काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज (शुक्रबार) भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
समूह चरणको अन्तिम खेलमा नेपालले दक्षिण एसियाली भलिबलको पावर हाउस भारतसँग भिड्दैछ । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार बेलुकी ५ः०० बजे सुरु हुनेछ । नेपाल यसअघि आफ्नो पहिलो खेलमा बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो ।
आजको खेलमा नेपाल पराजित भएको समूह चरणबाटै बाहिरिने खतरा छ ।यसै महिना सागको तयारीका लागि भारतमा भएको तीन मैत्रीपूर्ण खेलमा नेपाली टोली भारतसँग पराजित भएको थियो ।