• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    सुनबन्दीको तयारीमा मोदी सरकार, नेपालमा कस्तो असर पर्ला ?

  • वीरगंज संजाल
  • Oct 31, 2019, 9:01 am
  • ३३३३

    काठमाडौं– भारतीय सरकारले नोटबन्दीपछि अब सुनबन्दीको तयारी थालेको छ ।कालो धन रोक्नका लागि नोटबन्दी गरेको मोदी सरकारले कालो धन सुनमा लगानी गर्नेहरुमाथि अंकुश लगाउन सुनबन्दी अर्थात सुनमा समेत समय सीमा निर्धारण गर्न लागेको हो ।

    छिमेकी मुलुकमा सुनबन्दी गर्ने खबर बाहिरिएसँगै त्यसको प्रत्यक्ष असर नेपालमा कस्तो पर्ने हो भन्ने विषय विश्लेषण हुन थालेको छ ।त्यसो त भारतले नोटबन्दी गर्दा त्यसको प्रत्यक्ष असर नेपालमा परेको थियो । खुला सिमानाका कारण भारतमा श्रम गरेर ल्याएको पैसा नेपाली श्रमिकहरुले सटही गर्न नपाउँदा उनीहरु विचल्लीमा परेको सर्वविदितै छ ।

    अझै पनि नेपाल सरकारले नोटबन्दीको क्रममा नेपालमा चलनचल्तीमा रहेका करोडौं भारु सटहीको मुद्धा उठाउँदै आएको छ । नोटबन्दीको असर भोगिरहेका बेला सुनबन्दीले पनि नेपालीहरुलाई ठूलो असर पर्ने विश्लेषकहरु बताउँछन् ।

    नेपालको सुन कनेक्सन भारतसँग प्रत्यक्ष छ । खुल्ला सीमानाका कारण भारतबाट सुनको कारोबार हुने गरेको पाइन्छ । अवैध तरिकाले समेत भारतबाट तस्करी हुने गरेका घटना समेत सार्वजनिक हुँदै आएका छन् । यस्तो अवस्थामा सुनबन्दीको असर नेपालमा प्रत्यक्ष पर्ने विश्लेषकहरु बताउँछन् ।

    नेपालको सेयर बजारमासमेत भारतीय मूलका लगानीकर्ता रहेको हुँदा सुनबन्दी योजनाले नेपालको सेयर बजारलाई समेत असर गर्ने विश्लेषकहरु बताउँछन् ।कालोधनलाई रोक्नका लागि मोदी सरकारले नोटबन्दी गरेको थियो भने अहिले कालोधनबाट सुन खरीद गर्नेहरुमाथि अंकुस लगाउन सुन बन्दीको कदम उठाउन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    मोदी सरकारले अब सुनका लागि ‘एम्नेष्टी स्किम’ ल्याउने तयारी गरिरहेको छ । सुनको यो स्किम लागू भएपछि त्यहाँ रहेका नागरिकले सरकारबाट तोकिएको न्यूनतम सीमाभन्दा बढी सुन राखेको वा भएको खण्डमा त्यसको सूचना समयमै सरकारलाई दिनुपर्ने हुन्छ ।

    एमनेस्टी स्किमका लागि एक मस्यौदा समेत तयार भइसकेको र यसलाई त्यहाँको क्याबिनेटमा पेश गर्ने तयारी भइरहेको जनाइएको छ । एमनेस्टी स्कीम लागू भएमा बिलबिना आफूसँग रहेको सुनको परिमाणको विषयमा समेत सही जानकारी सरकारलाई दिनुपर्ने हुन्छ र त्यस्तो सुनका लागि तोकिएको कर तिर्नुपर्ने हुन्छ । यदी तोकिएको भन्दा बढी सुन राखेमा उसले जरीवाना र कडा कारबाही भोग्नुपर्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान
  • भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै
  • अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासको अवधि किन घटायो?
  • आकाशको गतिलाई चुनौती दिने चिनियाँ रेलको कथा, विश्वलाई कसरी पार्दै छ चकित?
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

    भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै

    अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासको अवधि किन घटायो?

    आकाशको गतिलाई चुनौती दिने चिनियाँ रेलको कथा, विश्वलाई कसरी पार्दै छ चकित?

    वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

    समाचारगृहपृष्ठ समाचार पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान? पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान?

    भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

    घट्यो चाँदीको मूल्य, सुनको कति?

    संघीय सरकार मातहतका सबै कार्यालयमा अब १५/१५ दिनमा तलव भुक्तानी

    ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’ भन्दै सरकारविरुद्ध प्रदर्शन (तस्बिरसहित)

    प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

    भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै

    अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासको अवधि किन घटायो?

    आकाशको गतिलाई चुनौती दिने चिनियाँ रेलको कथा, विश्वलाई कसरी पार्दै छ चकित?

    वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

    News

    भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै

    News

    अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासको अवधि किन घटायो?

    News

    आकाशको गतिलाई चुनौती दिने चिनियाँ रेलको कथा, विश्वलाई कसरी पार्दै छ चकित?

    News

    वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑