दिल्लीको सडकमा मोहम्मद जुबैरमाथि यसरी पोखियो भारतीय सत्ता अहंकार
वीरगंज संजाल
१७ फाल्गुन २०७६, शनिबार १२:२०
४८५३
भारत | भारतको सत्तामा अहिले कट्टरपन्थी हिन्दु रुझानको भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदी आसिन छन्। भाजपा सत्तामा आएदेखि नै इतर विचार राख्ने र विशेषगरी मुसलमानहरुमाथि व्यापक धरपकड र आक्रमण भइरहेको छ। कानून नै परिवर्तन गरेर अल्पसंख्यक मुसलमानहरुमाथि मोदी प्रशासनले निरन्तर दबाब बढाइरहेको छ। यही हर्कतलाई निरन्तरता दिँदै भारत सरकारले नागरिकता संशोधन कानून ल्यायो, जसअनुसार केही छिमेकी मुलुकबाट आएका मुसलमानबाहेकका शरणार्थीहरुलाई भारतको नागरिकता दिने व्यवस्था गरियो। सरकारको यो कदम सीधासीधा मुसलमानहरुमाथिको अन्याय भन्दै सडकमा प्रदर्शनहरु शुरु भयो। मुसलमानसँगै गैरमुस्लिम हिन्दुहरु पनि मोदी सरकारको यो निर्णयको विरोधमा उत्रिए। प्रदर्शन बढ्दै जाँदा जनधनको क्षति पनि बढिरहेको छ।
दिल्लीमा त नागरिकता संशोधन प्रकरणले साम्प्रदायिक हिंसाकै स्वरुप लिएको छ। करिब ४० जनाको मृत्यु भएको छ भने मुसलमानहरुका सैयौं घर मोदी समर्थकहरुले जलाइदिएका छन्। उत्तर–पूर्वी दिल्लीमा बसोबास गर्ने जुबैर गत सोमबार नजिकै रहेको मस्जिदमा प्रार्थनाका लागि घरबाट निस्किएका थिए। प्रार्थनाका लागि निस्कँदै गर्दा जुबैरले सोचेका पनि थिएनन् कि भारतीय सत्ताले उनको संसार नै बदलिदिनेछ। दिल्लीको स्थिति यस्तो छ कि सडकमा हिँडिरहेको कोही मुसलमान युवक देख्नासाथ सत्तासमर्थकहरुको हुलले आक्रमण गरिहाल्छ। आँखै अघि मुसलमानहरुमाथि मरणासन्न आक्रमण हुँदा पनि प्रहरी मुकदर्शक भएर बस्छ। संयुक्त राष्ट्र संघीय मानवअधिकार आयोग (युएनएचसीआर) ले नै भारतमा राज्य संरक्षित साम्प्रदायिक हिंसालाई लिएर चिन्ता जनाइसकेको छ। भारतीय धार्मिक सत्ता अहंकारको शिकार भएका एक प्रतिनिधि पात्र हुन् मोहम्मद जुबैर।
प्रधानमन्त्री मोदी र भारतीय सत्ताका अन्धभक्त आक्रमणकारीहरुले हमला गर्दा जुबैरले लगाएको कुर्ता–पाइजामा आफ्नै रगतले राताम्ये भयो। उनको शीरलाई जमिनमा ढालियो र निरन्तर आक्रमण गरियो। दुबै हातले टाउको बचाउन खोजिरहेका ३७ बर्षीय जुबेरले निरन्तरको कुटाइपछि अल्लाह गुहारे र भने, ‘अल्लाह अब तेरे पास आना है…(अल्लाह अब म तिम्रै शरणमा आउने बेला भयो)!’ चारैतर्फ साम्प्रदायिक रोष बोकेका सत्तासमर्थकहरुले घेरिएका जुबैरमाथि डन्डा, लाठी र फलामको रड प्रहार भइरह्यो। उनको अनुहारमा लागेको चोट अनन्त कालसम्म रहिरहनेछ र उनले सायदै अहिले लागेको घाउ भुल्नेछन्। रोयटर्सका फोटो पत्रकारले खिचेको यो तस्बिर भारतीय सत्ता श्रृजित साम्प्रदायिक दंगा र त्यसको त्रासदीपूर्ण अनुहार बनिसकेको छ। उत्तर–पूर्वी दिल्लीमा बसोबास गर्ने जुबैर गत सोमबार नजिकै रहेको मस्जिदमा प्रार्थनाका लागि घरबाट निस्किएका थिए। प्रार्थनाका लागि निस्कँदै गर्दा जुबैरले सोचेका पनि थिएनन् कि भारतीय सत्ताले उनको संसार नै बदलिदिनेछ। बीबीसी हिन्दीसँगको कुराकानीमा जुबैरले भनेका छन्, ‘सोमबार म दुआ (प्रार्थना)मा सामेल हुन ईदगाह गएँ, त्यहाँबाट फर्किएपछि भाई बहिनी र बच्चाका लागि केही खानेकुरा किनेँ, जो हरेक बर्ष इज्तमापछि म बच्चाहरुका लागि किन्ने गर्छु, नान किन्न नपाएपछि मैले केही सुन्तला किनेँ, घर जाने सोचेँ, किनकी खानेकुराको आश गरेर बसेका भाइबैनाहरु म गएपछि अवश्य खुशी हुने थिए।’ जुबैरले सो दिन हतारमा आफ्नो फोन समत नलिई घरबाट निस्किएका थिए।
जब उनी सुन्तला किनेर घरतर्फ लागे, बाटोमा उनले निकै भयानक हिंसा भइरहेको देखे। यो देखेपछि जुबैरले भजनपुरा मार्केट हुँदै सब वेबाट निस्किएर चाँदवाग पुग्ने योजना बनाए। कुर्ता पाइजामा र टोपी पहिरेर प्रार्थनाबाट फर्किएका जुबैर पूरै इस्लामी पहिरनमा थिए। बाटोमा हिँडिरहेका जुबैरलाई एक व्यक्तिले देखे र भने,’तिमी सब वे को तल्लो भागबाट नजाउ, त्यहाँ जोखिम छ, अगाडीबाट निस्केर चाँडै जाउ।’ ती व्यक्तिको आग्रह मानेर जुबैर सब वे बाट नगइकन अघिल्लो बाटोबाट अघि बढे। जब जुबैरले केही दुरी पार गरे, त्यहाँ उनले देखे कि भयानक पत्थरबाजी भइरहेको थियो। जुबैर सम्झन्छन्, ‘त्यहाँ एकातर्फ हजारौंको भीड थियो, अर्कातर्फ कति मानिसहरु थिए भन्ने मैले देखिनँ। केही मानिसहरुले मलाई देखे। त्यसपछि म डरले पछाडि हटेँ। एक जना हमलाकारी म तर्फ अघि बढ्यो।’ हमलाकारीहरुले जुबैरमाथि लगातार मारपिट गरिरहे। मरणासन्न हुने गरी हिंसात्मक आक्रमण भएपछि उनले अल्लाह गुहारे र भने, अल्लाह अब तिमी नजिक आउने बेला भयो, अब बाँच्ने कुनै चाहना र सम्भावना छैन। जुबैरले आफूलाई आक्रमण गर्नेगरी अघि बढेको त्यो व्यक्तिलाई ‘मैले के गल्ती गरेको छु र?’ भनी सोधे। सोध्दानसोध्दै सैयौं मानिसहरु आए र जुबैरलाई निर्घात कुट्न थाले। कुटाई खाइरहेका जुबैर आक्रमणकारीका लागि कुनै शिकार जस्तै थिए। टाउकोमा एकजनाले फलामको रडले हान्यो, दोस्रो पटक पनि हान्यो, तेस्रो पटक पनि हान्यो र लगातार हानिरह्यो। ‘टाउकोमा यति धेरैपटक रड हानियो कि मैले होस गुमाइसकेको थिएँ। वरिपरिको आवाज सुन्नै छाडेँ, त्यहीबेला कसैले मेरो टाउकोमा तलबारले हान्यो।
अल्लाहको कृपाले सो तरबारले मेरो शीर पुरै काट्न पाएन, यदी तलबारको प्रहार मेरो शीरमा पुरै लाग्थ्यो भने मेरो इहलिला त्यतिखेर नै समाप्त हुन्थ्यो।’ अनि भनें–’अल्लाह तिमी नजिक आउने बेला भयो…’ हमलाकारीहरुले जुबैरमाथि लगातार मारपिट गरिरहे। मरणासन्न हुने गरी हिंसात्मक आक्रमण भएपछि उनले अल्लाह गुहारे र भने, अल्लाह अब तिमी नजिक आउने बेला भयो, अब बाँच्ने कुनै चाहना र सम्भावना छैन। जुबैरको अनुमानमा उनलाई करिब २५ जनाजतिले अन्धाधुन्ध कुटपिट गरेका थिए। उनीहरुले नथाकुञ्जेलसम्म जुबैरमाथि आक्रमण गरिरहे। मस्जिदबाट फर्किरहेका जुबैरलाई कुटिरहँदा हमलाकारीहरुले जय श्रीराम र मुल्लालाई मार जस्ता नारा लगाइरहेका थिए। जुबैरलाई यत्ति याद छ कि कुटाई खान छाडेपछि उनलाइ केही व्यक्तिले उठाएर लगे। उनीहरु भन्दै थिए, ‘पारी लैजाउ, छिटो लैजाउ !’ त्यहाँबाट उठाइएका जुबैरको थोरै होस एम्बुलेन्समा फर्कियो र अस्पताल पुगेपछि बल्ल पीडा महशुस गर्न थाले। अस्पतालमा उनी वरिपरि कोही आफन्त पनि थिएनन्। आफन्तको नम्बर दिएर बोलाइदिन उनले आग्रह गरे। के जुबैर सरकारसँग केही भन्न चाहन्छन् ? या केही सोध्न चाहन्छन् भन्ने प्रश्नमा उनले भने, ‘हामी सरकारसँग के आशा गर्न सक्छौं र ? जसले दंगा समेत रोक्न चाहेन।’ सो समयमा डाक्टरले पनि मलाई त्यति ध्यान दिन पाइरहेका थिएनन्, किनकी मेरै अघिल्तिर दुवै हात काटिएका एक घाइते थिए। जुबैरलाई लाग्यो कि ती व्यक्तिको चोटका सामु उनको पीडा क्यै होइन। आमाका आँखामा रातभर आँशु… जुबैरको टाउको चिकित्सकले कतिखेर टाँका लगाए, उनलाई केही याद छैन।
उनको टाउकोमा ३० वटा जति टाँका लगाइएका छन्। दुःखको कुरा त यो छ कि अहिलेसम्म न त अस्पतालबाट मेडिकल लिगल केस (एमएलसी) मिलेको छ, न त सरकारका तर्फबाट कुनै सहयोग नै मिलेको छ। आक्रमण गर्नेहरुविरुद्ध जुबैरले अहिलेसम्म उजुरी समेत दिन सकेका छैनन्। किनकी न त उनी यसो गर्न सक्ने अवस्थामा छन्, न त अस्पतालले उजुरीका लागि आवश्यक एमएलसी दिएको छ। हमलाको चारदिन पछि मात्रै जुबैरको परिवार र बच्चाहरुसँग भेट भयो। जुबैरको तस्बिर हेरेपछि उनका परिवारलाई लागेको थियो कि जुबैर अब बाँच्ने छैनन्। जुबैरकी बुढी आमाले चारदिन पछि मात्रै उनलाई देख्न पाइन्। निरन्तर रोइरहेकी उनको अवस्था पनि निकै खराब भएको छ। उनी न मिडियासँग कुरा गर्छिन्, न त ज्यादा बोल्न नै सक्छिन्। रोइरहँदा उनी बर्बराउँछिन्, ‘मलाई कसैले केही दिनु पर्दैन, सरकारले पनि पर्दैन, अल्लाहसँग आग्रह गर्छु कि अब हामीलाई एक्लै छाडिदिए हुन्थ्यो।’ म पिटाई खाइरहेको थिएँ, वरिपरि प्रहरी घुम्दै थिए के जुबैर सरकारसँग केही भन्न चाहन्छन् ? या केही सोध्न चाहन्छन् भन्ने प्रश्नमा उनले भने, ‘हामी सरकारसँग के आशा गर्न सक्छौं र ? जसले दंगा समेत रोक्न चाहेन।’ ‘म एक सन्देश दिन चाहन्छु–हिन्दु, इस्लाम या इसाई…कुनै पनि धर्मले कहिल्यै पनि गलत सिकाएको छैन। जसले मलाई यस्तो बनाए, बच्चाको खुशीका लागि खानेकुरा लिएर घर गइरहेको एक निहत्था मानिसलाई तरबारले हाने, लाठी बजारे, राडले हिर्काए, यस्ता व्यक्तिहरुलाई मानवीयताको दुश्मन भन्नुपर्छ। उनीहरुलाई कुनै धर्मसँग जोड्नु मलाई ठीक लाग्दैन। हिन्दुहरुले मलाई यसो गरे भन्ने लाग्दैन। हरेक धर्मले प्रेम र अमनचयनको सन्देश दिन्छ। त्यसैले उनीहरु हिन्छु होइनन्।
‘ प्रहरीको भूमीकाबारे सोध्दा जुबैर भन्छन्, ‘जतिखेर म माथि सांघातिक हमला भइरहेको थियो, त्यतिखेर प्रहरी त्यहीँ नजिकै थियो। यस्तो लाग्थ्यो कि प्रहरी कुनै मेला हेर्न आएको हो। त्यहाँ जो प्रहरीहरु थिए, उनीहरुलाई म माथि भएको हमलाप्रति कुनै मतलब थिएन।’ सत्ताधारी मोदी सरकारका समर्थकहरुको आक्रमणमा परेका जुबैरको शरीरमा यस्ता कुनै हिस्सा बाँकी छैनन, जहाँ चोट नलागेको होस्। पुरै शरीरमा निलडाम बसेको छ। यति चोट खेपेका जुबैरले स्थानीय चिकित्सकहरुसँग मल्हमपट्टी लगाइरहेका छन्। उनी अब केहीदिन पछि मात्रै चिकित्सककहाँ जान सक्छन्, किनकी अहिले पनि वरपरको माहोल निकै खराब छ। ‘उनीहरुलाई हिन्दु भन्नै सकिँदैन’ के उनलाई डर लागिरहेको छ, केही उनी आतंक महशुस गरिरहेका छन्? यो प्रश्नको उत्तरमा जुबैर भन्छन्, ‘डर त मलाई त्यतिखेर पनि लागेको थिएन, जतिबेला म माथि मरणासन्न हुनेगरी कुटपीट भैरहेको थियो। केही अपराधीहरुले बढीमा मेरो ज्यान लिन सक्छन्, त्यसभन्दा बढी उनीहरुले केही गर्न सक्दैनन्। अपराधसँग डराउनु निकै ठूलो भूल हो र कमजोरी पनि। मैले त केही पनि गरेको छैन, त्यसैले डर छैन। डर त उनीहरुलाई हुनुपर्छ, जसले निहत्थाहरुलाई मारिरहेको छ। जुबैर भन्छन, ‘मैले देशको राजधानी दिल्लीमै आफूमाथि यस्तो आक्रमण हुन्छ भन्ने कहिल्यै सोचेकै थिइनँ।’ बोल्दाबोल्दै जुबैर भावुक हुन्छन्। विछ्यौनाबाट मुस्किलले थोरै उठेर उनी भन्छन्, ‘म एक सन्देश दिन चाहन्छु–हिन्दु, इस्लाम या इसाई…कुनै पनि धर्मले कहिल्यै पनि गलत सिकाएको छैन। जसले मलाई यस्तो बनाए, बच्चाको खुशीका लागि खानेकुरा लिएर घर गइरहेको एक निहत्था मानिसलाई तरबारले हाने, लाठी बजारे, राडले हिर्काए, यस्ता व्यक्तिहरुलाई मानवीयताको दुश्मन भन्नुपर्छ। उनीहरुलाई कुनै धर्मसँग जोड्नु मलाई ठीक लाग्दैन। हिन्दुहरुले मलाई यसो गरे भन्ने लाग्दैन। हरेक धर्मले प्रेम र अमनचयनको सन्देश दिन्छ। त्यसैले उनीहरु हिन्छु होइनन्।’