नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालाबाट सर्यो, तटस्थ मैदानमा हुने
वीरगंज संजाल
२१ कार्तिक २०७६, बिहीबार १५:२२
५०४५
काठमाडौँ | विश्वकप फुटबल २०२२ को एसियाली छनोटअन्तर्गत दशरथ रंगशालामा हुने भनिएको नेपाल र कुवेतबीचको खेल तटस्थ मैदानमा हुने भएको छ।दशरथ रंगशाला तयार नभएपछि एसियाली फुटबल महासंघ-एएफसीले खेल नेपालबाट सारेको हो। यो खेल आगामी नोभेम्बर १९ तारिखमा हुने तय भएको थियो।
विश्वकपको एसियाली छनोटको दोस्रो चरणको प्रतियोगिताअन्तर्गत नेपाल रहेको समूहमा कुवेत, अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई रहेका छन्।नेपालले हरेक टोलीसँग होम एन्ड अवे आधारमा खेल्नुपर्ने भएपनि नेपालको मैदान तयार नभएपछि एएफसीले नेपालको घरेलु मैदानमा हुनुपर्ने खेल तटस्थ मैदानमा आयोजना गर्ने भएको हो।
नेपालले चारवटै टोलीसँग अवे खेल खेलिसकेको छ। कुवेत र नेपालबीचको खेल भुटानमा आयोजना गर्न प्रयाश भइरहेको अखिल नेपाल फुटबल संघ-एन्फाले जनाएको छ।