तेक्वान्दाेमा सक्षमकाे पदकसँगै अहिलेसम्म सागमा नेपालकाे स्वर्ण १०० पुग्याे (सूचीसहित)
वीरगंज संजाल
Dec 5, 2019, 5:45 am
३२०१
विरगंज – दक्षिण एसियाली खेलकुदकाे इतिहासमा नेपालले स्वर्ण पदकको संख्या शतक पुर्याएकाे छ । सक्षम कार्कीले तेक्वान्दोमा बुधबार स्वर्ण जितेसँगै नेपालले सागमा स्वर्णको शतक बनाएको हाे ।
१२ औं सागसम्म ७१ स्वर्ण जितेको नेपालले जारी १३ औं संस्करणमा २९ स्वर्ण जितेसँगै नेपाल एक सय स्वर्ण पूरा गरेको हो । पुरुष ८७ केजी तौल समूहमा सक्षमले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जित्न सफल भए । उनले पाकिस्तानका वकार अलीलाई २७-९ स्कोरले हराए ।
जारी सागमा अहिलेसम्म करातेले १० र तेक्वान्दोमा ११ स्वर्ण जितेको छ । यस्तै उसु, साइक्लिङ, एथ्लेटिक्स, ट्रायथोलनमा स्वर्ण हात पारेको छ ।
अहिलेसम्म सागमा स्वर्ण दिलाउने नेपाली खेलाडीहरु
सन् २०१९ (जारी साग)
१. मण्डेकाजी श्रेष्ठ (पुरुष एकल काता) कराँते
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्र्रविण मानन्धर (पुरुष टिम काता) कराँते
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की (महिला टिम काता) कराँते
४. लक्ष्मण तामाङ (५५ केजी) कराँते
५. विप्लवलाल श्रेष्ठ (८४ केजीमाथि) कराँते
६. कुसुम खड्का (४५ केजीमुनि) कराँते
७. अनु अधिकारी (५० केजीमुनि) कराँते
८. नवीन रसाइली (६७ केजी) कराँते
९. सुनिता महर्जन (६८ केजी) कराँते
१०. अनुपमा मगर (६८ केजी) कराँते
११. कलम श्रेष्ठ (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१२. सिना मादेन लिम्बू (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
१३. पार्वती गुरुङ (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१४. आयशा शाक्य (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना (१७–२३ वर्ष) पुम्से महिला टिम
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई (२३–२९ वर्ष) पुम्से महिला टिम
१८. काजल श्रेष्ठ (४६ केजीमुनि) तेक्वान्दो
१९. वीरबहादुर महरा (६८ केजीमुनि) तेक्वान्दो
२०. सोनी गुरुङ– ट्रायथलन
२१. हिमाल टमाटा– डुवालोथन
२२. विजय सिञ्जाली– उसु (थाउलो)
२३. सुस्मिता गुरुङ– उसु (थाउलो)
२४. दीपक हमाल– उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर)
२६. राजेश मगर – साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ – साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल – तेक्वान्दो(६७ केजीमुनि)
२९. सक्षम कार्की – तेक्वान्दाे, पुरुष ८७ केजी ताैल समूह
सन् १९८४
पुष्कर शाही, बक्सिङ
पुरुष फुटबल टिम
बैकुण्ठ मानन्धर, एथलेटिक्स
दलबहादुर रानामगर, बक्सिङ