• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    चार विद्यार्थी पढाउन पाँच शिक्षक

  • वीरगंज संजाल
  • २९ पुष २०७६, मंगलवार १३:०६
  • ४८१४

    सिराहा  |  सिराहा नगरपालिका–९ गुलरियास्थित आधारभूत विद्यालयमा पाँच शिक्षकको दरबन्दी छ । तर, ती शिक्षकले पढाउने विद्यार्थी भने चारजना मात्रै छन् । सदरमुकामदेखि तीन किलोमिटर दूरीमा रहेको यो विद्यालयमा ४५ विद्यार्थी भर्ना भएको रेकर्ड छ । कक्षा एकमा १२, दुईमा ६, तीनमा पाँच, चारमा ११ र पाँचमा ११ विद्यार्थी भर्ना भएका छन् । तर, प्रधानाध्यापक र शिक्षक नियमित विद्यालय आउन छाडेपछि विद्यार्थीको उपस्थिति पनि घटेको हो । आजभोलि विद्यालयका कक्षाकोठामा अधिकांश समय ताला झुन्डिएको हुन्छ ।

    बिहीबार कुनै सार्वजनिक बिदा थिएन, तर विद्यालयका सबै कक्षाकोठामा ताला लागेको थियो । विद्यालयछेवैमा रहेको दैवसुनैर ठाकुरको घरअगाडि चार विद्यार्थी पढाउँदै थिइन् शिक्षिका सावित्रा शर्मा । शर्माले कक्षा तीनका एक र पाँचका तीन विद्यार्थी एकैठाउँमा राखेर पढाउँदै थिइन् । कक्षाकोठामा ताला लागेकाले अरूको घरमा ल्याएर पढाउनुपरेको शिक्षिका शर्माले बताइन् ।

    विद्यालयका प्रधानाध्यापक हुन्, श्याम यादव । उनी नआउँदा कक्षाकोठाका ताला खुल्दैनन् । कर्मचारी नभएका कारण प्रअले नै साँचो बोक्ने गरेको शिक्षिका शर्माले बताइन् । बिहीबार मात्रै होइन, शुक्रबार पनि सबै कोठामा ताला लगाइएका थिए । शुक्रबार त एउटै शिक्षक–विद्यार्थी भेटिएनन् ।

    विद्यालय नआएको विषयमा जिज्ञासा राख्दा प्रअ यादवले श्रीमती बिरामी परेकाले बिदा बसेको बताए । ‘श्रीमती बिरामी भएकाले म बिदा बसेको छु । अरू शिक्षकहरूलाई टेलिफोन गरेर जानकारी दिएको थिएँ । उनीहरू किन विद्यालय गएनन्, त्यो थाहा भएन,’ प्रअ यादवले नयाँ पत्रिकासँग भने । विद्यालयमा प्रअ यादव र शिक्षिका शर्माबाहेक, शिक्षकहरू चन्देश्वर यादव, भुवनेश्वर यादव र जगदीश दास कार्यरत छन् ।

    शिक्षक नआएपछि विद्यार्थीसमेत आउन छाडेको विद्यालयका दुई कोठा सडक निर्माण गर्ने ठेकेदारलाई मजदुर राख्न दिइएको छ । सघन सहरी विकास योजनाअन्तर्गत सिराहा नगरपालिका क्षेत्रमा सडक र नाला निर्माणमा खटिएका रमन कन्स्ट्रक्सन कम्पनीका ३० मजदुर त्यहाँ बस्दै आएका छन् । मजदुरले भान्सा, सुत्ने कोठाका रूपमा दुवै कोठा प्रयोग गर्दै आएका छन् । ठेकेदार कम्पनीले निर्माण सामग्री विद्यालयको चउरमा थुपारेर राखेको छ । रड, सिमेन्टजस्ता निर्माण सामग्री राख्दा विद्यालय जाने केही बालबालिका पनि जोखिममा रहेको स्थानीयको गुनासो छ । उनीहरू ६÷७ महिनादेखि बस्दै आएका छन् ।

    अभिभावक भन्छन्– शिक्षक आए पो विद्यार्थी आउँछन्
    शिक्षकहरू नियमित नहुँदा विद्यार्थी आउन छाडेको अभिभावकको गुनासो छ । स्थानीय जोगी दासले भने, ‘शिक्षकहरू नै आउँदैनन् । विद्यालय लामो समयदेखि अस्तव्यस्त छ । कसैलाई कुनै मतलब छैन ।’ नियमित कक्षा सञ्चालन नहुँदा विद्यार्थी विद्यालय छाड्नेदेखि अर्को विद्यालयमा जान बाध्य भएको स्थानीय श्रीनारायण यादवले बताए । ‘विद्यालयमा पाँच शिक्षक छन् । तर सधैँ आउँदैनन्,’ यादवले भने, ‘जसको मारमा बालबालिका परेका छन् ।’

    नगरशिक्षा शाखा मौन
    सिराहा नगरपालिकामा रहेको शिक्षा शाखाले विद्यालय बन्द रहेको विषय जानकारी नभएको जनाएको छ । पठनपाठनको निगरानी र सुदृढीकरण गर्न काम गर्ने शिक्षा शाखाका संयोजक अधिकृत सुवोध लामाले विद्यालय बन्द भएको जानकारीमा नआएको बताए । Thenepaltop

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • अमला एक फाइदा अनेक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    News

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑