• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / खेलकुद

    सागमा आज १५ खेलको प्रतिस्पर्धा

  • वीरगंज संजाल
  • १७ मंसिर २०७६, मंगलवार ०९:१२
  • ३५९५

    विरगंज । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तेस्रो दिन आज मंगलबार विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

    सागको दोस्रो दिन काठमाडौं र पोखरा गरि कुल १५ खेलको प्रतिस्पर्धा हुनेछ । सागको दोस्रो दिनसम्म नेपाल १५ स्वर्णसहित शीर्ष स्थानमा रहेको छ ।

    सागमा मंगलबार एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो,ट्रायथोलन, भलिबल र उसुको प्रतिस्पर्धा हुनेछ ।

    जसमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ ।

    फुटबल 

    सागको तेस्रो दिन पुरुष फुटबलमा दुई खेल हुनेछ । जसमा नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ । नेपाल र भुटानबीचको खेल १ बजे दशरथ रंगशालामा हुनेछ ।

    सिनियर ३ खेलाडीको साथ पाएको नेपाली टिमको कप्तानी सुजल श्रेष्ठले गर्नेछन् । अर्को खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । राउण्ड रोबिनका आधारमा हुने खेलको शीर्ष दुई टिम फाइनल प्रवेश गर्नेछन् ।

    महिला फुटबलतर्फ पनि दुई खेल हुनेछ । पोखरा रंगशालामा हुने पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । खेल विहान १० बजे सुरु हुनेछ । हरि खड्काको नेतृत्वमा रहेको नेपाल निरु थापाको कप्तानीमा मैदान उत्रने छ । यस्तै दोस्रो खेलमा भारत र माल्दिभ्स भिड्नेछन् ।

    भलिबल 

    साग अन्तर्गत मंगलबार महिला र पुरुष दुबैतर्फको फाइनल खेल हुनेछ । त्रिपुरेश्वरको राखेप कभर्डहलमा महिलातर्फ स्वर्णका लागि नेपाल र भारतबीच खेल हुनेछ । खेल ४ बजे सुरु हुनेछ ।

    पुरुषतर्फ भारत र पाकिस्तानले स्वर्णका लागि खेल्नेछ । खेल १ बजे हुनेछ ।

    क्रिकेट 

    साग क्रिकेट अन्तर्गत मंगलबार नेपालले टेष्ट राष्ट्र श्रीलंकाको यू९२३ टिमसँग खेल्दै छ ।

    टियु क्रिकेट मैदानमा बलियो टोलीविरुद्ध मैदान उत्रँदा नेपाल प्रतियोगितामा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । स्वर्ण पदकको लक्ष्यमा रहेको नेपालको लागि फाइनल पुग्ने हो भने श्रीलंकामाथि जित महत्वपूर्ण हुनेछ ।

    यस्तै पोखरामा हुने महिला क्रिकेटमा श्रीलंका र बंगलादेशबीच खेल हुनेछ ।

    उसु 

    सागको तेस्रो दिन मंगलबार उसुका खेलहरु सुरु हुनेछ । आर्मी क्लबको शारिरिक तथा प्रशिक्षण केन्द्रमा हुने खेल विहान ९ बजेबाट सुरु हुनेछ । थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ । थाउलो खेल विहान हुनेछ भने सान्सो साझ ४ बजेपछि हुनेछ । पहिलो दिन नेपालले २२ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ ।

    सुटिङ 

    सुटिङका खेलहरु पनि मंगलबारबाट सुरुहुँदैछ । सातदोबाटोस्थित सुटिङ हलमा खेलमा नेपालको महिला टिमले दुई खेलमा प्रतिस्पर्धा जनाउँदैछ । महिला टिमले १० मिटर एअर राईफल १० मिटरतर्फ तथा टिम इभेन्टतर्फ प्रतिस्पर्धा गर्दैछ ।
    यस्तै पुरुष टिमले ५० मिटर थ्री पोजिसन तथा २५ मिटर सेन्टर फायरमा सहभागी जनाउँदैछ । सुटिङ तर्फ नेपालले ५ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ ।

    तेक्वान्दो 

    तेक्वान्दोमा मंगलबार ४ स्वर्णको टुङ्गो लाग्दैछ । ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा मंगलबार गेरुगीतर्फ ४ स्वर्णको टुङ्गो लाग्न लागेको हो ।
    तेक्वान्दोको पहिलो दिन पुम्सेमा नेपालले ७ स्वर्ण जितेको थियो ।

    मंगलबार पुरुषको ५४ केजी र ६८ तथा महिलाको ४६ केजी र ५७ केजी स्पर्धामा नेपालले चुनौती पेश गर्नेछ ।
    ५४ केजीमा मनोज मल्ल, ६८ केजीमा विरबहादुर महराले चुनौती पेश गर्नेछन् भने महिलाको ४६ मा काजल श्रेष्ठ तथा ५७ केजीमा निमा गुरुङले नेपालको चुनौती पेश गर्नेछिन् ।

    एथ्लेटिक्स 

    मंगलबार एथ्लेटिक्सतर्फ ७ वटा स्वर्णको टुङ्गो लाग्दैछ । काठमाडौंको दशरथ रंगशालामा विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा हुने तय भएपनि ७ खेलको मात्र स्वर्णको टुङ्गो लाग्न भएको हो ।
    तालिका अनुसार मंगलबार सय मिटर पुरुष र महिला स्पर्धाको हिट चरणको खेल हुनेछ ।यस्तै, हाई जम्पको महिला र पुरुष, १५ सय मिटर दौडको पुरुष र महिला, र सय मिटर दौडको पुरुष महिलाको फाईनल खेल मंगलबारनै हुनेछ । त्यस्तै १० हजार मिटर पुरुषको फाईनल खेल समेत मंगलबार राखिएको छ ।

    खो खो 

    खो खोतर्फ मंगलबार सेमिफाइनलको खेल हुनेछ । सेमिफाइनलमा भारतले श्रीलंका तथा नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

    कराते स्

    साग अन्तर्गत करातेमा मंगलबार पनि विभिन्न पदकको लागि खेल हुने । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

    सोमबार नेपालले ७ स्वर्ण जितेको थियो ।

    ब्याडमिन्टन 

    पोखरामा हुने ब्याडमिन्टनतर्फ सोमबार महिला टिम इभेन्टको फाइनलको खेल हुँदैछ । यस्तै अन्य प्रतिस्पर्धा सुरु हुनेछ । नेपालले सोमबार पुरुष र महिला टिमको दुवै स्पर्धामा कास्य जितेको थियो ।

    गल्फ 

    गोकर्ण फरेस्ट गल्फ क्लबमा मंगलबार बिहान १० बजेबाट गल्फको खेल सुरु हुनेछ । सागमा पुरुष ब्यक्तिगततर्फ नेपाल, बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ । महिला टिम र एकल दुवैमा कम्तीमा सहभागी देशको कांस्य पदक पक्का भएको छ ।

    टेबल टेनिस 

    टेबल टेनिसका खेल सोमबारबाट सुरु हुनेछ । बिहान १० बजे औपचारिक उद्घाटन गरेर टेबल टेनिसका खेलहरुको सुरुवात गरिनेछ । खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुनेछ ।

    टेनिस 

    सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार पनि टिम इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन् ।

    पुरुषमा नेपालले भारतसँग खेल्नेछ । भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको छ ।

    महिला टिम इभेन्टमा नेपाल र श्रीलंका सेमिफाइनलमा पुगेका छन् ।

    ट्रायथलन 

    पोखरामा आयोजना हुने ट्रायथलन अन्तर्गत मंगलबार दुवाथलनका खेल बिहान ८ बजे बाट सुरु हुने छ । सोमबार ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा महिलातर्फ नेपाली सोनी गुरुङले स्वर्ण जितेकी थिइन् । पुरुषमा बसन्त थारुले कास्य जिते ।।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑