एजेन्सी । भारतले दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ । राजकोटमा शुक्रबार भएको खेलमा घरेलु टोली भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो ।
भारतले दिएको ३४१ रनको लक्ष्य पछा्एको अष्ट्रेलियाले ४९ ओभर १ बलमा अलआउट हुँदै मात्र ३०४ रन बनायो । अष्ट्रेलियाका लागि स्टिभ स्मितले सर्वाधिक ९८ रनको अर्धशतकीय पारी खेले त्यस्तै मर्नुसले ४८ रन जोडे ।
बलिङतर्फ भारतका लागि मोहमेद स्वामीले सर्वाधिक तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३४० रन बनाएको थियो । सहुरास्त्रा क्रिकेट स्टेडियममा भएको खेलमा भारतको फराकिलो लक्ष्यमा शिखर धावनले सर्वाधिक ९६ रनको अर्धशतकीय पारी खेले ।
९० बल खेलेका उनले १३ चौका र १ छक्काको सहयोगमा ९६ रन बनाए । भारतका लागि केएल राहुलले ८० रनको अर्धशतकीय पारी खेले भने कप्तान विराट कोहलीले पनि ७८ रनको अर्धशतकीय पारी खेले ।
त्यस्तै रोहित शर्माले ४२ रन बनाउँदा रविन्द्र जडेजाले २० रन जोडे । बलिङतर्फ अष्ट्रेलियाका लागि अदम जम्पाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै रिचर्डशनले दुई विकेट लिए ।
जितसँगै भारतले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई १० विकेटले पाराजित गरेको थियो