नयाँ दिल्ली । हिन्दी फिल्ममा वर्षौसम्म प्रेमकथा फिल्मको ‘रीढको हड्डी’ अर्थात ब्याक बोन रह्यो । तिनमा कथाको अन्त्य हुँदासम्म हिरो हिरोइनसँगको मिलनले पूर्णता पाउँथ्यो ।बीचमा कुनै भिलेन वा गुण्डा आए अथवा हिरोइनका पिताजी देखिए, तिनीहरू फिल्ममा प्रेमका बीच हलुवामा बालुवा भइदिन्थे ।‘मुगल–ए–आजम’मा शहंशाह अकबरले अनारकली र सलीम बीचको प्रेममा खुबै ढुँगाबाजी गरे । तर यति हुँदाहुँदै पनि हिरो हिरोइनको मिलन भएरै छाड्यो । र रुखको वरिपरि गीत गाएको हेर्दाहेर्दै तीन घण्टाको समय बित्यो, ‘द इन्ड’ । तर अहिले यो ‘प्रेम’लाई नराम्रो झट्का लागेको छ !
सन् २०१९मा प्रदर्शनमा आएको फिल्ममा केही ध्यान दिउँ । ‘उरी’ एउटा युद्ध पृष्ठभूमिमा तयार भएको फिल्म हो । ऋतिक रोशनको ‘वार’ फिल्मको नामबाटै थाहा हुन्छ यस फिल्मको मुख्य कथा के रहेको छ । पनि होइन कि यि फिल्महरूबाट प्रेमका प्रसंग पुरापुर गायब भएका छन् । तर कथाको प्लट केही फरक किसिमले बुनिएको थियो । अर्थात मानिसलाई यदि सिनेमा हलसम्म ल्याउनु छ भने प्रेमले मात्रै पनि काम चल्दैन !र अरु पनि उदाहरण छन्, जस्तै ऋतिक रोशनको ‘सुपर ३०’, अक्षय कुमारको ‘मिशन मंगल’, जान इब्राहमको ‘बाटल हाउस’, रानी मुखर्जीको ‘मर्दानी’ र आयुश्मान खुरानाको ‘आर्टिकल १५’ । यि सबैका पोस्टरहरूबाट नायक वा नायिका गायब थिए ।
यस्को कारण यो पनि हुनसक्छ, यतिखेर साउथका फिल्महरूलाई हिन्दीमा बनाउने चलनमा वृद्धि हुँदैगएको छ । र त्यहाँ अति नै धेरै एक्सन सिन हुन्छ । एउटा अर्को कारण पनि छ, अब मानिसको जीवनकथालाई ठूलो पर्दामा पनि देखाइँदै आइएको छ ।पछिल्ला केही वर्षदखि बायोपिक फिल्महरू राम्ररी चलेका छन् । जस्तै ‘भाग मिल्खा भाग’, ‘मेरी कोम’, ‘डर्टी पिक्चर’ र ‘संजु’ ।अब २०२०मा आउने फिल्महरू माथि दृष्टि दिउँ । दीपिका पादुकोणको ‘छपाक’, कंगनाको ‘पंगा’ र आमिर खानको ‘लाल सिंह चड्ढा’का पोस्टरहरूमा प्रेम र मायाको नामोनिशान भेटिँदैन ।
यी आम मानिसका कथा हुन्, जसले तिनको व्यक्तित्वको बयान गर्छ । रणवीर सिंहको ‘८३’ भारतले सन् १९८३मा क्रिकेटको विश्व कप जितेको प्रसंगमा आधारित फिल्म हो । त्यहीँ कंगनाको ‘थलइवा’ एकजना प्रख्यात नेताको कथा हो ।यद्यपि, यो पहिलो पटक होइन प्रेमकथा माथि झटका लागेको ! ७० र ८० को दशकमा अमिताभ बच्चनको अवतार लिएर पर्दामा उदाएको एङ्ग्री यङ म्यानको छवि र उनका फिल्महरू ‘कालिया’, ‘जंजीर’, ‘त्रिशुल’ जस्ता फिल्ममा प्रेमकथा त थियो, तर ति छेउको लीकबाट हिँडिरहेका थिए ।८०को दशक सकिँदा सकिँदै फेरि प्रेमकथाको पुनरावृत्ति भयो । र त्यसैबेला ‘मैने प्यार किया’ र ‘कयामत से कयामत तक’ जस्ता फिल्मले यसको थालनी ग¥यो ।
यि दुबै दशकहरूमा जहाँ गोल्डेन स्कृनमा एङ्ग्री यङ म्यानको छवि बन्यो, त्यसका साथै आयो फिल्ममा प्रख्यातिको मेडल बोक्दै भिलेन, ‘गब्बर सिंह’, ‘लायन’ र ‘शाकाल’ ।हिन्दी फिल्मको झुकाव ९० को दशकमा फेरि प्रेमकथा तिर नै रह्यो । दर्शकले ‘हम आपके हैँ कौन’, ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’, ‘दिल तो पागल है’ र ‘कुछ कुछ होता है’, जस्ता फिल्मलाई अत्यधिक मनपराए पनि ।तर २०१० पछिको समयमा सलमान खानको ‘दबंग’, रोहित सेट्टीको ‘सिंघम’ र अक्षय कुमारका कतिपय देशभक्तिका विषयमा बनेको ‘एक्सन फिल्म’हरूले आफ्नो पकड जमाउँदै गयो ।तर एक्सन कति समयसम्म हिन्दी फिल्ममा टिक्न सक्छ ? यो सबै फिल्मका ति सबै शौकिनहरूमाथि नै निर्भर गर्दछ, जसको रुची फिल्मको विषयलाई लिएर निरन्तर परिवर्तन भइरहन्छ ! बीबीसीबाट