वीरगंजमा आज देखी सुरु प्रिमियर लिग (वीपिएल) टि २० क्रिकेट प्रतियाेगिता
वीरगंज संजाल
११ माघ २०७६, शनिबार २२:४९
५५८९
वीरगंज ।नितेश कुमार कर्ण । नारायणी क्रिकेट मैदान वीरगंजमा आयाेजित प्रयाेगिताकाे उद्घाटन एक समाराेहका विच पर्सा क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य प्रदिप यादवले गरेका छन् । प्रतियाेगिताकाे उद्घाटन गर्दै सांसद प्रदिप यादवले खेलाडीहरुलाई प्राेत्साहन गर्न जरुरी रहेकाे वताए ।
खेलाडीहरुले राष्ट्रकाे नाम राेशन गर्ने भएकाले राष्ट्रकाे गहना भएकाे बताउदै सांसद यादवले खेलकुदले धनी, गरिब, कमजोर, बलावान लगायत सबै जातजाती, वर्ग समुदायलाई एकताबद्ध गराई देशको आर्थिक उन्नती खम्बको रुपमा सहयोग गर्ने गरेको बताए ।
त्यसैले खेलाडीहरुकाे सम्पूर्ण जिम्मेेवारी सरकारले लिनु पर्ने र आगामी दिनमा अन्तराष्ट्रिय क्रिकेट टुर्नामेन्ट को आयोजना बिरगंजमा गर्नु पर्ने उहाको भनाई थियाे ।
युनाईटेड क्रिकेट क्लबका अध्यक्ष हासिम हवारीकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा प्रदेश सांसद प्रहलाद गिरी, जन्नत अन्सारी, करिमा बेग्म, भिमा यादव, जिल्ला समन्व समिति पर्साका संयाेजक नेक महमद अन्सारी, क्रिकेट एशाेसिएसन अफ नेपालका सदस्य दाउद अन्सारी, माधव अचार्य, समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, नेता सुन्दर कुर्मी, वीरगंज महानगर अध्यक्ष इशवर यादव लगायतकाे सहभागिता रहेकाे थियाे ।
युनाईटेड क्रिकेट क्लबकाे आयाेजनामा भएकाे प्रतियाेगिताकाे उद्घाटन समाराेहमा वीरगंजका विभिन्न विद्यालयका छात्र/छात्राहरुले मार्च पास समेत प्रस्तुत गरेका थिए । साे मार्च पासमा जिएचपी प्रथम, साउथजुन द्वितिय र गाैतम स्कुल तृतिय घाेषित भएका थिए ।