• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    मृत भेटिएकी किशोरीको पहिचान खुल्यो, हत्या आरोपमा श्रीमान पक्राउ

  • वीरगंज संजाल
  • १८ कार्तिक २०७६, सोमबार १३:३३
  • १४९१

    वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा घाँटी रेटिएको अवस्थामा भेटिएकी किशोरीको पहिचान खुलेको छ । उनी जिराभवानी गाउँपालिका–३ परसवा बस्ने रामबाबु पासवानको श्रीमती १८ वर्षीया नीपुकुमारी पासवान रहेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए । उनको माइती भारत बिहार राज्यको पचरुखी सेढवामा पर्छ ।

    हत्यामा संलग्न भएको आशंकामा प्रहरीले नीपुको श्रीमान रामबाबुलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले मृतक किशोरीको पहिचान भएको र अनुसन्धानका लागि श्रीमानलाई नियन्त्रणमा लिएको पुष्टी गरे । ‘शव पोष्टमार्टमका लागि अस्पताल पठाएका छौं, रिपोर्ट आएपछि थप अनुसन्धान पक्रिया अगाडि बढाउन सहज हुन्छ,’ उनले भने ।

    एसपी राठौंर स्वयं घटनास्थलमा पुगेका थिए । नीपुको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।नीपुको बुवा कपिलदेव पसवानले आइतबार बेलुका साढे ८ बजेतिर घटनास्थलमै पुगेर शवको पहिचान गरेका थिए । ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चादेखि उत्तरतर्फ ओरियाखोला किनार स्थित झाडीमा किशोरीको शव भेटिएको थियो । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने झाडीमा गोठाला गएका स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए ।

    माइती पक्षले ज्वाइँ रामबाबुले नै नीपुको हत्या गरेको दाबी गरेका छन् । रामबाबुको गाउँमा अर्कै युवतीसँग हिमचिम बढेको जानकारी नीतुले पाएपछि घरमा खटपट चलिरहेको थियो । नीपुले माइतीमा यसबारे जानकारी गराएकी थिइन् ।नीपुको बुवा कपिलदेवका अनुसार आइतबार घरमा नीपुको बहिनीको ‘गौना’ थियो । नीपुले जान अस्वीकार गरेपनि रामबाबुले नै फकाएर ससुराली लिएर जाँदै थिए । अचानक रामबाबुले कपिलदेवलाई फोन गरेर ‘ओरिया खोलामा आइपुगें मोटरसाइकलमा पेट्रोल सकियो । लिएर आउनुस्’ भनेका थिए ।

    कपिलदेवले पेट्रोल लिएर आउँदा छोरी ज्वाइँ दुवैलाई त्यहाँ भेटेनन् । वरपर खोजतलास गर्दै गर्दा ज्वाइँको फोन आएको थियो । ‘पेट्रोल लिएर आउनुस् भनेपछि लिएर आएँ, भनेको ठाउँमा उनीहरु थिएनन्, अर्को पटक फोन गरेर ‘तपाईँको छोरी भाग्यो म खोज्दैछु, भने,’ कपिलदेव भन्छन्, ‘त्यसपछि ज्वाइँलाई भेटेँ, अनि हामी दुवैजना मिलेर नितुको खोजी गरेका थियौं । रातपरेपछि मात्रै दुवैजना आ–आफ्नो घर फर्केका हौं ।’

    महिलाको शव भेटिएको खबर पाएपछि ‘कतै आफ्नो छोरी त हैन ? ’ भनेर हेर्न आएका कपिलदेवको अनुमान सही सावित भयो । ससुराको बयानकै आधारमा रामबाबुको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनलाई घरमै सुतेको अवस्थामा सोमबार बिहान २ बजेतिर नियन्त्रणमा लिएको थियो ।सेढवा हुँदै भंगाहा भएर ससुराली जानुपर्नेमा सुवर्णपुर, सानो बाघमोर्चा, ठूलो बाघमोर्चा देखि उत्तरतर्फ नितुलाई लगेकोले पनि रामबाबु शंकाको घेरामा छन् । घटनास्थलको प्रकृति हेर्दा सामूहिक प्रयासमा हत्या गरिएको अनुमान प्रहरीले लगाएको छ । घटनास्थल नजिकै वनभोज मनाएको जस्तो पनि देखिएको स्थानीयले बताएका छन् ।

    तर प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको भन्दै थप विवरण सार्वजनिक गरेको छैन । सोमबार बिहानै घटनास्थल पुगेका डीएसपी गौतम थापाले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । ‘शवको पहिचान भइसकेको छ, पोष्ट मार्टमका लागि नारायणी अस्पताल पठाएका छौं,’ डिएसपी थापाले भने, ‘ हत्या कसले किन र कसरी गर्‍यो भन्नेबारे अनुसन्धानकै क्रममा छौं ।’

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै
  • धनगढीका मेयर हमालले गौशालालाई दिए आफ्नो पारिश्रमिक
  • संसदमा केपी ओलीको सम्वोधन
  • आफ्नै घर अगाडि गोली हानी मिडियाकर्मीकाे हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै

    धनगढीका मेयर हमालले गौशालालाई दिए आफ्नो पारिश्रमिक

    संसदमा केपी ओलीको सम्वोधन

    आफ्नै घर अगाडि गोली हानी मिडियाकर्मीकाे हत्या

    उड्ने कार ल्याउँदै एक्सपेङ, मूल्य करिब ३ कराेड

    अब हेटौंडामा पनि वन ईलाभेन लन्ज

    ११ महिनामा झण्डै ४१ करोड बराबरको चुइगम आयात

    बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई भारतीयको शव फेला

    पैदल हिँड्नुको फाइदा !!

    तनाव कसरी हटाउने? यस्ता छन् ११ उपाय

    बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै

    धनगढीका मेयर हमालले गौशालालाई दिए आफ्नो पारिश्रमिक

    संसदमा केपी ओलीको सम्वोधन

    आफ्नै घर अगाडि गोली हानी मिडियाकर्मीकाे हत्या

    उड्ने कार ल्याउँदै एक्सपेङ, मूल्य करिब ३ कराेड

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै

    News

    धनगढीका मेयर हमालले गौशालालाई दिए आफ्नो पारिश्रमिक

    News

    संसदमा केपी ओलीको सम्वोधन

    News

    आफ्नै घर अगाडि गोली हानी मिडियाकर्मीकाे हत्या

    News

    उड्ने कार ल्याउँदै एक्सपेङ, मूल्य करिब ३ कराेड


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑