पशुबलिजस्ता प्रथालाई तत्कालै निरुत्साहन गर्दै लैजानुपर्ने
वीरगंज संजाल
२९ कार्तिक २०७६, शुक्रबार ०९:२४
७३२३
त्यसो त पहिला नरबलि अर्थात् मान्छे कै बलि समेत चढाइन्थ्यो। सती जाने प्रथा पनि थियो। बिस्तारै मानिसहरुले त्यसलाई हटाउँदै गए। सकेसम्म त शाकाहारी हुनु राम्रो। शाकाहारी नै नभए पनि कमसेकम देवताको नाममा बलि दिने प्रथा चाहिँ हटाउने कोशिश थाल्नै पर्छ। देवताले सबै प्राणीको कल्याण चाहन्छ।
काटमार र हिंसामा देवताको नाम जोड्न छाडी अब।पशुबलि निषेध चेतना अभियानले पशुबलि गर्नु पाप भएको भन्दै धारण जनतामा चेतना जगाउने काम गरिरहेको छ।यो प्रथालाई रोकी पशुबलिको ठाउँमा अन्य विकल्प अपनाउन सबैसँग आग्रह गरेका छन् ।
बलिप्रथा रोक्नुपर्ने माग राखी मनोज गौतमले दिएको रिट निवेदनको मुद्दामाथि सर्वोच्च अदालतले २०७३ साउन २० गते बलिप्रथा रोक्नेबारे फैसला सुनाएको थियो ।
वक्ताहरूले विश्वमा सबैभन्दा बढी पशुबलि गढीमाई मन्दिरमा दिने परम्पराका कारण विश्वमाझ नेपालको छविमा कारात्मक प्रभाव पर्दै गएकाले त्यसलाई विस्तारै परिर्वतन गरी सर्वोच्चको फैसलालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । प्रत्येक ५ वर्षमा लाग्ने यो मेला यस वर्ष आउँदो मंसिर १७ गतेदेखि शुरू हुँदैछ । मेलामा बलि दिन नेपाललगायत भारतका लाखौं दर्शनार्थी आउने गरेका छन् ।
सर्वोच्च अदालतले नेपाल सरकार, सम्बन्धित मन्त्रालय तथा विपक्षीको नाममा जारी गरेको परमादेश तथा निर्देशनात्मक आदेशमा भनेको छ, ‘पशुबलि दिने दिलाउने कार्यमा प्रत्यक्ष वा परोक्षरूपमा प्रोत्साहनमा सहयोग पुग्ने गरी सरकारको तर्फबाट कुनै कार्य नगरी त्यस्ता कार्यलाई निरुत्साहित गर्न गराउनू ।’