• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    राजतन्त्रात्मक मुलुक लक्जम्बर्ग, सार्वजनिक यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०७६, आईतवार ११:२५
  • ५५५३

    लक्जम्बर्ग । युरोपको सुन्दर र धनी देश लक्जम्बर्ग सार्वजनिक यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश भएको छ । आज आइतबार (२०२० मार्च १) देखि लागू हुने साे व्यवस्था अनुसार सार्वजनिक यातायातमा सर्वसाधारणले देशैभर निःशुल्क यात्रा गर्न पाउने भएका हुन् ।

    लक्जम्बर्गका यातायातमन्त्री फ़्रान्कोईस बऊसले आज लक्जम्बर्गबासीको खुशीको दिन भएको र यो दिन ‘ग्रेट डे ’ रहेहो आफ्नो घोषणा सन्देशमा बताएका छन् ।

    लक्जम्बर्गको राष्ट्रिय रेल सेवाका प्रथम श्रेणी र केही रात्रिकालिन बस सेवामा बाहेक अन्य सम्पूर्ण ट्राम, बस र रेल सेवा लगायतमा यो सुविधा प्रदान गरिने भएको हो ।

    संसारकै १ सय ६७ औँ ठुलो र नेपालजस्तै भू-परिवेष्ठित मुलुक लक्जम्बर्ग तुलनात्मक रुपमा सानो र निकै थोरै जनसंख्या भएको मुलुक हो । यहाँको जनसंख्या ६ लाख १४ हजार मात्र छ । लक्जम्बर्ग संसारमै शान्त, सम्पन्न र धनी देशको रूपमा चिनिन्छ।

    बहुभाषिक मुलुक लक्जम्बर्गमा जर्मन, बेल्जिक र फ्रेन्च अफिसियल भाषा प्रचलनमा रहेको छ । यहाँ काम गर्नका लागि फ्रान्स, बेल्जियम र जर्मनीलगायत देशबाट झन्डै २ लाख कामदार दिनहुँ आवतजावत गर्ने अनुमान गरिन्छ ।

    यो व्यवस्था श्रमिक र आफ्ना नागरिकले प्रयोग गर्ने निजी कार र त्यसबाट हुने ट्राफिक समस्याका साथै प्रदुषण घटाउन सार्वजनिक यातायात प्रयोगमा आकर्षण बढाउनका लागि यहाँको सरकारले यो योजना ल्याएको हो । यो नियमसँगै यातायात कम्पनीलाई हुने करिब ४१ मिलियन युरो घाटा सरकारले राजस्वबाट प्राप्त रकमले क्षतिपूर्ति गर्ने जनाइएको छ ।

    कस्तो छ लक्जमबर्ग ?

    युरोपकै बहुसांस्कृतिक मुलुकको रूपमा परिचित लक्जम्बर्गमा हाल ४८.१ प्रतिशत आप्रवासी रहेका छन् । झन्डै १७० मुलुकका भिन्न राष्ट्रियता भएकाहरु बस्ने र काम गर्ने यहाँ सबैभन्दा बढी १८.२ प्रतिशत अर्थात् १ लाख १० हजारको संख्यामा पोर्चुगाली रहेका छन् । त्यसैगरी झन्डै ३९ हजार फ्रान्सेली , २१ हजार ईटालियन , २१ हजार बेल्जियन, साढे १५ हजार जर्मन, ७ हजार बेलायती र ५ हजारको हाराहारीमा स्पेनिस र नेदरल्याण्डका आप्रवासी रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।

    यूनेस्कोको विश्व सम्पदा सुचीमा रहेको यो देश २ हजार ५ सय ८६ वर्ग किलाेमिटर क्षेत्रफलमा फैलिएको छ । वर्तमान यूरोपेली संघको प्रादुर्भाव भएको महत्वपूर्ण स्थल सेन्जेन यही मुलुकमा पर्दछ । युरोपको प्रवेशाज्ञा जारी हुने ‘सेन्जेन’ भन्ने ठाउँ फ्रान्स, जर्मनी र लक्जम्बर्गको संगमस्थलको रुपमा रहेको छ, जुन यही मुलुकमा पर्दछ । सेन्जेन सन्धी अनुरूप युरोपको प्रवेशाज्ञा अध्यावधिक प्रचलनमा छँदैछ ।

    अमेजन कम्पनीलगायत ठूला कम्पनी र संसारभरका सयभन्दा बढी बैंकहरूको मुख्यालय रहेको यहाँ तेह्र सय मात्र प्रहरी रहेका छन् । हरेक नागरिकले मुलुकको लागि प्रहरीको काम गर्ने कुरा एनआरएन लक्जम्बर्गका निवर्तमान अध्यक्ष नारायण गुरुङ बताउँछन् । उनी भन्छन्, ‘आश्चर्यको कुरा, देशभरमा २ वटा मात्र कैदी राख्ने जेल रहेका छन् । नेपालजस्तो हुल दङ्गा र अपराध हुने भए पो धेरै जेल चाहिन्छ ।’

    विगत २२ वर्षदेखि यहाँ बसोबास गरिरहेका निवर्तमान अध्यक्ष गुरुंगका अनुसार ४ सयको हाराहारीमा अहिले नेपालीको बसोबास रहेको छ लक्जम्बर्गमा । यद्यपि यसको यकीन तथ्यांक छैन ।

    नेपालका पूर्वराजाको साइनो

    संवैधानिक राजतन्त्रात्मक मुलुक लक्जम्बर्गमा नेपालका पूर्वराजा महेन्द्र, वीरेन्द्रका साथै पूर्व युवराज दीपेन्द्र शाह पटक–पटक आउने र घुम्ने गरेको इतिहास पाइन्छ । उनीहरुले घुम्न रुचाउने यहाँका ठाउँमध्येको एक हो, रेम्स अर्थात् दिपेन्द्र हेलीप्याड । जो जर्मनी र लक्जम्बर्गको मोजेल खोलामा पर्दछ ।

    पुराना लक्जम्बर्गबासी नेपालीको कथन छ, ‘संसारभरका राजघराना र ठूला खानदानको अकुत सम्पत्ति राख्ने ठाउँ पनि हो यो । लक्जम्बर्गमा आम्दानी स्रोत देखाउनु पर्दैन र जति कालो धन पनि राख्न पाइन्छ । पूर्वराजा वीरेन्द्रको वंश विनाससँगै करोडौँ सम्पत्ति यहाँको बैंकले पचाइदिएको उनीहरुको भनाइ छ ।

    अन्तराष्ट्रिय मुद्राकोष २०१९ को प्रतिवेदनमा १ लाख १३ हजार १९६ डलर र विश्व बैंक २०१८ को प्रतिवेदनमा १ लाख १४ हजार ३४१ डलर प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन भएको मुलुक लक्जम्बर्ग संसारको सबैभन्दा धेरै प्रतिव्यक्ति आय हुने देशको रूपमा दर्ज छ ।

    अन्तर्राष्ट्रिय मुद्राकोषको प्रतिवेदन २०१९ अनुसार नेपाल प्रतिव्यक्ति वार्षिक आय १ हजार ४७ डलरसहित १५९ औँ स्थानमा छ भने लक्जम्बर्ग संसारकै पहिलो नम्बरमा रहेको छ । यसर्थ धनी मुलुक भएकै कारण सम्पूर्ण सार्वजनिक यातायातमा आफ्ना जनतालाई निःशुल्क सेवा दिन लक्जम्बर्ग सफल भएको छ । News 24

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑