• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मोरङमा दुर्घटना : तीन जनाको मृत्यु

  • वीरगंज संजाल
  • १७ फाल्गुन २०७६, शनिबार ११:४८
  • ४८६९

    विराटनगर |  मोरङमा शनिबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका–२ जय चौकस्थित पूर्व–पश्चिम राजमार्गमा रोकेर राखेको गोरु लोड गरिएको ट्रकमा अर्को ट्रक पछाडिबाट ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । बिहान ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८०९१ नम्बरको ट्रकले सडकमा रोकेर राखेको गोरु लोड गरिएको ना ८ ख ६७ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । दुर्घटनामा ठक्कर दिने ट्रकका चालक चितवन भरतपुर नगरपालिका–११ का २८ वर्षीय अजय अधिकारी र सहचालक भरतपुर–१ कै ३० वर्षीय अंकित घर्तीमगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले जानकारी दिए।

    उनका अनुसार चालक अधिकारीको घटनास्थलमै र सहचालक घर्तीमगरको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा बिहान ९ बजे मृत्यु भएको हो । ठक्कर दिने ट्रक नवलपरासीबाट सात सय ५० काटुन गोर्खा स्ट्रङ वियर लिएर झापाको दमकतर्फ गएको खुलेको छ । डीएसपी गिरीले ठक्कर दिने ट्रक तीव्र गतिमा रहेको र नियन्त्रण गुमाएर दुर्घटना भएको जानकारी दिए । लामो रुटमा एक जना मात्रै चालकले कुदाएको र चालकको निद्रा नपुगेका कारण अगाडि रहेको अर्को ट्रक ठम्याउन नसक्दा पनि ठोक्किएको हुन सक्ने उनको भनाइ छ ।

    रोकेर राखेको ट्रकमा भने जीवित र मृत गरेर २८ वटा गोरु भेटिएका छन् । जसमा चारवटा मरेका र २४ वटा जीवितै थिए । ‘वियर लोड गरेको ट्रकले अर्कोलाई ठक्कर दिँदा भएको दुर्घटनामै गोरु मरेका हुन सक्छन्,’ गिरीले भने, ‘२४ वटा जीवितै भेटिएका पनि सबै घाइते अवस्थामा छन् ।’ दुर्घटनामै परेर गोरुहरु घाइते भएको र सबै जसोको अवस्था गम्भीर रहेको उनको भनाइ छ । गोरु सर्लाहीको लालबन्दीस्थित पशु हाटबजारबाट खरिद गरेर ल्याइएको खुलेको प्रहरीको भनाइ छ । ‘प्रारम्भिक अनुसन्धानबाट प्रक्रिया पूरा गरेरै झापाको घैलाडुब्बातर्फ गोरु लिएर गएको खुलेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘तर तस्करी गरेर भारततर्फ कटाउने योजना बनाएर पनि ल्याइएको हुन सक्छ ।’ यस विषयमा गम्भीर रुपमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    डीएसपी गिरीले सर्लाहीबाट निरजकुमार सिंहले चौपाय खरिद बिक्री केन्द्रबाट पठाएका गोरु झापा दमकका जीवन कार्कीले ल्याएको खुलेको जानकारी दिए । ‘प्रारम्भिक अनुसन्धानबाट सर्लाहीको लालबन्दीदेखि झापाको घैला डुब्बासम्मको रुट तय गर्दै सबै प्रक्रिया पूरा गरेर गोरु ल्याएको देखिन्छ,’ उनले भने, ‘सबै कुरा बुझ्ने काम भइरहेको छ ।’ पाँच हजारका दरले एक लाख ४० हजार रुपैयाँमा सबै गोरु खरिद गरेको बिल पनि साथमै रहेको उनको भनाइ छ । ‘भेटेरिनरी प्रमाणपत्र, क्वारेन्टाइन पास गरेको कागज, गोरु किनेको पान र भ्याट बिल लगायत पशु बजारले दिएका सबै बिलहरु चालकको साथमै भेटिएको छ,’ गिरीले भने, ‘सबै कागजपत्र हेर्दा प्रक्रिया पूरा गरेर नै गोरु ढुवानी गरेको देखिन्छ ।’ उनले मृत र जीवित सबै गोरु दमकका कार्कीकै जिम्मा लगाएर पठाइसकिएको जानकारी दिए ।

    गोरु लोड गरिएको ट्रक र त्यसका चालक सर्लाहीको हरिवन नगरपालिका–७ का ३७ वर्षीय हिरणराज वम्जनलाई नियन्त्रणमा लिएर घटनाका बारेमा बाँकी अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । चालक वम्जनले ट्रक रोकर आफू पिसाव गर्न गएका बेला अर्को ट्रकले पछाडिबाट आएर ठक्कर दिएको प्रहरीलाई बताएका छन् । त्यस्तै विराटनगर महानगरपालिका– १ बुद्धचौकमा शनिबार बिहान ७ बजे उत्तरतर्फ जाँदै गरेको को २८ प ६८४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु ४० वर्षीया रमा पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । दुर्घटनामा झापा गौरीगञ्ज घर भइ विराटनगरमा डेरा बस्दै आएका मोटरसाइकल चालक चालक १९ वर्षीय विकाश कर्ण पनि गम्भीर घाइते भएका छन् । डीएसपी राईले कर्णको चिन्ताजनक अवस्थामा नर्सिङ होममै उपचार भइरहेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑